Friday May 10, 2024

नेपाल पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्ष दीपेन्द्र श्रेष्ठ पुरस्कृत

२९ असार, २०८० शीतलपाटीन्युज डटकम। 1467


नेपाल पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्ष दीपेन्द्र श्रेष्ठ पुरस्कृत

शीतलपाटीन्युज डटकम।

पोखरा। पोखरामा रहेर सक्रिय पत्रकारीता गरेका नेपाल पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्ष एव‌म गोर्खा मिडियाका सल्लाहकार दीपेन्द्र श्रेष्ठ पुरस्कृत भएको समाचार छ।

हालै तमुधिं नेपालकी संस्थापक अध्यक्ष कर्म तमुको आफ्नो वैवाहिक वर्षगाँठको अवसरमा प्रदान गरिँदै आएको 'कर्म/कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार‍-२०८०' बाट शुक्रबर नयाँ बजारमा आयोजित कार्यक्रममा पत्रकार श्रेष्ठ पुरस्कृत भएको हो। श्रेष्ठलाई प्रतिनिधिसभा सदस्य मनबहादुर गुरुङले नगद १० हजार रूपैयाँ र सम्मानपत्रले सम्मान गरीयो। सम्मानित श्रेष्ठ एभरेस्ट आवाज डटकमक सम्पादक र एभरेस्ट एफएमका प्रस्तोता हुनुहुन्छ। 

तमुधिं नेपालका अध्यक्ष एवं पत्रकार हुमबहादुर गुरुङको संयोजकत्वमा सदस्यहरु एमबी आस्था मगर,शान्ति गुरुङ,उदय अमात्य र नेपाल आदिवासी जनजाति पत्रकर महासंघ (फोनिज) कास्कीका अध्यक्ष दिलप्रसाद गुरुङको समितिले श्रेष्ठलाई छनौट गरी पुरष्कृत गर्न सिफारिस गरेको थियो।

श्रोत-गोर्खा मिडीया।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?