Tuesday May 07, 2024

राजदुत आचार्य र प्रहरी महानिरीक्षक कॅुवर बीच नेपाली राजदुताबास लण्डनमा भेटबार्ता

२६ आश्विन, २०८० शीतलपाटीन्युज डटकम। 1498


राजदुत आचार्य र प्रहरी महानिरीक्षक कॅुवर बीच नेपाली राजदुताबास लण्डनमा भेटबार्ता

शीतलपाटीन्युज डटकम।

लण्डन। नेपाली राजदुताबास लण्डनका महामहिम राजदुत ज्ञानचन्द्र आचार्य र नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्त बहादुर कुंवरको टोलीसंग नेपाली राजदुताबास लण्डनमा भेट बार्ता भयको छ। प्रहरी महानिरीक्षक कुंवरको नेतृत्वमा नेपाल प्रहरीका चार बरिष्ठ प्रहरी अधिकृतहरुको टोली बेलायत सरकारको निमन्त्रणामा असोज २२ देखि असोज २६ गतेसम्म आयोजना हुने "Integrated Programme For Strengthening Security And Justice (Phase 2)  बिषयक कार्यक्रममा सहभागी हुनका लागि आएको हो। यस पुर्व प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको कार्यकालमा Phase 1 कार्यक्रम भयको थियो।

उक्त टोलीमा प्रहरी महानिरीक्षक बसंन्त बहादुर कुंवर,प्रहरी नायव महानिरीक्षक बिष्णु कुमार केशी,प्रहरी बरिष्ठ उपरिक्षकद्वय दान बहादुर कार्की र शेखर खनाल सम्मीलित रहनु भयको छ। नेपालमा UNOPS संग शुरुवात गरीएको योजना अन्तर्गत नेपाल प्रहरी र बेलायत प्रहरीका उच्च अधिकारीहरुसंग सुरक्षा,अनुसन्धान, न्यायका बिषयमा भेटघाट तथा अनुभव आदान प्रदान गर्ने उदेश्यले कार्यक्रममा सहभागी हुन बेलायत आएको हो।

प्रहरी महानिरीक्षक कुंवर र नेपाल प्रहरीका बरिष्ठ अधिकृतहरुले मेट्रोपोलिटन पुलिस न्यु स्कटलैण्ड यार्डका डिपुटी एसीसटैन्ट कमिस्नर वार्ड,FCDO Office का स्टफेन ओटर,UNOPS कन्सल्टेन्ट सिसीलिया डन्सटर,नेसनल क्राईम एजेन्सी (NCA),कलेज अफ पुलिसीङ, क्यामब्रिजसायर पुलिस थ्रेट एससमेन्ट टीम,क्यामब्रिजसायर पुलिस VAWG टीमसंग भेटघाट र छलफल कार्यक्रम हुदै रहेको छ। भेटघाटका अवसरमा आपसी समन्वय,हित तथा सहयोग आदानप्रदान गर्ने बिषयमा छलफल समेत भै रहेको जानकारी प्राप्त भयको छ।

ग्रीनविच पुलिस बरो कमान्ड पुलिस स्टेसनको समेत गत मंगलवार अबलोकन र अध्ययन भ्रमण गरियको कार्यक्रममा ग्रीनविच बरो काउन्सीलले पाउनाहरुलाई स्वागत र सम्मान गरेको थियो। नेपाली ब्रिटीष नागरीक जीत रानाभाट उपमेयर रहेको सो बरो काउन्सीलमा नेपालीहरुको घना बस्ती रहेको छ। 

साथै महामहिम राजदुत आचार्य र प्रहरी महानिरीक्षक भेटघाट कार्यक्रममा नेपाली राजदुताबासको डिपुटी चिफ मिसन रोसन खनाल,द्वितिय सचिव रामबाबु नेपाल,तृतिय सचिव गजेन्द्र राईका साथै नेपाल प्रहरीबाट काउन्टर टेरोरीजममा मास्टर्स गर्न बेलायत अध्ययनमा रहेका प्रहरी उपरिक्षक प्रकास रानाभाट,पुर्व डिएसपी बाचस्पति रेग्मी, पुर्व डिएसपी शिबजी श्रेष्ठ, समाजसेबीहरु डा मीन रानाभाट र CA पदम आचार्यको उपस्थिती थियो।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?