Sunday April 28, 2024

शिव मन्दिर अल्डरसटमा महाशिवरात्री पुजा भब्य

२७ फाल्गुन, २०८० शीतलपाटीन्युज डटकम। 1272


शिव मन्दिर अल्डरसटमा महाशिवरात्री पुजा भब्य

शीतलपाटीन्युज डटकम।

लन्डन। बेलायतको राजधानी मानिने अल्डरसट युकेमा स्थापित शिव मन्दिरमा  महाशिवरात्रि पर्व विधिपूर्वक पूजा,आराधना गरी भब्य मनाइएको छ। बेलायतवासी  नेपालीहरूको पहलमा  अल्डरटस्थित शिव कल्चरल सेन्टरमा शिवरात्रिको अवसर पारेर  शुक्रबार भक्तजनहरूको घुइँचो लागेको थियो। 

शिव कल्चरल एन्ड कम्युनिटी सेन्टर युकेका अध्यक्ष विक्रम भट्टराईको अध्यक्षतामा भएको शिवरात्रि पूजा कार्यक्रमका अवसरमा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य र उहाको धर्मपत्नि

तथा हाल बेलायत भ्रमणमा रहेकी  चितवन जिल्ला भरतपुर महानगरपालिका मेयर रेनु दाहालको उपस्थितीमा अल्डरसटको शिव कल्चरल  सेन्टरमा शिवको पूजा आराधना गरी महाशिवरात्री पर्व मनाइएको थियो। मेयर रेणु दाहाल एक अवार्ड ग्रहण गर्न बेलायत आएको सिलसिलामा यो पुजा भयको हो।

सो पुजाका अवसरमा एनआरएनए युकेका अध्यक्ष हितकाजी गुरुङ, पूर्वअध्यक्ष योगेन क्षेत्री,उहाकी धर्मपत्नी रिता क्षेत्री,पूर्वडीएसपी शिवजी श्रेष्ठ,उहाकी धर्मपत्नी उर्मिला श्रेष्ठ,बीसीसी युकेका अध्यक्ष हर्क गुरुङ,काउन्सिलरहरू गोबर्धन सीलवाल,धन बहादुर सार्की,जीव बेल्वासे, जीआरएनसीका अध्यक्ष मान गुरुङ,गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु  र संरक्षक रोहित गुरुङ एवम संरछक रि मे सुर्य उपाध्याएको पनि शिवको दर्शनका लागि उपस्थिती थियो। 

निवर्तमान अध्यक्ष बाचस्पति रेग्मीको उपस्थिति रहेको सो मन्दिर परिसरमा भजन गाउने तथा नाच्ने क्रम बिहानैदेखि चलिरहेको थियो। बिहान ७ बजेबाट पुजा शुरु भै राती १२ सम्म खुला रहेको शिव मन्दिर  करिब १२०० दर्शनार्थीहरुले दर्शन गरेको कुरा अध्यछ भट्टराईले शीतलपाटीन्युजलाई जानकारी दिनु भयो। वैदिक सनातन हिन्दु धर्मावलम्बीले शिवरात्रिका दिन व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध,धतुरो र बेलपत्र आदि पूजा सामग्री चढाएर पूजा गर्ने चलन अनुसार सो पुजा भयको थियो।

मंन्दिरका उपाध्यक्ष एवम कार्यक्रम संयोजक हरि भट्टराई र श्रीमती बिमलाभट्टराई,महासचीब सुष्मा गुरुङ,कोषाध्यछ किशोर गुरुङ,भिम लामीछाने समेतको उत्कृष्ट ब्यवस्थापनमा सम्पुर्ण दर्शनार्थीहरुलाई प्रसाद ग्रहण गराई कार्यक्रम भब्य सम्पन्न भयको थियो।

अध्यछ भट्टराईले फेसबुक मार्फत सबैलाई धन्यबाद भन्दै "परदेशमा बस्ने प्रायः हामी नेपालीहरु अनेक कारणहरुले आफ्नो मातृभूमिबाट टाढा रहेपनि मनमा भने कँही न कहीं उतैको ‘पनलाई मन पराउने रहेछौं। जीवनलाई सहज,सरल र संवृद्ध बनाउन हरेकले देश छोडेपछी प्रत्येक दिन कामकाजमा दौड़नु त छँदैछ। तर पनि मनमा भने यतातिरको प्रगतिमा उताको स्वाद थप्न पाए….. आहा…. भन्ने लागी रहेने रहेछ। 

बेलायत आएको सुरुवाती समयमा कल्पना पनि गर्न सकिन्नथ्यो कुनै दिन यसरी आँफ्नै मन्दिरको प्राङ्गणमा सबै सबै मिलेर आँफ्नै पाराको संगीतमा भजन कीर्तन गरेर नाच्न,गाउन अथवा पूजा आराधना गर्न पाईन्छ भनेर तर एकता र सहकार्य यस्तो तत्वहरु जसले कस्तै असम्भवलाई पनि सम्भव बनाई दिन्छ। यसको ज्वलंन्त उदाहरण हो हाम्रो शिव मन्दिर अल्डरसट बेलायत। अन्ततः तपाई हाम्रा गाँउघर कै जस्तों “शिवालय” पाएका छौं हामीले। 

