Friday March 21, 2025

तमु प्ये ल्हु संघ युकेको अध्यक्षमा क्या डेमबहादुर तमु चयन

२० फाल्गुन, २०८० शीतलपाटीन्युज डटकम। 1351


तमु प्ये ल्हु संघ युकेको अध्यक्षमा क्या डेमबहादुर तमु चयन

शीतलपाटीन्युज डटकम।

लन्डन। तमु प्ये ल्हु संघ युकेको अध्यक्षमा क्याप्टेन डेमबहादुर तमु निर्वाचित भएका छन् । 

शनिबार २ मार्च २०२४ मा फानबोरोस्थित स्यामुयल कोडीमा  भएको संघको १८ औं वार्षिक साधारणसभा तथा ७ औं महाधिवेशनबाट डेमबहादुरको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो। सातौं कार्यसमिति उपाध्यक्षमा पूर्णवीर तमु,अमर त्होर्जे तमु,डमर तमु,सचिवमा भेगलाल तमु र कोषाध्यक्षमा याम तमु चयन हुनु भएको समाचार छ।

त्यस्तै आमा समूह अध्यक्षमा चन्द्र तमु चयन भएकी छन्।नयाँ कार्यसमिति निर्वाचनमा समितिका संयोजक नरबहादुर तमुले निर्वाचित उम्मेदबारको नाम घोषणा गरेका थिए। 

साधारणसभामा आमा समूह अध्यक्ष विष्णु टु क्ल्हेप्री तमुले आमा समूहको गतिविधि, कोषाध्यक्ष यम प्हच्यु तमुले आयव्यय प्रतिवेदन प्रस्तुत गरेका थिए। खेगीगुरु अध्यक्ष डमर टु  क्ल्हेप्री तमुले खेगी गुरुहरुको गतिविधि,मेजर एकबहादुर तमुले सामाजिक भवन तथा क्होंइबो निर्माण युकेबारे जानकारी गराएका थिए। 

औपचारिक कार्यक्रमको अन्त्यमा नवनिर्वाचित अध्यक्ष लगायतका पदाधिकारीहरुलाई फेटासहित सम्मान गर्दै उपस्थित सदस्यहरुले निर्बाचित पदाधिकारीहरुलाई बधाई ज्ञापन गरिएको थियो। 

अध्यक्ष रनबहादुर तमुको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वअध्यक्षहरु,सल्लाहकारहरु, कार्यसमिति पदाधिकारीहरु, सदस्यहरुको भब्य उपस्थिति रहेको थियो। 

(श्रोत-गोर्खा मिडीया)



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?