Saturday May 04, 2024

२ मार्चमा चारभन्ज्याड्ग तमु समाज युकेको च्यारीटी हुदै

१० फाल्गुन, २०८० शीतलपाटीन्युज डटकम। 1173


२ मार्चमा चारभन्ज्याड्ग  तमु समाज युकेको च्यारीटी हुदै

शीतलपाटीन्युज डटकम।

लण्डन। चार भन्ज्याङ तमु समाज  यूके, भंगारा,डाडा, ठानामौला,लामेले हरेक वर्ष आयोजना गर्दै आएको कल्यार्णकारी परोपकारी रात्रीभोज (Annual Charity Dinner) कार्यक्रम यस वर्ष पनि शनिबार २ मार्च २०२४ मा आयोजन गर्न लागेको जानकारी प्राप्त भएको छ l संस्थाका अध्यक्ष बेन गुरुड्गका अनुसार यस् परोपकारी कार्यक्रममा यँहाहरुलाई मनोरञ्जन दिनका लागि नेपालबाट पाल्नु  भएका करोडौ दर्शकको मन जित्न सफल अत्यान्तै वहुचर्चित लोकदोहरी गायक गायिका निर्जला गुरुङ र सविन गुरुङको सांगितिक प्रस्तुती रहने छ भन्नु भएको छ।

 

यस महत्वपुर्ण कार्यक्रममले चार भन्ज्याङ तमु समाज तथा बिभिन्न अन्य समाजका अगुवाइ एबम दाज्युभाइ दिदिबहिनी शुभचिन्तकज्युहरु साथै चार भञ्ज्याङ समाज परिवारका आमाबाबा,दाजुभाई,दिदिवहिनी लगायत आफन्तजनहरु माझ आत्मिय सद्भभावका लागि महत्वपुर्ण भुमिका खेल्ने  छ भन्ने आशा लिएका छौ अध्यक्ष गुरुड्गले बताउनु भयको छ। 

 

समाजले यसै परोपकारी कार्यक्रमको आयोजना गर्दै नेपालका विभिन्न ठाउहरुमा सामाजिक सेवाका कार्यहरु गर्दै आएको यहाहरुलाई अवगत नै छ। विषेश गरि चारभन्ज्याङ गाँउमा स्थापना भएको चारभन्ज्याङ स्वास्थ्य केन्द्र (टेलिमेडिसिन) संचालनले स्थानिय ग्रामिण बासी तथा नेपालका बिभिन्न जिल्लाहरुबाट आई हालसम्म 29000 ( उनन्तिस हजार ) भन्दा बढीले निशुल्क स्वास्थ्य सेवा लिई सकेको साथै स्वास्थ केन्द्रमा कार्यरत ४ जना स्टाफलाई तलब भत्ता समेत राम्रो ब्यबस्थ गरेको छ। साथै टेलि स्वास्थ्य सेवा प्रभाकारी भएको विभिन्न मिडियाद्वारा खबर प्राप्त भैरहेको यहाँहरुमा जानकारी गराउन चाहन्छु l चार भञ्ज्याङ स्वस्थ केन्द स्थापना गरी स्वास्थ क्षेत्रमा गाउबासीलाई पुराउदै आएको योगदान अत्यन्तै महत्वपुर्ण रहेको स्थानिय सरकारवाट समेत जानकारी प्राप्त भएको सुनाउन चाहान्छु अध्यक्ष गुरुड्गले बताउनु भएको छ।

पछिल्लो समय स्थानिय सरकारवाट समेत साझेदारी गर्दै स्वास्थ्य जनशक्तीको पनि सहयोग भएको छ। यसका साथै सो क्षेत्रका समाजसेवीहरुको महत्वपुर्ण सहयोगले चार भञ्ज्याङ अन्तर्गत ग्रामिण स्थलहरुका शिक्षा स्वास्थ्य,कृषि तथा पर्यटन क्षेत्रमा सहयोग पुग्ने जानकारी गराउदै समाजले आयोजना गरेको यस च्यारीटी कार्यक्रममा सहभागी भै सहयोग गर्न चार भन्ज्याङ तमु समाजका सम्पूर्ण मान्यजन महानुभावज्युहरुलाई उपस्थितिका लागि सविनय अनुरोध गर्दछु धन्यवाद, अध्यक्ष गुरुड्गले निमन्त्रणा गर्नु भयको छ l 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?