Saturday May 11, 2024

फिलिपिन्समा नेपाल झल्काउँदै विमला बुढाथोकी

२० आश्विन, २०८० शीतलपाटीन्युज डटकम। 1737


फिलिपिन्समा नेपाल झल्काउँदै विमला बुढाथोकी

शीतलपाटीन्युज डटकम।

लण्डन।फिलीपिन्समा भयको ४६औ मिसेस युनिभर्स २०२३ को प्रतियोगितामा विमला बुढाथोकी नेपाललाई विश्वभर चिनाउने प्रयासमा नेपाली पोशाकमा सजिएर प्रस्तुत भएकी छन्।

नेपालको तर्फबाट ‘मिसेस युनिभर्स २०२३’ को प्रतिनिधित्व गर्दै मनिलामा भइरहेको मिसेस युनिभर्समामा आज भएको प्रिइलिमिनेशन राउन्डमा उनले नेपालीपन झल्काउने पहिरनमा उपस्थित भएकी हुन्।

अक्टोबर १ तारिखबाट भोलि ८ तारिखसम्म हुने ४६औं मिसेस युनिभर्स प्रतियोगितामा बेलायत निवासी विमला नेपालको प्रतिनिधित्व गर्दै फिलिपिन्स पुगेकी हुन्। आज राती सेमी फाइनल तथा नेशनल कष्टम राउण्डको प्रतियोगिता हुदैछ।

नेपालको प्रतिनिधित्व गर्न पाएकोमा गौरव गर्दै आफूले फिलिपिन्स पुगेदेखि नै नेपाल र नेपालीलाई चिनाउने प्रयत्नमा लागेको विमलाले बताइन्।

प्रतियोगितामा सहभागिता जनाउन आउनेहरुलाई नेपाली सामाग्रीहरु कोसेली स्वरुप प्रदान गर्दै नेपाल भ्रमणमा आउन निमन्त्रणा समेत दिएको उनले बताइन्।

विश्वभरका दर्जनौं मिसेस सुन्दरीहरुको सहभागिता रहेको ‘मिसेस युनिभर्स २०२३’ को ग्राण्ड फिनाले भोलि आइतबार हुदैछ। लन्डन फेसन हाउसले बेलायतमा आयोजना गरेको ‘कोरोनेसन नाइट’ मा विमलालई  मिसेस नेपाल युनिभर्स २०२३ घोषणा गरेको थियो।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?