Saturday May 04, 2024

पुर्व गृहमन्त्री तथा रास्वपाका सभापती रबि लामीछानेसंग बेलायतको विभिन्न स्थानहरुमा खुल्ला अन्तर्कृया हुदै

१८ मंसिर, २०८० शीतलपाटीन्युज डटकम। 1458


पुर्व गृहमन्त्री तथा रास्वपाका सभापती रबि लामीछानेसंग बेलायतको विभिन्न स्थानहरुमा खुल्ला अन्तर्कृया हुदै

शीतलपाटीन्युझ डटकम।

लण्डन। आगामी १० डिसेम्बरमा बेलायत आउदै गरेका पुर्व गृहमन्त्री तथा रास्वपा का सभापती रबि लामीछानेले बेलायतको विभिन्न स्थानहरुमा खुल्ला अन्तर्कृया गर्ने भएका छन्। 

हालै मलेसियाको कार्यक्रमलाई सम्बोधन गरि कतारको दोहा पुगेका लामिछाने आगामी १० डिसेम्बर आईतवारका दिन बिहान ७ बजे लण्डनको हिथ्रो एयरपोर्ट मा अवतरण गर्नेछन्। सोही दिन प्रवास सम्पर्क समिती युकेका कार्य-समितीसङ्ग अन्तर्कृया गरि लण्डन लगायत आसपासका नेपाली बसोबासीहरुको क्षेत्रमा खुल्ला अन्तर्कृया गर्ने तय भएको छ। स्विण्डन स्थित  नेप्प्लिज एसोसियसन अफ वेल्सायार ( NAW) का अध्यक्ष ज्ञान प्रसाद गुरुङ्गका अनुसार डिसेम्बर १० कै दिन मध्याह ३ बजे लामिछानेले  नेपाली नामाकरण गरिएको  'अन्नपुर्ण मार्ग'को उदघाटन गर्नेछन्। गुरुङ्गका अनुसार नेपाली नामबाट बेलायतमा नामाकरण गरिएको यो  बाटो सम्भवत: पहिलो हुनेछ। स्थानीय राजनैतिक अगुवा लगायत अन्य विशिष्ट ब्यक्तिहरुको उपस्थीतीमा सो बाटोको नामाकारण सत्र पस्चात्  सोही साँझ नेप्प्लिज एसोसियसन अफ वेल्सायारले लामिछानेको लागि  एक औपचारीक स्वागत कार्यक्रमको आयोजना समेत गरेको छ। 

भ्रमणको दोश्रो दिन अर्थात डिसेम्बर ११ का दिनमा भने नेपालीहरुको बाहुल्यता रहेको मिडल्याण्डको बर्मिङ्गहममा खुल्ला अन्तर्कृया कार्यक्रम राखिएको छ। मिडल्याण्ड क्षेत्रको कार्यक्रम संयोजक तथा रास्वपा युके बिभागका महामन्त्री राजु कँडेलका अनुसार पार्टी सभापती लामिछाने बर्मिङ्हमको टिप्टन स्थित ' द लाउन्च बार एन्ड रेष्टुरेन्ट' मा मध्यान्ह १२ बजेदेखी ४ बजेसम्म हुने सो कार्यक्रममा उपस्थित नेपाली सहभागीहरुसङ्ग अन्तरकृया गर्नुका साथै  उठान भएका बिभिन्न  मुद्दाहरुलाई सम्बोधन समेत गर्ने छन्। 

त्यस्तै डिसेम्बर १२,मंगलवारका दिन साउथवेष्ट क्षेत्रको प्लमस्टिडमा अन्तर्कृया कार्यक्रमको आयोजना गर्न लागिएको सो क्षेत्रका संयोजक राम थापाले जानकारी दिनुभयो। बिहान ११ बजे देखि मध्यान्ह १ बजेसम्म हुने सो कार्यक्रमलाई सम्बोधन गरे पस्चात्   सोही दिन मध्यान्ह ४ बजे अल्डरशटको एम्पाएर हलमा 'बृहत् खुल्ला अन्तर्कृया' राखिएको छ । नेपालीहरुको जनघनत्व बढी रहेको अल्डरशट क्षेत्रलाइ 'मिनी-नेपाल' को रुपमा पनि चिन्ने गरिन्छ।  बहुजातिय र बहुधार्मिक नेपालीहरुको बसोबास रहेको अल्डरशटमा भने लामिछानेले स्थानिय हिन्दु मन्दिर र बौद्द मन्दिरको दर्शन गर्नुका साथै त्यहाँ बसोबास गर्ने केही नेपाली समुदायहरुसङ्ग अन्तरसंवाद र भलाकुसारी समेत गर्नेछन्। देशका अति  विकट गाउँको कुनाकन्दरामा पुगेर जनताहरुको  दु:ख सुखलाई नजिकबाट नियाल्न तल्लिन रहेका रबि लामिछानेले बेलायतमा पनि सम्भव भएसम्म नेपालीहरुकै घर आँगनमा पुग्ने इक्ष्या गरेको बताउँदै अल्डरशट क्षेत्रका कार्यक्रम संयोजक शान्ता बहादुर गुरुङ्गले सम्भव भएसम्म सोही अनुसारको भेटघाट तथा अनौपचारीक भलाकुसारीको तयारी समेत गरेको बताउनुभयो।  तत् पस्चात् भने ,सोही साँझ ५ बजे स्थानिय एम्पायर हलमा बृहत् अन्तर्कृया कार्यक्रमको आयोजना गरेको समेत संयोजक गुरुङले शितलपाटीलाई जानकारी दिनु भयो। 

