Friday May 03, 2024

तमुधीं यूके लण्डन इकाईको १६औं बर्षिक ऊत्सव जुम मार्फत भब्यताका साथ सम्पन्न

१४ आश्विन, २०८० शीतलपाटीन्युज डटकम। 1494


तमुधीं यूके लण्डन इकाईको १६औं बर्षिक ऊत्सव जुम मार्फत भब्यताका साथ सम्पन्न

शीतलपाटीन्युज डटकम।

तमुधीं यूके लण्डन इकाईले अध्यक्ष बिष्णु गुरुड•को अध्यक्षतमा भर्चुअल जुम बैठकबाट १६औं बार्षिक जन्म ऊत्सव भब्यताको साथ मनायो। वेलायती नेपाली डायस्पोरा मध्य कै प्रतिष्ठित संस्था तमूधीं यूकेको नेतृत्वमा अंग्रेजी मिति ३० September २००७ सालमा स्थापना भएको तमुधीं यूकेको अभिन्न शाखा हो तमुधीं लण्डन इकाई।

तमुधीं यूकेको वेलायत भरि सातवटा इकाईहरु मध्य लण्डन इकाई जेष्ठ र अभिन्न इकाईको रुपमा रहंदै केन्द्रको बिधि बिधान र निति नियमको पालन गर्दै आईरहेको सर्वबिधित नै छ।बिधानता लण्डन पश्चिम क्षेत्र वरपरा बसोबास गर्दै आईरहनु भएको समस्त गुरुड•हरुलाई समेट्ने गरि एकिकृत हुने हेतु राखी  समाजमा भई परि आईरहने शुखदुःखमा तमुधीं यूकेकै प्रतिनिधित्व रहने ऊदेश्यले स्थापना गरिएको संस्था हो तमुधीं लण्डन इकाई।बिदेश भूमीमा रहे पनि आफ्नो पहिचान धर्म सॅंस्कृति,भाषा, रितिरिवाज र परम्पराहरुको जगेर्ण गर्न त्यतीकै सकृय र तल्लिन छ।

तमुधीं यूकेको प्रमुख कार्यक्रमहरु जस्तै गोर्खा कप,नेपाली मेला,कल्यार्णकारी परोपकारी आजीवन रात्रीभोज तथा प्रमुख चार्ड ल्होछार कार्यक्रमहरुमा सकृयताको साथ अनवरत खट्दै सहयोगी र साथ दिंदै आईरहेको छ।

ति बाहेक अनगिन्ती सामाजिक सेवाको धेरै ऊदहरणहरु पनि छन!जस्तै मातृभूमी नेपालको केही स्थानिय गाऊॅंहरुमा दैबिक प्रकोपले ठूलो क्षेती पूर्याऊॅंद २४ घण्ट भित्र राहत पूर्याएर सहयोग अर्पण,कोविडको महामारीले बिश्व आतंकित भईरहंदा मातृभूमीको लागि  तमुधीं युकेको पहलमा कनसनट्रेटर पठाऊनमा पनि त्यतिनै सकृय रहेको ईकाइका महासचिव रक गुरुड•ले स्मरण गराए।

तर यतिवेला भने भर्चुअल जुम बैठक गरि शुभकामना सन्देशहरु ब्यक्त गर्दै भावीदिनहरुमा लण्डन इकाईलाई कसरी संगठित र सकृय गर्न सकिन्छ भन्ने सल्लाह सुझावहरुको साथ शुभकामना मनतब्यमा तमुधीं यूकेका संस्थापक अध्यक्ष मिन प्रसाद गुरुड•,प्रमुख संरक्षक खुशीमान गुरुड•को शुभकामना सन्देश बाचन गरि महासचिव गुरुड• ले सबैलाई सुनाए। तमुधीं यूकेका संस्थापक अध्यक्ष फेशबुकवालमा लेख्दै तमुधीं लण्डन इकाईलाई १६औं जन्म ऊत्सवको हार्दिक शुभकामना तथा बधाई।र तमुधीं यूकेको रिदम खम्बा हौं। सॅंधै यसरी नै साथ र सकृय रहनु भन्ने शुभकामना दिनु भयो।त्यसै गरि  काऊन्सिलर तथा पूर्व ऊपा-मेयर लक्ष्य बहादुर गुरुड•ले कविता सैलीबाट शुभकामना अर्पण गर्नु भयो।

