Sunday April 28, 2024

नेपाली कोअपरेटिव इन्भेस्टमेंट लिमीटेडको अध्यक्ष मोहन गुरुड्ग सहित कार्यसमिती निर्बिरोध चयन

२१ फाल्गुन, २०८० शीतलपाटीन्युज डटकम। 1161


नेपाली कोअपरेटिव इन्भेस्टमेंट लिमीटेडको अध्यक्ष मोहन गुरुड्ग सहित कार्यसमिती निर्बिरोध चयन

शीतलपाटीन्युज डटकम।

लण्डन। नेपाली कोअपरेटिव इन्भेस्टमेंट लिमीटेडको बार्षिक साधारणसभा सम्पन्न भयको छ। नेपाली कोआपरेटिव इन्भेस्टमेंट लिमीटेडका अध्यक्ष मोहन गुरुड्गको अध्यक्षता भयको सो बार्षिक साधारणसभाको संचालन संस्थाका सचिव डा मुकुन्द बास्तोलाले गर्नु भयको थियो।

प्लमस्टेड स्थित क्याप्रीकर्न रेष्टुरेन्टको हलमा अध्यक्ष गुरुड्गले पानसमा बत्ती बालेर उदघाटन गर्नु भयको १०० भन्दा बढी शेयरधनीहरुको उपस्थिती रहेको सभालाई अध्यक्ष गुरुड्गले संबोधन गर्दै कोअपरेटिभ नाफामा रहेको बताउनु भयको थियो। नेपालको तनहु दुलेगौडाको सोलार फार्म,काभ्रेको अर्ज्ञानिक फार्म र लण्डनमा प्रपर्टीमा गरीएको लगानी नाफा भै अरु लगानी लागि उत्साह बढेको प्रतिक्रिया दिनु भयको थियो।आगामी झापामा हुन गै रहेको अर्को सोलार परियोजनाको बारे संभाब्यता बारेमा प्रकाश पार्दै नेपाली कोआपरेटिव इन्भेस्टमेंट यस बर्ष पनि नाफामा रहेको बताउनु भयो। 


कार्यक्रममा नेपाली कोआपरेटिव इन्भेस्टमेंटका सचिव डा.मुकुन्द बास्तोलाले संस्थाको बार्षिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो भने नेपाली कोआपरेटिव इन्भेस्टमेंटका कोषाध्यक्ष चार्टड एकाउंटेंट एलएन पाण्डेले आर्थिक गतिबिधि,बिभिन्न लगानीको अवस्था बारेमा प्रस्तुत गर्नु भयको थियो। कार्यकारी सदस्य तिलक भट्टराईले लण्डनमा प्रपर्टी बिजीनेस सम्बन्धमा र संस्थामा अनुसासन पुर्ण पालना भयको बारेमा समितीका संयोजक बालजंग अर्याल समेतले संबोधन गर्नु भयको थियो। 

संस्थाका कार्यकारी सदस्य सुशील प्रजापतिले काभ्रेको अर्ज्ञानिक फार्म भ्रमणको अनुभव र टिकाराम सापकोटाको तनहु दुलेगौडा सोलार पावरको बार्षिक साधारण सभा बारे आफ्नो आफ्नो अनुभव बताउनु भयको थियो। सभामा उपस्थित सदस्यहरुले संस्था नाफामा रहेको र कार्यसमिती पदाधिकारीहरुले प्रस्तुत गरेको प्रतिबेदन सबैले ताली बजाएर पास गरेका थिए।

साथै बार्षिक साधारण सभाको कार्यक्रम पश्चात बन्द सेसनमा निर्वाचन संयोजक सुमल कुमार गुरुड्ग,सदस्य संगीता मरहठ्ठा र सदस्य माधव लाल श्रेष्ठ समेतको टीमले निर्वाचन गराई सपथग्रहण समेत गराएको थियो। नया कार्यसमितीमा अध्यक्ष मोहन गुरुड्ग, सचिवमा डा.मुकुन्द बास्तोला,कोषाध्यक्षमा चार्टड एकाउंटेंट एलएन पाण्डे,कार्यकारी सदस्यहरुमा तीलक भट्टराई, शृजना गौतम,शुसील प्रजापती र टिका सापकोटा निर्वाचित भयको घोषणा गरिएको थियो।

निवर्तमान कार्यसमितीले राम्रो काम गरेर नेपाली कोआपरेटिव इन्भेस्टमेंट नाफामा राख्न सफल भएकोले पुन सोही पदाधिकारीहरु चयन भयको थियो।


कार्यक्रममा शेयर होल्डरहरु,सल्लाहाकारहरु, शुभेक्षकहरु र शीतलपाटीन्युजका सम्पादक बाचस्पति रेग्मीको उपस्थिती रहेको समाचार छ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?