Saturday May 04, 2024

साँसद सोविता गौतमले नियालिन "नेपाली भिलेज युके",भनिन् " नेपाल जस्तै लाग्यो"

५ भाद्र, २०८० शीतवपाटीन्युज डटकम। 1995


साँसद सोविता गौतमले नियालिन "नेपाली भिलेज युके",भनिन् " नेपाल जस्तै लाग्यो"

शीतलपाटीन्येज डटकम।

लण्डन। नितान्त ब्यक्तिगत पारिवारीक भ्रमणका क्रममा केही दिन अगाडि युके आई पुगेकी राष्टिय स्वतन्त्र पार्टीकी युवा साँसद सोबिता गौतमले हिजो वेल्समा बनिरहेको नेपाली भिलेज अवलोकन गर्नुका साथै वेल्सका छायाँमन्त्री र ब्रेकन सिटीकी मेयरसङ्ग भेटवार्ता गरेकी छिन्।

प्रवास नेपाली सम्पर्क बिभाग युकेको आयोजना तथा नेपाली भिलेज( ब्रेकन) परियोजना समितीको संयोजनमा आयोजित सो अवलोकन भ्रमणका क्रममा साँसद गौतमले आफ्नो ब्यक्तिगत भ्रमणका वाबजुद पनि बेलायतमा रहेका नेपालीहरुसङ्ग भलाकुसारी गर्न र नेपालकै गौरवको रुपमा बिकास भईरहेको नेपाली भिलेज परियोजना नियाल्न पाउँदा आफुलाई निक्कै खुशी लागेको बताएकी छिन्। आफ्नो श्रीमान् गृहेन्द्र घिमिरे र आमाको साथमा नेपाली भिलेज अवलोकन गर्न पुगेकी साँसद गौतमलाई परियोजनाका प्रवन्ध निर्देशक मेजर खुशीमान गुरुङ्ग लगायतको टोलीले स्वागत गर्नुका साथै परियोजनाको बिस्तृत योजनाबारे प्रस्तुतीकरण गर्नु भएको थियो। 

नेपाली भिलेज अवलोकन कै अवसरमा साँसद गौतमले ब्रेकन सिटि काउन्सिलकी मेयर मिशेला डेभिस र वेल्सका छायाँमन्त्री जेम्स ईभान्ससङ्ग भेटवार्ता गरी त्यहाँको बिकास प्रकृयाबारे बुझ्ने कार्य पनि गरेकी छिन्। "मलाई यहाँ आईपुग्दा आफ्नै देशको भूमीमा आए जस्तो महसुष भयो- ठ्याक्कै नेपाल जस्तै....." नेपाली भिलेजको प्राङ्गणमा उभिंदै आफ्नो अनुभव साट्ने क्रममा साँसद गौतमले भनिन् "......हाम्रो कला र सँस्कृतीलाई जोगाई राख्न यहाँका नेपालीले गरेको यो प्रयत्न अति नै सर्‍हानीय छ।"

परियोजनाको अवलोकन पस्चात्  मेजर खुशीमान गुरुङ्ग दम्पत्तीद्वारा आफ्नै निवासमा आयोजीत चियापान कार्यक्रममा सहभागी भएकी साँसद गौतमले परियोजनाका ब्यवस्थापक खुशीमान गुरुङ्ग र उहाँकी धर्मपत्नी मन्जु गुरुङ्गको न्यानो आतिथ्यताले  आफुलाई परदेशको भुमीमा पनि अतिथी देवो भव; को नेपाली भाव जीवन्त रहेको महसुष भएको समेत बताएकी थिइन्। स्मरण रहोस् , वेल्सको ब्रेकन सिटि र नेपालको धम्पुसबिच सन् २०१९ देखि मितेरी सम्बन्ध कायम रहिआएको छ । 

नेपाली भिलेज अवलोकन कार्यक्रममा  रास्वपा युके बिभागका सहमहामन्त्री यज्ञराज कार्की,कोषाध्यक्ष बाबुराम न्यौपाने ,सदस्य शान्त कुमार गुरुङ्ग र  पङ्कज अर्याल सहित परियोजनाका डाईरेक्टरहरु बिक्रम भट्टराई ,लोकेन्द्र श्रेष्ठ र योजना निर्देशक कोलिन प्रिस लगायतको सहभागीता रहेको थियो ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?