इकाईका ट्र्ष्टिज तथा चार भन्ज्याडं गुरुड•समाज यूकेका संस्थापक अध्यक्ष ले.रि. नारायण प्रसाद गुरुड०,ट्रष्टिज क्या.रि.प्रेम बहादुर गुरुड•,ट्रष्टिज एवं पूर्व अध्यक्ष बरिष्ठ समाजसमास्वी  डेबिड गुरुड•,ट्रष्टिज एवं,तमुधीं यूकेका कोषअध्यक्ष डिलमाय गुरुडं,चार भन्ज्याडं यूकेका अध्यक्ष बेन कुमार गुरुड•,इकाई आमा समुह अध्यक्ष श्रीमती कमला गुरुड•,ऊपाअध्यक्ष देवकला गुरुड•,ऊपाध्यक्ष बिनु गुरुड•,ललितमान गुरुड•,भरत गुरुड• मिडिया सचिव शुसील गरुड•लगायत  ऊपस्थित ३८ जना पदाधिकारी ज्यूहरुले शुभकामना मनतब्य ब्यक्त गर्नु भयो।

तमुधीं लण्डन इकाईका अध्यक्ष बिष्णु गुरुड•सॅंग पडंतीकारले जीज्ञाष राख्दै भर्चुवलमा नै किन? खुशीयाली मनाऊनु भयो भन्ने प्रश्नमा ऊहां भन्नु हुन्छ।बिधिवत रुपमा भौतिक रुपमा हामीले हरेक बर्षको बार्षिक ऊत्सव मनाऊनु पर्ने हो।तर यो जातीय संस्था भएको हुनाले पनि हाम्रो प्रमुख चार्ड ल्होछार पर्व सॅंग मनाऊॅंदै आईरहेको हाम्रो प्रणाली तथा चलन भएको हुनाले पनि यसो गरिएको हो।

यसैमा तमुधीं लण्डन इकाईको अध्यक्ष हुंदा गर्व गर्नै धेरै ठाऊॅंहरु छन। तर एऊटा छुटाऊनै नहुने र सबैको स्मरणको लागि! तमुधीं युकेबाट हरेक बर्ष अर्पण गरिने “तमु आदर्श ऐवार्डबाट” सम्मानित ब्यक्तित्वहरु पनि धेरै जना लण्डन इकाईका अग्रज तथा मान्यजनहरु हुनुहुन्छ। यो सम्झिदा राम्रो  निस्वार्थ अनि  प्रतिष्ठित संस्थाको अध्यक्ष गर्न पाऊनु अवसरको रुपमा लिएको बताऊनु भयो। बैठकमा गत सेप्टेम्वर १६ तारिक नेपाली महिलाहरुको चार्ड तीज कार्यक्रम भब्यता पूर्वक सम्पन्न पश्चात कार्यक्रमको समिक्षा पनि गरिएको थियो।

कार्यक्रम संयोजक आमा समुह ऊपाध्यक्ष बिनु गुरुड•,सह-संयोजक सृष्टी गुरुड• अध्यक्ष कमला गुरुड•लगायत सम्पूर्ण आमा समुहलाई बधाई दिएका थिए। तीज कार्यक्रम ऐतिहासिक ऊदाहरणीय रहेको भन्दै इकाईको आऊॅंदो कार्यक्रमहरु जस्तै तिहारमा देऊसी भैलो,प्रमुख चार्ड ल्होछार  पनि यसै गरि सफल हुनेमा बिश्वस्त रहनु पर्ने बताए।

आऊॅंदो नोभेम्वर १२ तारिक सडवरी हिल पोष्ट अफिसको प्रेक्षलयमा देऊसी भैलो कार्यक्रमको लागि ऊत्साहित हुंदै अधिकारीक निमन्त्रण छिट्टै पठाईने बताऊनु भयो। कार्यक्रम संचालन सचिव रक गुरुड•ले गरेका थिए।

स्वागत मनतब्य बरिष्ठ ऊपाध्यक्ष ललितमान गुरुड•ले गर्नु भएको थियो। औपचारिक कार्यक्रमको प्रारम्भमा १६ औं बार्षिक जन्म ऊत्सवमा आधरित भावनत्कमक र मर्म स्पर्शी कबिता बाचन गरि कार्यक्रम संचालन गरेका थिए।अन्तमा ऊपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै अध्यक्ष बिष्णु गुरुड•ले बैठकको समापन गर्नु भएको थियो।

 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?