Friday May 03, 2024

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईको आथित्वमा अमेरीकामा साहित्यीक पुरष्कार बितरण

१५ मंसिर, २०८० शीतलपाटीन्युज डटकम। 1287


नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईको आथित्वमा अमेरीकामा साहित्यीक पुरष्कार  बितरण

सुरेश कोईराला।

अमेरीका।नोभेम्बर १९,२०२३ आइतबारका दिन एक समारोहविच अमेरिकामा विभन्न साहित्यिक पुरस्कार बितरण गरिएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानका माननिय कुलपति भूपाल राईको प्रमुख आतित्थ्यतामा भएको कार्यक्रम भव्य रुपमा सम्पन्न भएको थियो।

अनेसास पुरस्कार समितीका संयोजक तिर्थ राज पाण्डेको सभापतित्वमा संचालित उक्त कार्यक्रममा प्रज्ञा सदस्य बाबा बस्नेत, बिओटी सभापति पदम विश्वकर्मा, अनेसास केन्द्रिय अध्यक्ष गोबर्धन पूजा, संस्थापक अध्यक्ष होमनाथ सुवेदी, निवर्तमान बि ओ टी अध्यक्ष गीता खत्रीहरूको बिषेश आतित्थ्यता रहेको थियो।

त्यसैगरी अतिथीहरूमा बरिष्ठ साहित्यकार कृष्ण धाराबासी,नीलम कार्की निहारिका,एनआरएनए अमेरिकाका अध्यक्ष डा अर्जुन बन्जाडे,संस्थाका पूर्व अध्यक्षहरू पुरू सुवेदी,भिम रेग्मी र मोहन सिटौला, सल्लाहकारहरू रोहिणी शर्मा,तिर्थाराज अधिकारी, सीता पाण्डे रहनु भएको थियो। कार्यक्रममा आशन ग्रहण पश्चात दुबै देशका राष्ट्रिय गान साना भाइ बैनीहरू आभाष अर्याल, सचिन चापागाईं, सुयोग चापागाईं, रोजी गौतम र प्रसुन पौडेलहरूबाट गाइएको थियो।

प्रमुख अतिथीबाट कार्यक्रममको उध्दघाटन कलसमा दियो बालेर गरिनुका साथै महाकविको फोटोमा माल्यार्पण गरीएको थियो। डि सी च्याप्टरका महासचिव निलकण्ठ सुवेदीले सबैलाई स्वागत गर्नु भएको थियो।तत्पश्चात हरिमाया अधिकारीबाट लक्ष्मी प्रसादको गीत गायन र संयोजक तिर्थराज पाण्डेबाट पुरस्कारहरूको जानाकारी गराउनु भएको थियो।

साथमा विजेता पुरस्कृत व्यक्तित्वहरूलाइ पुरस्कार प्रदान गरिनुका साथै पूर्व अध्यक्ष भिम रेग्मीलाइ लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान र होमनाथ सुवेदी, रोहिणी शर्मा,सुमन तिम्सिना, मोहन सिटौला, गीता खत्रीहरूलाइ २०२१ को दिर्घ सेवा पदक प्रदान गरीएको थियो। त्यसैगरी बोर्ड अफ् ट्रष्टिका निर्वाचन कमिटीका प्रमुख निर्वाचन आयूक्त भिम कार्की र निर्वाचन आयूक्तलाइ प्रमाण पत्र प्रदान गरिएको थियो। केन्द्रिय अध्यक्ष गोबर्धन पूजाले आफ्नो मन्तव्य सहित पुरस्कृत व्यक्तित्वहरूलाइ बधाइ ज्ञापन गर्नु भएको थियो। 

त्यसपछि साहित्यकार गीता खत्रीको रोबोट जर्ज, कवि इश्वी भट्टको आकाश पारीबाट र अनेसास न्यू ह्याम्पसायरले प्रकाशन गरेको कवि गोपाल भण्डारीको छन्द कविता संग्रह दोस्रो प्रकाशनको विमोचन गरिएको थियो। कृतिकारहरूको तर्फबाट गीता खत्री,पुरस्कृत मध्यबाट महेश पौड्याल, महेश्वर पन्त र मोहन सिटौलाले मन्तव्य व्यक्त गरीनुका साथै बि ओ टी पुरस्कार समितीका सचिव इश्वरी भट्टले पुरस्कार दाता र पुरस्कृत व्यक्तित्वहरूलाई धन्यबाद एवं बधाइ व्यक्तगर्दै समितीको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो। यस बर्षको कुल पुरस्कार राशी अमेरिकी डलर चौधहजार बराबरको रहेको थियो।

