Thursday May 02, 2024

वेल्समा दशैं तिहार शुभकामा सांझ भब्य रुपमा सम्पन्न

१९ कार्तिक, २०८० शीतलपाटीन्युज डटकम। 1312


वेल्समा दशैं तिहार शुभकामा सांझ भब्य रुपमा सम्पन्न

शीतलपाटीन्युज डटकम।

वेल्स,युके, ०४ नोभेम्बर २०२३ - नेपाली समाज वेल्स यूकेको आयोजनामा दशैँ तिहार शुभकामा सांझ भब्य रुपमा सम्पन्न भएको छ। नेपालीहरुको महान पर्वहरु दशैँ र तिहारको बिचमा पारेर आयोजना गरिएको यस शुभकामना आदान प्रदान सांझमा वेल्सका विभिन्न क्षेत्रहरुबाट उल्लेख्य मात्रामा सहभागिता रहेको थियो। 

नेपाली समाज वेल्स यूकेकी सचिब श्रीमती शोभा राणा पोखरेलले उपस्थित सम्पूर्णमा स्वागत गर्दै शुरु गर्नु भएको उक्त कार्यक्रमा संस्थाकी अध्यक्ष श्रीमती लक्ष्मी केसीले पानसमा दिप प्रज्ज्वलन गरि कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो। 

सचिब शोभा राणा पोखरेलले नेपालीहरुको महान पर्ब दशैँ हामी सबैको घर आंगनबाट बिदा भई सकेको, र ढिलै भएपनि बडा दशैँको शुखद उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्दै दुर्गा भवानीले हामी सबैको रक्षा गर्नुहुनेछ भन्ने शुभेक्षा व्यक्त गर्नु भयो। साथै नजिकिदै गरेको अर्को महान पर्ब तिहार तथा भाई टिकाको शुखद उपलक्षमा हार्दिक शुभकामना ब्यक्त गर्दै  सम्पूर्णमा शुख शान्ति एबं सम्ब्रिद्दिको कामना गर्नुभयो। 

नेपाल तथा वेल्सको राष्ट्रिय गानले हलमा उपस्थित सबैको जन्म भुमि र कर्म भुमि प्रतिको मायां अझै प्रगाड बनाएको थियो।

कार्यक्रममा, हालसालै नेपालको जाजरकोट र रुकुममा गएको भुकम्पबाट भएको धन जनको क्षति प्रति दुख प्रकट गर्दै उक्त क्षति प्रति हार्दिक समबेदनाका साथ मौन धारण गरिएको थियो। 

संस्थाकी अध्यक्ष श्रीमती लक्ष्मी केसीले उपस्थित सम्पूर्णमा शुभाकामना संदेश दिदै नेपालीहरुको महान चाड दशैँको महत्वबारे प्रकाश पार्दै दशैँले हामी सबैको जीवनमा हर्ष र उल्लासका साथ जीवनको हर पाईलामा सफता मिलोस भन्दै ढिलै भएपनि दशैको शुभकामना व्यक्त गर्नुभयो। त्यस्तै गरि हामी सबैको सामु आउंदै गरेको दोश्रो महान चाड शुभ दिपावलीको शुखद अबसरमा शुख शान्ति एवं सम्ब्रिद्दिको कामना गर्नुभयो। 

अध्यक्ष केसीले कार्यक्रममा व्यापक सहभागिताको लागि धन्यवाद ज्ञापन गर्दै उपस्थित सबैलाई संस्थाप्रति देखाउनु भएको मायां प्रति खुशी व्यक्त गर्नुभयो। संस्थाले आफ्ना सदस्यहरुको आवश्यक सुझाब अनुरुप कार्य गर्न प्रयास गर्ने हुंदा कुनै शुझाबहरु भएमा संस्थालाई उपलब्ध गराउन र आवश्यक परेमा समन्वय र सहकार्य गर्न समेत अनुरोध गर्नु भयो। त्यस्तै गरि संस्थाको सफलताको लागि प्रतेक सदस्यहरुको उत्तिकै भूमिका रहने हुंदा, संस्थाप्रतिको मायां र सद्भाब अझै मजबुत बनाउदै संस्थालाई मायां गर्दै जान उपस्थित सबैमा हार्दिक अनुरोध गर्नुभयो। 

कार्यक्रमको अर्को चरणमा स्थानीय कलाकारहरु बाट सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो। कलाकारहरु रालु अभ्लोनितिस, लक्ष्मी श्रेष्ठ, मेग्नोन रेग्मी र प्रदिप सुबेदीले दमदार प्रस्तुति दिनुभएको थियो। 

कार्यक्रममा नेपाली समाज वेल्स, यूकेको नयां सदस्यहरुको परिचय कार्यक्रम रहेको थियो। नेपाली समाज वेल्स यूके परिवारमा जोडिदै संस्थाको सुख दुखमा साथ दिने प्रणका साथ नेपाली समाज वेल्स परिवारमा सामेल हुनेहरु प्रति  संस्थाले हार्दिक आभारका साथ खादा ओडाएर स्वागत गरिएको थियो। नयां सदस्यहरुको नामावली निम्नानुसार छ: श्रीमान् श्रीमती  संजिव मैनाली, श्रीमान् श्रीमती राजन पाण्डे, श्रीमान् श्रीमती ईन्दिरा लुइंटेल, श्रीमान् श्रीमती प्रेम भण्डारी, श्रीमान् श्रीमती ईस्वर काफ्ले, श्रीमान् श्रीमती डा थानेश्वर पाण्डे र श्री राम दत्त मिश्र।  

त्यस्तै गरि संस्थालाई विभिन्न काल खण्डमा निस्वार्थ भावनाले सहयोग गर्नुहुने बिशेष सहयोगीहरुलाई संस्थाले सम्मान गरेको थियो। बिशेष सहयोगीहरुको रुपमा सम्मान पाउने व्यक्तित्वहरुमा श्री शालिकराम काफ्ले, श्री बाबुराम खनाल, श्री प्रेम भण्डारी, श्री सुर्य ढकाल र श्री डा जीवन केसी हुनुहुन्थ्यो। 

संस्थाकी आजीवन सदस्य श्रीमती चन्द्र कुमारी गुरुङ मृत्युको मुख बाट बंचेर आउन सफल हुनु भएकोमा संस्थाले दोसल्ला ओडाएर सु स्वास्थ्य एवं दिर्गायुको कामना गरेको थियो। दिपावलीको अबसरमा नेपालको झझल्को दिने गरि देउसी भैलोको समेत आयोजना गरिएको उक्त कार्यक्रममा उपस्थित सबै देउसी भैलोमा सहभागी हुंदै रम्नु भएको थियो। 

कार्यक्रममा संस्थाका कोषाध्यक्ष सन्जिब मैनालीको जन्मोत्सव परेकोले उहांलाई शुभ जन्मोत्सवको कामना गरिएको थियो।कार्यक्रमको अन्तमा, सह सचिब डा बिकाश रानाभाटले कार्यक्रम सफल बनाउन सहयोग पुर्याउनुहुने सम्पूर्ण सदस्य, तथा शुभ चिन्तकहरुलाई हार्दिक धन्यवाद तथा कृतज्ञता ज्ञापन गर्दै कार्यक्रमको समापन गर्नु भएको थियो।   

 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?