Saturday May 04, 2024

नेपाली राजदूतावास र संयुक्त अधिराज्यका रक्षा मन्त्रालयका पदाधिकारीहरु एवं भूतपूर्व गोर्खाका प्रतिनिधिहरुको सहभागितामा आज रक्षा मन्त्रालयमा प्राविधिक स्तरको वैठक सम्पन्न

१० फाल्गुन, २०८० शीतलपाटीन्युज डटकम। 1270


नेपाली राजदूतावास र संयुक्त अधिराज्यका रक्षा मन्त्रालयका पदाधिकारीहरु एवं भूतपूर्व गोर्खाका प्रतिनिधिहरुको सहभागितामा आज रक्षा मन्त्रालयमा प्राविधिक स्तरको वैठक सम्पन्न

शीतलपाटीन्युज डटकम।

लण्डन।भूपू गोर्खाहरुको माग सम्बोधनका विषयमा नेपाली राजदूतावास र संयुक्त अधिराज्यका रक्षा मन्त्रालयका पदाधिकारीहरु एवं भूतपूर्व गोर्खाका प्रतिनिधिहरुको सहभागितामा आज रक्षा मन्त्रालयमा प्राविधिक स्तरको वैठक सम्पन्न भयको कुराको नेपाली राजदुताबास लण्डनले एक बिज्ञप्ति प्रकाशित गरी जानकारी गराएको छ।

वैठकमा भूपू गोर्खाहरुका पेन्सन, अध्यागमन लगायतका विषयहरुमा विस्तृत छलफल भएको छ। बेलायती रक्षा मन्त्रालयले भूपू गोर्खाहरुले उठाएका विषयहरुमा बिभिन्न सम्बन्धित निकाय तथा पदाधिकारीहरुसँग आन्तरिक छलफल गरी आगामी वैठकहरुमा जानकारी गराउने बताएको समेत बताएको  छ।

बैठकमा नेपाल सरकारका तर्फबाट नेपाली राजदूतावासका उप-नियोग प्रमुख रोशन खनाल,सैनिक सहचारी महासेनानी अनुप शाह तथा भूतपूर्व गोर्खाहरुको तर्फबाट मेजर(अ.प्रा.) जुदबहादुर गुरुङ्ग, मेजर(अ.प्रा.)उदयबहादुर गुरुङ्ग,पुष्पा राणा घले तथा बेलायत सरकारको तर्फबाट रक्षा मन्त्रालय,गृह मन्त्रालय र अन्तर्गतका अधिकारीहरुको सहभागिता रहेको २१ फेब्रुवरी २०२४ मा प्रकाशित पेस बिज्ञप्तिमा उल्लेख गरी जानकारी गराइएको छ।

बिज्ञप्ति-



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?