Saturday May 04, 2024

नेप्लिज एसोसिएसन अफ विल्सायरले बेलायतको संसद भवन भित्र रहेको हाउस अफ कमन्सको टेरेस पेभीलियन हलमा बडा दसैँ मनायो

१० कार्तिक, २०८० शीतलपाटीन्युज डटकम। 1418


नेप्लिज एसोसिएसन अफ विल्सायरले बेलायतको संसद भवन भित्र रहेको हाउस अफ कमन्सको टेरेस पेभीलियन हलमा बडा दसैँ मनायो

शीतलपाटीन्युज डटकम।

लन्डन । बेलायतको स्वीन्डनमा बसोबास गरेका नेपालीहरुको संस्था नेप्लिज एसोसिएसन अफ विल्सायरले बेलायतको संसद भवन भित्र रहेको हाउस अफ कमन्सको टेरेस पेभीलियन हलमा बडा दसैँ मनाएको छ। 

२६ अक्टोबर २०२३ बिहीवार लण्डन स्थित हाउस अफ कमन (House of Common) मा स्विनडेन युके बसोबास गरेका नेपालीहरुले दशैंलाई विशेष रुपमा मनाएको हो। बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य प्रमुख अतिथी रहेको सो बडादशै कार्यक्रममा राजदुतबाट शुभकामना आशीर्वाद लिई बडा दसैँ मनाइएको कुरा विल्साएर नेपाली कम्युनिटीका अध्यक्ष ज्ञान गुरुड्गले बताउनु भयको छ। प्रमुख अतिथी नेपाली राजदूत आचार्यले संसद भवनको यो हलमा ठुलो नेपाली पर्ब दशै मनाउन पाउनुले नेपाली रितिरिवाज र कला संस्कृतिलाई नेपाल र बेलायतबीचको सम्बन्धमा थप प्रगाढ बनाउन मद्दत गरेको बताउनु भयको थियो।

संस्थाका अध्यक्ष ज्ञान प्रसाद गुरुङ्गको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख संयोजकमा विल्सायर स्विनडेन क्षेत्रबाट बेलायतको संसदमा प्रतिनिधित्व गर्ने सांसद सर रोवर्ट वुकल्याण्ड (Sir Robert Buckland) रहेका थिए। कार्यक्रम संयोजक सांसद रोबर्टले नेपाली बडादशैँ तथा‌ शुभदिपावलीको सुखद उपलक्ष्यमा शुभकामना दिदै स्वीन्डनमा बसोबास गर्ने नेपाली समुदायले महत्वपूर्ण सेवा दिइरहेको भन्दै प्रशंसा गरेका थिए।

बेलायतको हाउस अफ कमनमा दशै मनाउनको लागि स्वीकृति पाउनु नै नेपालीका लागि गर्वको कुरा हो“संस्थाका अध्यक्ष ज्ञान प्रसाद गुरुङ्गले शीतलपाटीन्युजका प्रमुख सम्पादक बाचस्पति रेग्मीलाई खुसी हुदै बताउनु भयो। बेलायतको संसद भवन भित्र रहेको कार्यक्रम हल बुक नेपाली कला-संस्कृती र रितीरिवाजसंगै नेपालीहरुको महान चाड मनाउन पाउनु नै महत्वपूर्ण कुरा रहेको उहा अध्यक्ष गुरुड्गले बताउनु भयको थियो। बेलायतको संसद भवनमा नेपालीहरुको महान चाड दसैं मनाउने अवसर कन्जरभेटिव पार्टिका सांसद रोवर्ट वुकल्याण्ड तथा युवा व्यवसायी एवं समाजसेवी रबिन्द्रजंग लामिछानेको सहयोग रहेको समेत अध्यक्ष गुरुड्गले बताउनु भयो।

महत्व र सुरक्षाका दृष्टिकोणले अति उच्च सुरक्षा राख्न पर्ने स्थानको रुपमा लिइने हाउस अफ कमन्समा आफुहरुले यो सुवर्ण अवसर पाएकोले यसपालीको दशैं थप विशेष,अविस्मरणिय र ऐतिहासिक भएको संस्थाका उपाध्यक्ष राजन मल्लले बताए।

संस्थाका सल्लाहकार विज्ञान शर्माले संचालन गरेको कार्यक्रममा लन्डन दूतावासका द्वितीय सचिव रामबाबु नेपाल,लन्डन बरो अफ बार्नेटका काउन्सिलर लक्ष्य बहादुर गुरुङ,युवा व्यवसायी एवं समाजसेवी रबिन्द्रजंग लामिछाने,आइएमई लन्डनका प्रमुख कमल पौडेल,लगायत नेपाली संघसंस्थाका प्रतिनिधिको सहभागीता थियो। लण्डन नेपालन्युजका प्रधान सम्पादक शिव भण्डारी,शीतलपाटीन्युजका प्रधान सम्पादक बाचस्पति रेग्मी उपस्थित रहेको सो कार्यक्रममा लण्डन नेपालन्युजले लाईभ प्रसारण गरेको थियो।

सो कार्यक्रममा नेपाली कला-संस्कृती झल्कने गीत,संगीत,नृत्य लगायत स्वादिष्ट भोजनको ब्यवस्था गरिएको थियो। कार्यक्रममा संस्थाकी सचिव जेनिशा थापा,शिक्षा पौडेल,बिनिता थापाले उत्कृष्ट नृत्य प्रस्तुत गरेका थिए। हाउस अफ कमन्सको करिडर पेभिलियनमा भएको सो कार्यक्रममा बग्दै गरेको शहरको बिचको थेम्स नदी, गुडी रहेको पानी जहाजहरु,लण्डन आईको दृश्यमा उपस्थिति सयौ पाहुनाहरु रमाएको र भब्य रुपमा सम्पन्न भएको आयोजकहरुले जनाउनु भएको थियो।

कार्यक्रममा नेपलिज एसोशियसन अफ विल्सायरका अध्यक्ष ज्ञान प्रसाद गुरुङ,उपाध्यक्षहरु राजन मल्ल, तारा लिम्बु,महासचिव जेनिसा थापा,कोषाध्यक्ष चिज बहादुर गुरुङ,खाना व्यवस्थापक तिल मगर,महिला संयोजक रुपा गुरुङ,संस्कृती संयोजक गौरी माया गुरुङ,जेष्ठ नागरिक संयोजक प्रेम सिंह गुरुङ, सल्लाहकारहरु विज्ञान शर्मा, हरिभक्त लिम्बु,देभेन्द्र श्रेष्ठ लगायत नेपाली समुदायका अगुवा तथा अन्य प्रतिनिधिहरुको उत्साहजनक उपस्थिति रहेको थियो।

(फोटो-शीब भण्डारी)

 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?