Saturday May 04, 2024

काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीको कार्यसम्पादन उत्कृष्ट

८ भाद्र, २०८० शीतलपाटीन्युज डटकम। 1550


काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीको कार्यसम्पादन उत्कृष्ट

शीतलपाटीन्युज डटकम।

काठमाण्डौ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले आफ्नो सरूवालाई सामान्य रूपमा लिएको बताउनु भयको छ।

परिसरबाट सरूवा भएपछि आफ्नो कार्यकालमा भएका प्रगतिबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा उहाले आफ्नो कार्यकालमा आफूले गरेका कामबाट आफू सन्तुष्ट रहेको बताउँदै सरूवालाई सामान्य रूपमा लिएको बताउनु भयको हो।

उनले भने,‘आवश्यकता अनुसार सरूवा हुन्छ। सरूवा अर्को ठाउमा काम गर्नका लागि हो। दर्जा र जिम्मेबारी अनुसार आफुले तोकिएको काम गर्ने हो। मलाई तोकिएको काम मैले यहाँ गरेँ,’ उहाले, “अब आउनेले पनि गर्नुहुन्छ। कानूनले तोके बमोजिमको काम गर्ने हो। अर्को ठाउँ गए पनि मेरो काम निरन्तर हुन्छ। सामान्य छ यो कुरा। हाम्रो संगठनले दिएको भूमिका निर्वाह गर्ने हो। त्यसमा म खुसी छु” भन्नु भयो।

उहाले २०७९ माघदेखि २०८० साउन महिनासम्मको कार्यकालमा प्रहरी हिरासत कक्षमा पुस्तकालयको व्यवस्था गरेको विषयलाई उल्लेख्य कामको रूपमा लिएको बताउनु भयो।कैदीहरू आफ्नो शुद्धीकरणका लागि पुस्तकको प्रयोग गर्न सक्ने भन्दै प्रहरी वृत्त बालाजु,बौद्ध,लैनचौर,सिंहदरबार कालिमाटीको हिरासत कक्षमा पुस्तकालयको व्यवस्था गरिएको पनि बताउनु भयको छ।यस्तै उक्त कार्यकालमा जिल्ला प्रहरी परिसर, काठमाडौ तथा मातहत समेतको सेवा लिन आएका सोह्र हजार पाँच सय पैंसठ्ठी सेवाग्राहीहरूलाई सेवा प्रदान गरेको र परिसर तथा मातहत कार्यालयहरूमा ८३ वटा सीसीटीभी जडान गरेको समेत बताउनु भयो। वृत कालिमाटीमा १८, बानेश्वरमा १६, जनसेवामा १३, दरबारमार्गमा १४, बालाजुमा ६, स्वयम्भूमा ५, प्रभाग कपनमा ४ र साँखुमा ७ वटा जडान गरिएको हो।

आफ्नो कार्य अवधिमा बैंकिङ कसुरमा ४ हजार ७ सय २३ निवेदन दर्ता भएकामा ७ सय २१ जना ,अभद्र व्यवहारमा १ हजार ९ सय १७,चोरीसम्बन्धी कसुरमा ४ सय २४ मुद्दा दर्ता भएकोमा ६ सय ४३ जना पक्राउ परेको  जनाइएको छ।

त्यस्तै ठगीमा २४३ मुद्दा दर्ता र १ सय ८१ जना पक्राउ परेको, लागुऔषधमा मुद्दा २ सय २२ दर्ता र ३ सय ८७ पक्राउ, आत्महत्यासम्बन्धी कसुरमा २ सय ४८ मुद्दा दर्ता भएको छ भने अनुसन्धान हुदै छ। यस्तै महिला तथा बालबालिकासम्बन्धी कसुरमा २ सय २४ दर्ता,२१७ पक्राउ,सवारी ज्यान तथा अंगभंगसम्बन्धी कसुरमा ११५ दर्ता,११८ जना पक्राउ,कर्तव्य ज्यानमा १३ दर्ता,१७ पक्राउ र अन्य अपराधमा ७९४ मुद्दा दर्ता र ११३६ जना पक्राउ परेको परिसरले जनाएको छ।

समुदाय-प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत माघदेखि साउन महिनासम्ममा काठमाडौ जिल्लाका विभिन्न स्थानहरूमा विभिन्न सरोकारवाला निकायहरूसँगको सहकार्यमा १ हजार ८ सय ५१ वटा कार्यक्रम सम्पन्न भएको र त्यसबाट १ लाख ४७ हजार ९ सय ५ जना लाभान्वित भएको परिसरको दाबी छ। त्यसैगरी उक्त अवधिमा राजनीतिक गतिविधिहरू पनि प्रशस्त रूपमा भएका छन्। जसमध्ये धर्ना २३५,कोणसभा ५८, विरोध जुलुस ३४८,विरोध र्‍याली ९७,अनसन १२ र तालाबन्दी ४५ वटा भएका छन्।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?