Saturday April 27, 2024

बौध्द गुम्बा रेडिङ युकेले च्यारीटी डिनर नाइट हुदै

२७ फाल्गुन, २०८० शीतलपाटीन्युज डटकम। 1171


बौध्द गुम्बा रेडिङ युकेले च्यारीटी डिनर नाइट हुदै

शीतलपाटीन्युज डटकम
लन्डन। बुद्धिस्ट गुम्बा रेडिङ युकेले ३१ मार्च २०२४ मा आयोजना गर्न लागेको च्यारिटी गजल डिनर नाइटको तयारी अन्तिम चरणमा रहेको प्रेषमीट मार्फट प्रष्ट पारिएको छ। 


हिजो ९ मार्च शनिवार बुद्धिस्ट गुम्बा रेडिङ युकेले आफ्नै भवनमा प्रेषमीट सम्मेलन आयोजना गरेर गजल नाइट गर्ने तयारी बारे जनाकारी दिइएको थियो। गुम्बा निर्माण तथा मर्मतका लागि सहयोगार्थ च्यारिटी गजल नाईटको आयोजना गर्न लागिएको हो । अल्डरसटस्थित एम्पायर हलमा हुने गजल डिनर नाईटमा ख्यातिप्राप्त गजलगायक तिलकसिंह पेला र राज सिग्देलको प्रस्तुति रहने जनाइएको छ। 

गुम्बाका अध्यछ खेम गुरुङको अध्यछतामा भयको सो प्रेषमीटमा गुम्बाका महासचिव कमल गुरुङले पत्रकारहरूलाई स्वागत गर्दै पत्रकार सम्मेलनको शुरूआत गरेका थिए। गुम्बा मरमत संभारका लागि युकेमा  गजल साँझको आयोजना गरि आर्थिक संकलन गर्न लागिएको गुरुङले बताए।
प्रेषमीटमा रि इन्सपेक्टर अध्यक्ष खेमबहादुर गुरुङले कार्यक्रम सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताउदै पुण्य कामका लागि यो च्यारीटी भएकाले कार्यक्रमको टिकट काटेर सहयोग गर्न उहाले अनुरोध गर्नु भयको थियो। उपाध्यक्ष नरबहादुर गुरुङ, कोषाध्यक्ष मेजर बुद्धि गुरुङ, सचिव युवराज गुरुङ, कार्यक्रमका कोअर्डिनेटर चन्द्रमान गुरुङ लगायतको प्रेषमीटमा उपस्थिति थियो ।
गुम्बाको मर्मत सम्भारका लागि आर्थिक संकलनका लागि गजल डिनर आयोजना गर्न लागिएको कोअर्डिनेटर चन्द्रमान गुरुङले बताउनु हुदै कार्यक्रममा आएर दान गरेर पुण्य कमाउन र मनोरञ्जन समेत लिन उले आग्रह गर्नु भयो। च्यारीटीका लागि नेपालबाट आउने अतिथी कलाकारहरुको भिसा लगायत प्रक्रिया पूरा भइसकेको र २४ मार्चमा लण्डन आइपुग्ने उहाले जनाउनु भयो।
एम्पाएर हल अल्डरसटमा हुने सो च्यारीटी डिनर नाइटमा खाना समेतको ब्यवस्था गरिएको टिकटदर प्रतिव्यक्ति साधारणतर्फ ४० पाउन्ड तथा भीआईपीतर्फ १०० पाउन्ड रहेको छ। प्रायोजकलाई भीआईपी टिकट हुने र ४०० पाउन्डभन्दा माथि सहयोग गर्नेलाई २ वटा भीआईपी टिकट दिइने महासचिव गुरुङले बताउनु भयो।

कोषाध्यक्ष गुरुङले आर्थिक संकलन र भावी कार्ययोजना बारे जानकारी गराएको सो प्रेषमीटमा अध्यक्ष गुरुङले पत्रकार सम्मेलनमा उपस्थित गोर्खा मिडियाका डाईरेक्टर मीलन तमु गुरुङ,एभरेष्ट नेटका डाइरेक्टर एस के गुरुङ,एभरेष्ट टा इम्सका फोटो ग्राफर तेज गुरुङ,शीतलपाटीन्युजका सम्पादक बाचस्पति रेग्मी समेतलाई धन्यवाद दिँदै प्रेषमीट प्रश्नहरुको जवाफ दिदै समापन गर्नु भयको थियो।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?