Tuesday May 07, 2024

२/२ गोर्खा राईफल्स क्लर्क्स प्लाटूनका बाबुजीहरुको बार्षिक भेला सम्पन्न

९ श्रावण, २०८० शीतलपाटीन्युज डटकम। 1741


२/२ गोर्खा राईफल्स क्लर्क्स प्लाटूनका बाबुजीहरुको बार्षिक भेला सम्पन्न

२/२ गोर्खा राईफल्स क्लर्क्स प्लाटूनका बाबुजीहरुको बार्षिक भेला सम्पन्न

- सुधा गुरुङ्ग,

लण्डन।२/२ गोर्खा राईफल्स क्लर्क्स प्लटूनका बाबुजीहरुको बार्षिक भेला पाकीस्तानी कम्यूनिटी सेन्टर रेडिङ्गमा २२ जुलाई २०२३ शनिबारका दिन सम्पन्न भएको छ! झन्डै ४५ जना सहभागी भएको सो भेला अत्यन्त रमाईलो हर्षोल्लासपूर्ण रहेको थियो! गत बर्षको बार्षिक भेला बेजिङ्गस्टोकमा लाल प्रसाद गुरुङ्ग BEM र सुधा गुरुङ्गले आयोजना गरेका थिए भने यस पटक रेडिङ्गमा ढक बहादुर  र सुशीला गुरुङ्गले गरेका थिए।

होम मेड सेलरोटी,बिबिक्यू सहितको स्वादिष्ट खानपान,दिदी बहिनीहरुको अचार प्रतियोगिता, सबैका प्रीय पात्र सन्त मामाको प्रख्यात स्वादिष्ट मेसिङ्ग,नाचगान,राफल ड्र साथै बिबिध खेलहरु खेलेर मनोरंजन गरीएको थियो। बिगतका बर्षहरुमा झै सरोज बस्नेतले मनोरंजनको जिम्मा लिएका थिए! उनको लाईभ प्रस्तुती साथमा चित्र आले, डम्मरसिंग सुन्वार, पूर्ण पुन, डेविड मुखियाका साथै लाल प्रसाद गुरुङ्गले गोपाल योंजनको सदाबहार राष्ट्रीय गीत " बनेको छ पहराले यो छाती मेरो ...गाएर सबैलाई मन्त्रमुग्ध पारेका थिए।

त्यस्तै २/२ को प्रतिभाको डबलीमा कविहरुको पनि कमि थिएन,गोमा राना,लक्ष्मीप्रसाद शर्माले मिठा मिठा कविता वाचन गरे पश्चात भीम रानाले पनि पहिलो पल्ट अंग्रेजीमा कविता वाचन गरि सबैलाई चकित पारेका थिए। कार्यक्रममा ढक बहादुर गुरुङ्गले शाही सम्बोधनको क्यारी क्याचर हुबहुं गरी सबैलाई थप दंग पार्न सफल भएका थिए।

 

कार्यक्रमको मध्यान्तरमा बाबूजीहरुलाई श्रीमतीहरुले स्पेशल सरप्राईज दिने कार्यक्रम थियो, जुन कुरा उनीहरु माझ पूर्णत: गोप्य राखिएको थियो। पूर्व योजना अनुसार मुख्य आयोजक सुशिला गुरुङ्गको उर्दी बमोजिम बाबुजीहरुको आंखामा पट्टि बाधेर कुर्सीमा बिराजमान गराई श्रीमतीहरुले अगाडि पट्टि २/२ जी आर क्लर्क्स प्लटून अनि पछाडीपट्टि २/२ गोर्खा राईफल्स लेखीएको लाली रंग (रातो) को टिशर्ट पहिराएर आँखा खोल्न लगाउदा सबै बाबूजीहरु आश्चर्य चकित एवम हर्षबिभोर भएर भावुक भएका थिए।

नहोउन पनि किन? आफ्नो जीवनको आधा उमेर, आफ्नो जीवनको उर्वर समय जुन पल्टन र पल्टने साथीहरुसंग बिताए उनीहरुसंग अत्यन्त अंतरंग सम्बन्ध हुनु स्वभाबिकै हो।पल्टनेहरुलाई आफ्नो पल्टन, आफू संगै भर्ती भएका नम्बरीहरु र आफ्नो प्लटून प्रती विशेष मोह हुन्छ। त्यसमा पनि २/२ जी आरका बाबूजीहरुको बोन्डीङ्ग बृगेड अफ गोर्खाजमै उदाहरणीय र अनुकरणीय रहेको पाईन्छ।

 

यस पालीको थप आकर्षण १९८१ सालमा अवकाश प्राप्त गरेका २/२ जी आर क्लर्क्स प्लटूनका सबैभन्दा सिनिएर सदस्य स्व.क्याप्टेन धनबीर क्षेत्रीकी श्रीमती पबित्र क्षेत्री र छोरा बिबेक क्षेत्री थिए। यसरी आफ्नो प्लटून संझेर पबित्र दिदी र छोरा आउनु भएकोमा सबैले हर्दिकता पूर्वक न्यानो स्वागत अनि आभार ब्यक्त गरेका थिए।

 

बिहान ११ बजेबाट सुरु भएको कार्यक्रम सबैले अत्यन्त रमाईलो मान्दा मान्दै कति बेला रातीको ९ बज्यो पत्तो पाएनन। अन्तत: भेटिए पछि छुटिनु पर्ने संसारको रीत अनुसार रातको ९.३० बजेतिर सबै मिली साफ सफाई गरीवरी, मुख्य आयोजक रेडिङ्ग निवासी ३ दम्पतीहरु ढक बहादुर-सुशीला गुरुङ्ग,कृष्ण- डिम्पी गुरुङ्ग र समुन्द्र-ध्रुव गुरुङ्गलाई मुरी मुरी धन्यबाद र आभार ब्यक्त गर्दै  फेरि अर्को बर्ष भेट्ने उत्साह र उमंगका साथ बिदाबाजी भएका थिए।

जय २/२ गोर्खा राईफल्स,क्लर्क्स प्लटून।

 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?