Saturday May 04, 2024

एनआरएनए युकेको नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना

५ भाद्र, २०८० शीतलपाटीन्युज डटकम। 1465


एनआरएनए युकेको नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना

शीतलपाटीन्युज डटकम।

लन्डन। गैरआवासीय नेपाली संघ युकेको नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना प्राप्त भएको छ। गत २० अगस्त आइतबार अल्डरसटस्थित एम्पायर हलमा आयोजित कार्यक्रममा एनआरएनए युकेका नवनिर्वाचित अध्यक्ष हितकाजी गुरुङ नेतृत्वको टिमलाई विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले खादा र फेटा लगाएर बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गरेका छन्।

एनआरएनए युकेका महासचिव गोविन्द खरेलले संचालन गरेको सो सभाको अध्यक्षता एनआरएन युकेका अध्यक्ष हितकाजी गुरुड्गले गर्नु भयको थियो। बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य प्रमुख अतिथी रहेको सो कार्यक्रममा बिभिन्न सॅघसंस्थाकी अगुवाहरु समेत गरि ३०० जना नेपालीको उपस्थिती थियो।

प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले गैरआवासीय नेपाली संघ नेपाललाई विश्वमा चिनाउने र संसारभरि फैलिएका नेपालीहरुसँग रहेको सीप,साधन र श्रोत नेपालको हितमा  प्रयोग गर्ने कडीको रुपमा रहेको बताउनु । उहाले जुन मुलुकमा नेपाली दूतावास छैनन्,त्यहाँ पनि संघले नेपाली समुदायलाई सहयोग गरिरहेको  बताउनु भयको थियो । 


गैरआवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष कुल आचार्यले अक्टोबरभित्र गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनमा आइसक्ने बताउनु भयको छ। उहाले उक्त नागरिकतालाई सरल र सुविधायुक्त बनाउनेतर्फ आफुहरुले पहल गरिरहेको पनि बताउनु भयको छ। उहाले सामाजिक सुरक्षा तथा प्रवासमा रहेका नेपालीहरुको मताधिकारको लागि नेपाल सरकारले महत्वपूर्ण निर्णयहरु गरेको बताउंदै संघले नेपाल सरकारसँग सहकार्य जारी राख्ने बताए। सो अवसरमा अध्यक्ष गुरुङले आउँदो २ वर्षका लागि नयाँ कार्य समितिको कार्ययोजना पढेर सुनाएका थिए। 

समारोहमा गैरआवासीय नेपाली संघका केन्द्रीय उपाध्यक्षहरु डा.हेमराज शर्मा,महेश श्रेष्ठ,नारायण आचार्य,युवा उपाध्यक्ष राज रेग्मी, महासचिव डा केशव पौडेल, उपमहासचिव रामशरण सिम्खडा, उपमहासचिव गङ्गाधर गौतम, युरोप उपसंयोजकद्वय दयानिधि शर्मा तथा कृष्ण तिमल्सीना,युरोप युवा उपसंयोजक रोवर्ट लिम्बु,पूर्व सल्लाहकार विश्वआदर्श पण्डित, जनसम्पर्क समिति युकेका अध्यक्ष युवराज गुरुङ लगायतले शुभकामना दिएका थिए। विदेशबाट आएका एनआरएनएका पदाधिकारीहरु तथा निर्वाचन समितिका सदस्यहरुलाई सम्मानपत्र पनि प्रदान गरिएको थियो।  


कार्यक्रममा एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष बुद्धि सुवेदी,एनआरएनए क्यानडाका पूर्व अध्यक्ष दिपक गौतम,पूर्व आइसीसी सदस्य अनुजा प्रधान,प्रवासी नेपाली मंच युकेका अध्यक्ष तुङ्ग भद्र भुसाल नेपाल पत्रकार महासंघ युकेका पूर्व अध्यक्ष चिरन शर्मा लगायतले शुभकामना दिएको कार्यक्रममा  जनवादी गायक जीवन शर्माले लोकप्रिय गीतहरु सुनाए भने अन्य कलाकारहरुले विभिन्न गीतसंगीतबाट सहभागीहरुलाई नचाएका थिए।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?