'देशको ब्यवस्था होईन जनताकोअवस्था बदल्नु पर्छ' भन्ने मुल नारालाई अगाडि सारिरहेको रास्वपाले आगामी २०८४ को निर्वाचनलाई  'मिशन-८४' को लक्ष्य लिई आम जनतासमक्ष 'पार्टी होईन, एकपटकलाई भोट बदल्नुस् भन्ने आग्रह गर्दै आफ्नो पार्टिलाई ८४ पछिको एकलौटी सरकार निर्माणमा सहयोग गर्न अग्रह गर्दै आईरहेको छ । पार्टिको स्थापना भएको १ बर्ष नपुग्दै २१ जना सांसद् सहित देशकै चौथो दलको रुपमा स्थापित रास्वपाका सभापती लामिछाने यतिखेर देशको दुरदराजका जनताहरुसङ्ग घरदैलो गरेपस्चात् बिदेशमा रहेका प्रवासी र गैर्‍ह  अवासिय नेपालीहरु समक्ष आफ्नो राजनैतिक एजेन्डालाई फैलाउने अभियानमा लागेका छन् । गत डिसेम्बर ३ का दिन देखि मलेसियाबाट बिदेश अभियानको सुरुवात गरेका उनी कतार हुँदै बेलायत छिर्न लागेका हुन् । बेलायतमा रहेका नेपालीहरुको जल्दाबल्दा मुद्दाहरुलाई संकलन गरि आफ्नो पार्टिको भावी  कार्ययोजनामा समाबेश गराउने हेतुले आफ्ना केन्दिय सहकोषाध्यक्ष दिपक बोहरा सहित बेलायत आउँदै गरेका लामिछानेले भ्रमणका क्रममा यहाँका उच्च राजनैतिक ब्यक्तित्वहरुसङ्ग भेटघाट तथा छलफल गर्नुका साथै नेपाली राजदुतावासमा समेत छोटो बैठक गर्न लागेको प्रवास नेपाली सम्पर्क बिभाग युकेका सभापती पवन शर्माले बताउनु भयो।  यतिखेर नेपालको राजनैतिक बृत्तमा बैकल्पिक शक्तिको रुपमा उदाएको रास्वपा प्रती देश-बिदेशमा रहेका सम्पुर्ण नेपालीहरुले ठूलो आशा र भरोसा राखेको र बेलायत निवासी नेपालीहरुको ठूलो जमातले शभापती रबि लामिछानेसङ्ग गैर्‍ह आवासिय नेपालीहरुको समसामयिक सवालहरुमाथी प्रत्यक्ष रुपमा अन्तर्कृया गर्न चाहे बमोजिमनै यो भ्रमणको आयोजना गर्न लागिएको सभापती शर्माले बताउनु भयो। शर्माका अनुसार,रास्वपा सभापतीको यो भ्रमणले रास्वपा कस्तो पार्टी हो? यसले अंगिकार गर्ने आर्थिक निति के हो ? जनजीविकाका सवालहरुमा र नीतिगत विषयमा यसको धार के हो? अहिलेको ब्यवस्थाका बारेमा रास्वपाको दूरगामी दृष्टिकोण के हो? भन्ने कुराको क्लियर सन्देश प्रवाह गर्नुका साथै बेलायतका भुपु गोर्खाहरुका मुद्दामा यसले नेपालको संसद र सरकार समक्ष कस्तो आवाज़ पेश गर्न सक्छ?  र  गैर्‍ह आवासिय नेपालीहरुको नागरिकताका विषयमा यसले कस्तो नीति अंगाल्दा उपयुक्त होला ? भन्ने सुझावलाई  प्रेषित गर्न समेत ठूलो मद्दत पुग्ने आशा गरिएकोछ। यो भ्रमणलाई कुनै एक राजनैतिक दल विशेषको भ्रमणको रुपमामात्रै नहेरी एउटा उदयीमान युवा नेतृत्वले बिदेशमा रहेका नेपालीहरुको जनभावना बुझ्नको लागी तय गरेको 'यात्रा'को रुपमा बुझिदिन आग्रह गर्दै सभापती शर्माले  उक्त अन्तर्कृया कार्यक्रमहरुमा प्रत्यक्ष सहभागी भएर आफ्ना  जिज्ञासा सुझावहरुलाई पार्टी शभापती समक्ष खुला रुपमा प्रस्तुत गरिदिन आम नेपालीसमुदाय,विभिन्न राजनैतिक ब्यक्तित्व,समाजसेवी, बुद्दिजिवी र विद्यार्थी बर्गमा हार्दिक आग्रह समेत गर्नु भयो।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?