Tuesday May 21, 2024

डिआईजीपी दुर्गा सिहद्वारा गण्डकी प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण

१८ बैशाख, २०८१ शीतलपाटीन्युज डटकम। 1115


डिआईजीपी दुर्गा सिहद्वारा गण्डकी प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण

गण्डकी प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण ।
----------------------------------------
 बैशाख- १७, पोखरा ।  
नेपाल सरकार, गृह मन्त्रालय (माननीय उपप्रधानमन्त्री एवं गृहमन्त्रीस्तर) को मिति २०८१।०१।१३ गतेको निर्णयानुसार उपत्यका प्रहरी रानीपोखरी काठमाण्डौंबाट गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा सरुवा भई आउनु भएकी प्रहरी नायव महानिरीक्षक दुर्गा सिंहले आज गण्डकी प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण गर्नुभई गण्डकी प्रदेश प्रहरी कार्यालयको सम्पुर्ण शाखाहरुको स्थलगत निरिक्षण गर्नुभएको छ । 


गण्डकी प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण गर्नुभएकी प्रहरी नायव महानिरीक्षक सिंहलाई पोखरा उपत्यकामा रहेका प्रहरी कार्यालय प्रमुखहरुले पुष्प गुच्छा सहित स्वागत गर्नुभएको थियो।

स्वागत तथा पदभार ग्रहण पश्चात प्रहरी नायव महानिरीक्षक सिंहले गण्डकी प्रदेश प्रहरी कार्यालयमा कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरु र उपस्थित कार्यालय प्रमुखहरूलाई प्रदेशको शान्ति सुरक्षामा प्रहरी प्रभावकारीतालाई थप गर्न संगठनको मुल्य मान्यतालाई आत्मसाथ गरी त्रुटिरहित तवरले कार्य सम्पादन गर्न निर्देशन गर्नुभयो ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?