Saturday May 04, 2024

सुनिल बाबु खड्का मानव सेवा आश्रम बेलायतको अध्यक्ष

१० आश्विन, २०८० शीतलपाटीन्युज डटकम। 2052


सुनिल बाबु खड्का मानव सेवा आश्रम बेलायतको अध्यक्ष

शीतलपाटीन्युज डटकम।

लण्डन। सडक आश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने उदेश्यले संचालित मानव सेवा आश्रम बेलायतको अध्यक्षमा समाजसेवी सुनिलबाबु खड्काको संयोजक रहेको च्याप्टर गठन भएको समाचार छ।त्यस्तै गरी राजु आचार्य र विक्रम भट्टराई सहसंयोजक,यादव श्रेष्ठ सचिव र चन्द्र अर्याल कोषाध्यक्ष सहित ३१ सदस्य रहेको बेलायती कमिटी गठन भयको छ। सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने संकल्पलाई पूरा गर्न मानवसेवा आश्रम यूके च्यापटर गठन भएको हो। 

मानवसेवा आश्रमले २०८२ सालभित्र खुला आकाशमुनी नेपालको सडकपेटी एवं सार्वजनिक स्थलहरुमा कष्टपूर्ण जीवन विताउन विवश अनाथ, अपाङ्ग,अशक्त,असहाय, शारिरीक तथा मानसिकरुपमा अति कमजोर मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने लक्ष्य लिएको छ।यो लक्ष्य पुरा गर्न आश्रमले मानवसेवा आश्रम यूके च्यापटर गठन गरेको कुरा मानव सेवा आश्रम नेपालका संरक्षक रामजी  अधिकारीले लण्डनको अल्डरसटमा आयोजीत एउटा कार्यक्रममा बताउनु भयको हो।

सेप्टेम्बर २४ तारिकमा अल्डरसटमा मातृत्व र मातृभूमिको सम्मानमा आयोजित आमा सेमिनारमा च्यापटर घोषणा गर्दै खुला आकाशमुनी नेपालको सडकपेटी एवं सार्वजनिक स्थलहरुमा कष्टपूर्ण जीवनलाई उन्मुलन गर्ने र सडकपेटी खुला बनाउने योजना रहेको बताउनु भएको थियो। च्यापटरका पदाधिकारीहरुलाई आमा सेमिनारका प्रमुख अतिथि समेत रहनुभएका बेलायतका लागि नेपाली राजदूत महामहिम ज्ञानचन्द्र आचार्यले मनोनयन पत्र हस्तान्तरण पनि गर्नु भएको थियो। 

समितिले मानवसेवा आश्रमले लिएको लक्ष्य पुरा गर्न बेलायत निवासी मनकारी व्यक्तित्वहरुबाट सहयोग जुटाउने र मानवता प्रवर्धनका लागि मानवसेवा आश्रमले बेलायतमा गर्ने कार्यक्रमहरुको आयोजना र व्यवस्थापन गर्ने भयको हो। 

विगत ५ बर्षदेखी आश्रमका अभिभावक सुनिल बाबु खड्काले व्यक्तिगत प्रयास मै यी कार्यक्रमहरु गर्दै आउनुभएको थियो। यस अघि २०१८ मा समेत एक चरणको कार्यक्रम आयोजना भइ सकेको छ। 

२०८२ सालभित्रै नेपाललाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गरीसक्ने संकल्पलाई पुरा गर्न थप शशक्त भई अभियानका कार्यक्रमहरु आयोजना गर्नुपर्ने भएको र यस वीचमा आयोजना भएका कार्यक्रमहरुबाट आश्रमलाई अत्यन्त माया गर्ने व्यक्तिहरु समेत जोडीनु भएकोले च्यापटर गठन गरिएको मानवसेवा आश्रमका प्रमुख संस्थापक एवं केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताउनुभयो । 

बेलायतमा यो कार्यक्रम समाप्त भएसंगै गोरखा समाज अस्ट्रेलियाको आयोजनामा फेबु्रअरी १३ देखी मार्च १३, २०२४ सम्ममा अस्ट्रेलियामा आमा कार्यक्रम प्रस्तुत हुने योजना रहेको पनि बताउनु भयको छ।मानव  सेवा आश्रम बेलायतका  संयोजक खड्काको अनुसार बेलायती समाजसेवीहरुबाट यो अभियानमा एक करोड सहयोग प्राप्त भयको समेत जनाउनु भयको छ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?