Saturday May 04, 2024

सामुदायीक एकता र समाजसेवामा स्वदेशी  मनहरुको आबाज : बेलायती डायोस्परामा एउटा अब्बल नाम रेडिंग नेपाली समाज

१ भाद्र, २०८० शीतलपाटीन्युज डटकम। 1492


सामुदायीक एकता र समाजसेवामा स्वदेशी  मनहरुको आबाज : बेलायती डायोस्परामा एउटा अब्बल नाम रेडिंग नेपाली समाज

शीतलपाटीन्युज डटकम।

सामुदायीक एकता र समाजसेवामा स्वदेशी  मनहरुको आबाज : बेलायती डायोस्परामा एउटा अब्बल नाम रेडिंग नेपाली समाज 

लण्डन। वेलायत स्थीत रेडिंग नेपाली समाज (Greater Reading Nepalese community Association) परदेशी भुमीमा गठन भएको एउटा च्यारीटी संस्था हो। जस्मा समाजका बिभिन्न तह र तप्काका बिबिध जातजाती धर्म र सम्प्रदायको प्रतिनिधित्व भएको छ। सन् २००१ मा गठन भएको यो  संस्था बेलायतबासी नेपालीहरुको बिचमा मात्र नभएर स्वदेशी भुमीमा पनि लोकप्रिय छ।

महाभुकम्पले देश जर्जर भएको बेला होस् या कोरोनाले नेपालीहरु आक्रान्त भएको बेला रेडिंग नेपाली समाजले हरदम नेपालमा सहयोग गरि रहेको छ। धादिङको अचाने माबी पुननिर्माणको लागी रु २७ लाख २३ हजार  पठाउँदा होस् या कोरोनाले देश आक्रान्त हुँदा अक्सीजन सिलिण्डर नपाएर जनता मर्नु पर्दा परेको अवस्थामा अक्सीजन सिलिण्डरको ब्यवस्था गर्न राष्ट्रीय आबिस्कार केन्द्र मार्फत रु ६ लाख १८ हजार पठाउँदा रेडिंग नेपाली समाजले समाजमा आवद्द सबै मनकारी महानुभावहरु बाट चन्दा उठाएको छ।

हरेक पटक देश बिपत्तिले अत्तालिएको बेला समाजले परदेशी भुमीमा  रहेर पनि स्वदेशीहरुको घाउमा मलमपट्टी लगाउन चन्दा उठाउने र पठाउने गरेको छ। चन्दा उठाउन समाजले सबैभन्दा पहिले शुरुवात आफैबाट गर्नुपर्छ भन्ने मान्यताका साथ कार्यसमितीका सबै सदस्यहरु देखी अध्यछ्यसम्मले आआफ्नो गक्ष अनुसार प्रतिबद्धता व्यक्त गर्दै आम सर्वसाधारण समक्ष सहयोगको याचना गर्ने गरेको छ। 

रेडिंग नेपाली समाजले नेपालको दुर्गम क्षेत्रमा मातृशिषु केन्द्र देखी अस्पताल निर्माणमा सहयोग गर्नुका साथै परदेशी भुमीमा आपत बिपत पर्दा पनि बेला बेलामा सहयोग गर्ने गरेको छ। यसै गरी बेलायतमा उच्च शिक्षा हाँसील गर्न आएको ५ महिना नपुग्दै उपचारको क्रममा यसै बर्ष मे १० मा दिवंगत भएकी बिध्यार्थी सदिक्षा तामाङ्गको परिवारलाई सहयोग गर्न पनि रेडिंग नेपाली समाजले स्वयं कार्य समितीबाट शुरू गरी समाजका बिभिन्न मनकारी महानुभावहरूबाट रु तीन लाख एकानब्बे हजार चार सय छत्तिस पठाउन सफल भएको छ।

यसै गरी संस्थाकै पहलमा दिवंगत सदिक्षा तामाङ्ग अध्ययन गर्दै गरेको युनिभर्सिटीबाट रु १६ लाख फिर्ता गराउन पनि सोहि युनिभर्सिटीका प्राध्यापक डा कृष्ण रेग्मीको सहयोगमा सफल भएको छ। समाजले संकलन गरेको सम्पूर्ण रकम तथा युनिभर्सीटीले फिर्ता गरेको रकम सिधै सदिक्षाका अभिबाबकलाई नेपालमा पठाइएको कुरा समाजका महासचिब ओमकार अधिकारीले शीतलपाटीन्युज डटकमलाई जानकारी गराउनु भयको छ। सदिक्षाका अभिबाबकले रेडिंग नेपाली समाजलाई पठाएको पत्र तल प्रस्तुत छ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?