त्यसैगरी मदन पुरस्कार बिजेता मध्यबाट नीलम कार्की निहारिका, पुरस्कार दाताहरू मध्यबाट रोहिणी शर्मा,अतिथीहरूबाट होमनाथ सुवेदीहरूले आफ्नो मन्तव्य व्यक्त गर्नु भएको थियो। 

कार्यक्रमका प्रमुख अतिथी भूपाल राईले ॲाफ्नो मन्तव्यमा प्रज्ञा र अनेसासको कामको बारेमा चर्चा गर्दै ॲाफूले सकेको सहयोग गर्ने बचन बध्दता व्यक्त गर्नु भएको थियो। कार्यक्रमलाइ बि ओ टी सभापति पदम विश्वकर्माले धन्यबाद ज्ञापन श्चात पहिलो सभा समापन गरीएको थियो। यो शेशन केन्द्रिय सदस्य शकुन ज्ञवाली र बि ओ टी महासचिव प्रकाश नेपालले संचालन गर्नु भएको थियो भने संचालीका ज्ञवालीले पुरस्कार समितीका संयोजक तीर्थराज पाण्डे, सचिव इश्वरी भट्ट र सदस्यहरू डा विजय राज शर्मा, सन्ध्या पहाडी र दिपा राइ पूनलाइ धन्यबाद व्यक्त गर्नु भएको थियो। 

कार्यक्रमको दोस्रो शेसन केन्द्रिय अध्यक्ष गोबर्धन पूजाको अध्यक्षतामा बि ओ टी सदस्य रश्मी भट्टले कविता बाचनको कार्यक्रम संचालन गर्नु भएको थियो। धेरै कविहरूको रचना बाचन पस्चात अध्यक्षले सो कार्यक्रमको समापन गर्दै पूनः बि ओ टी सभापति पदम बिश्वकर्माको संयोजनमा बृहद गोष्ठी गरीएको थियो।

केन्द्रिय बरिष्ठ उपाध्यक्ष सर्वज्ञ वाग्लेको संचालनमा अनेसासको विगत र वर्तमानको बिषयमा सबै सहभागीहरूले ॲाफ्नो धारणा राख्नु भएको थियो। सो कार्यक्रमको टिपोट नारायण अधिकारी र निजानन्द मल्लले गर्नु भएको थियो। कार्यक्रमको समापनमा सभापति विश्वकर्माले सबैका भावनाको कदर गर्दै अनेसासलाइ अगाडी बढाइने प्रतिबध्दता व्यक्त गर्दै कार्यक्रम समापन गर्नु भएको थियो। 

यस बर्षको कृति पुरस्कृत हुनेहरूमा रण काफ्ले भारत- रैथाने उपन्यास - अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार $२१००, महेश्वर पन्त- बोस्टन अमेरीका- बौलाको डायरी $१०००, श्री बाबु कार्की नेपाल निबन्ध शन्दिग्ध शताब्दी $१०००, कल्पना खरेल नेपाल- रानी तलाउ $१०००, गणेश कुमार जि सी नेपाल अरनिको एशिया $१०००, सिन्धु पौडेल इजरायल मृतसागरको उचाइबाट कविता संग्रह $१०००, डा गोविन्दराज आचार्य नेपाल दंगी उर्वशी,$१०००, निर्मोही व्यास नेपाल आवारा बादल नियात्रा $१०००, महेश पौड्याल नेपाल अपरितिच अनुहार कथा संग्रह $१०००, खेम रिजाल अमेरीका ऊर्जा ( गीत) $५०० र मोहन सिटौला अमेरीका सुनिल पाठक बिशिष्ठ पुरस्कार $२००० रहनु भएको थियो, भने उक्त पुरस्कारहरूको प्रायोजन प्रा डा गोपी उप्रेती, रोहिणी शर्मा, डा श्याम कार्की, सुमन तिम्सिना, गीता खत्री,डा चुडामणी खनाल,तीर्थराज पाण्डे,पदम विश्वकर्मा,पुरू कल्पना सुवेदी र सुनिल पाठकले प्रदान गर्नु भएको थियो।

यसरी श्रष्टाहरुलाई पुरस्कृत गर्दा रचना सिर्जना र सिर्जनशीलतामा वृद्धि हुने र राम्रा सिर्जना गर्न हौसला मिल्ने विश्वास पुरस्कार समितीका संयोजक डाक्टर तीर्थको छ।आफूहरु निरन्तर रुपमा यो कार्यक्रम अगाडी बढाउने पनि बताउनु भयो।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?