भगवान शिवजी र पार्वतीको विवाह भएको शुभ दिनको अनि आराध्य देव महादेव शिवलिंगको रुपमा पहिलो पटक प्रकट हुनुभएको र ईश्वरको रुपमा पूजा गरेको पहिलो दिन पनि मानिने महा शिवरात्रि कार्यक्रम आयोजन गरेर सफलतापूर्वक सम्पन्न गर्नका लागी सर्वप्रथम त सम्पूर्ण भक्तजनहरुको विशेष सहयोग रह्यो,त्यसपछी हाम्रा मन्दिरका नियमित पण्डित द्वय पवन प्रसाद दहाल र मधुसूदन सत्यालज्युको १६ धण्टा लामों खटाईं,यो कार्यक्रमका संयोजक उपाध्यक्ष हरी भट्टराईज्यु, सह कोषाध्यक्ष किशोर गुरुङ्गज्यु,प्रमुख संरक्षक बाचस्पती रेग्मीज्यु,संरक्षक रोहित गुरुङ्गज्यु ट्रस्टी शंकर श्रेष्ठज्यु, शिव मन्दिर अल्डरसटका कार्यसमिति सदस्यहरु, ट्रस्टीज्युहरु, संरक्षकज्युहरु, लगायत सबैको महत्वपूर्ण सहयोग रह्यो। महा शिवरात्रिको पूजाको लागी प्रमुख कर्ताको  रुपमा सम्पूर्ण बेलायती नेपालीहरुका अभिभावक महामहिम राजदूत ज्ञानचन्द्र आचार्य र वहाँकी धर्मपत्नीको उपस्थितिले हामीलाई अत्यन्त गौरवान्वित बनाएको छ भने छोटो समयको लागी बेलायतको भ्रमणमा रहनु भएकी भरतपुर नगरपालिकाकी मेयर रेणु दहाललाई स्वागत गर्न पाउदा अझै हामीले केही गरेका रहेछौं भन्ने महसूस भयो। 

यस्ता सामुदायिक कार्यक्रमहरु संचालनमा पुरुष सदस्यहरुको भूमिका त आँफ्नै हुन्छ नै तर कार्यक्रमलाई यथार्थ मैं सफल बनाउन त्यसमा आवद्द महिला आमा दिदी बहिनीहरुको ठुलो योगदान रहन्छ, जसमा महासचिव सुषमा गुरुङ्ग, पबित्रा भट्टराई, विमला भट्टराई,कमला श्रेष्ठ, रेखा गुरुङ्ग,लक्ष्मी,सुषमा प्रधान लगायतको अथक प्रयास नभएको भए साहेद यसरी सहजरुपमा सम्पन्न नहुन सक्थ्यो,बिहान मन्दिर खोले देखी मध्यरातसम्म मन्दिरका संरक्षक तथा व्यवसायी योगेन बदादुर क्षेत्रीज्यु सपरिवार अनि मन्दिर संरक्षक तथा एनआरएनए युकेका अध्यक्ष हितकाजी गुरुङ सपरिवार लगायत मन्दिर ट्रस्टी तथा बुद्धिष्ट कम्यूनिटी सेंटर अल्डरसटका अध्यक्ष हर्क गुरुङ्गज्यु,मंन्दिर संरक्षक मेजर सुर्य उपाध्यायज्यु, संरक्षक रामचन्द्र गुरुङ्ग सपरिवार,संरक्षक सुनित जैन तथा परिवार,संस्थापक सदस्य डां कुमार तथा परिवार,तमुधीँ युकेका पूर्व अध्यक्ष ज्ञाम गुरुङ्ग र सपरिवार,पर्वत वैलफेयर सोसाइटीकी अध्यक्ष अप्सरा गुरुङ्ग,संरक्षक तथा काउन्सलर जीव वेलबासेज्यु,काउन्सीलर गोबर्दन सिलबालज्यु,  काउन्सीलर धर बहादुर सार्कीज्यु, पुर्व डिएसपि शिवजी श्रेष्ठ सपरिवार,प्रमुख संरक्षक तथा पूर्व डिएसपी बाचस्पति रेग्मीज्यु,संचारकर्मी मिलन तमुज्यु,संचारकर्र्मी रविन भारतीज्यु लगायत धेरैको सहयोग र सद्‌भावका लागी मन्दिर परिवार आभार व्यक्त गर्दछ । 

आगामी दिनहरुमा यहाँहरुको साथ सद्‌भाव र सहयोग यसरी नै निरन्तर रहने छ,कार्यक्रमलाई प्रभावकारी बनाउन कमी कमजोरीहरुलाई औंलाएर हामीलाई सच्याउने सल्ला दिनु हुनेछ भन्ने पुर्ण विस्वास सहित पुनः महाशिवरात्रि २०२४ को सम्पूर्णमा हार्दिक शुभकामना । 

जय होस् सबैको….. भन्नु भयको छ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?