Saturday May 04, 2024

रोयल बरो अफ ग्रीनवीच नेप्लिज् सोसाइटीको अध्यक्षमा पुण्य रेग्मी, महासचिवमा ह्यारी गुरुड्ग चयन

८ आश्विन, २०८० शीतलपाटीन्युज डटकम। 1372


रोयल बरो अफ ग्रीनवीच नेप्लिज् सोसाइटीको अध्यक्षमा पुण्य रेग्मी, महासचिवमा ह्यारी गुरुड्ग  चयन

शीतलपाटीन्युज डटकम।

लन्डन। रोयल बरो अफ ग्रीनवीच नेप्लिज् सोसाइटी (आरजीएनएस) मा नयाँ नेतृत्व चयन भएको छ।आइतबार सम्पन्न संस्थाको अधिवेशनले पुण्य रेग्मीको अध्यक्षतामा सर्वसम्मत् कार्यसमिति निर्वाचित गरेको हो। रेग्मी अघिल्लो कार्यसमितिका उपाध्यक्ष एवम् कार्यवाहाक अध्यक्ष थिए।

यसअघि अध्यक्षमा उम्मेद्वारी दिएकी निवर्तमान समितिकी उपाध्यक्ष लिलादेवी गुरुङ एक वर्षपछि अध्यक्ष बन्ने सहमति बनेपछि सर्वसम्मतिमै कार्यसमिति बनेको हो। सहमति अनुसार रेग्मी पहिलो एक वर्ष र गुरुङ दोस्रो एक वर्ष अध्यक्ष रहनेछन्। नवनिर्वाचित कार्यसमितिको दुई उपाध्यक्षमा मञ्जु भण्डारी र सुरोज मास्के चुनिएका छन् भने महासचिवको जिम्मेवारी ह्यारी गुरुङले पाएका छन् ।  कार्यसमितिको सचिवमा सुदेशा बजगाइँ, कोषाध्यक्षमा सोनी श्रेष्ठ र सहकोषाध्यक्षमा रामकृष्ण अर्याल चुनिएका छन्।

एलएन पाण्डे संयोजक,राजन खकुराल सदस्यसचिव र सहदेव गिरी सदस्य रहेको निर्वाचन समितिले नवनिर्वाचित कार्यसमितिको घोषणा गर्दै शपथग्रहण गराएको थियो। 

नवनिर्वाचित कार्यसमितिको कार्यकाल दुई वर्ष रहनेछ।

नवनिर्वाचित समितिलाई प्रमुख अतिथि रोयल ग्रीनविच बरोका काउन्सिल लिडर एन्थोनी ओकेरेके,निवर्तमान अध्यक्ष एवम् ग्रीनविच बरो उपमेयर जीत रानाभाटलगायतले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए।  

यसअघि निवर्तमान समिति अध्यक्ष रानाभाटको अध्यक्षतामा अधिवेशन सम्पन्न भएको थियो। त्यस क्रममा महासचिव मञ्जु भण्डारीको वार्षिक तथा कोषाध्यक्ष रुद्र गौतमको आर्थिक प्रतिवेदन छलफलपछि पारित गरिएको थियो। 

त्यस्तै,सल्लाहकार फडिन्द्र भट्टराई संयोजक रहेको विधान समितिले पेश गरेको विधान संशोधन प्रस्ताव सभाले पास गरेको थियो।

संशोधित विधानमा कार्यसमितिको कार्यकाल दुई वर्ष रहने,संस्थाको साधारण सदस्य ग्रीनविच बरोका बासिन्दा मात्रै रहने  र अरु मानार्थ सदस्य रहन सक्ने जस्ता व्यवस्था गरेको छ।  

कार्यक्रममा विशेष अतिथिहरु डेपुटी लिडर एभ्रिएल लिकाओ,पब्लिक हेल्थ विभागकी सहनिर्देशक जेन कोनर सहित स्थानीय नेपाली समुदायका अगुवा एवम् संघसंस्थाका प्रतिनिधिको पनि उपस्थिति थियो ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?