Saturday December 02, 2023

महन्त

२२ कार्तिक, २०८० शीतलपाटीन्युज डटकम। 1096



शीतलपाटीन्युज डटकम।

लन्डन। बेलायतस्थित नेपाली समुदायका सामाजीक अभियन्ता महन्त श्रेष्ठ बेलायती राजाबाट प्रतिष्ठित ‘ओबीइ’ले सम्मानित भएका छन्। उहाले बेलायतमा रहेर सामाजिक सेवामा पुर्‍याएको योगदानको कदर गर्दै बेलायती राजा चार्ल्स द्वितीयबाट बुधबार ‘ओबीइ’ पदकबाट सम्मान  गरिएको हो। बुधबार बकिङहम प्यालेसमा आयोजित एक विशेष समारोहमा श्रेष्ठले उक्त सम्मान ग्रहण गरे।

नेपाली राष्ट्रिय पोशाकमा सजिएर पदक थाप्न गएका श्रेष्ठले यो सम्मान समस्त नेपालीको भएको बताउंदै आजको दिन आफ्नो जीवनकै विशेष भएको बताएका छन। बकिङहम प्यालेसमा श्रेष्ठ दम्पत्ति र सफल व्यवसायी तथा सामाजिक अभियन्ता रविन्द्र जंग लामिछाने पनि उपस्थित थिए। बेलायतमा राज्य स्तरबाट प्रदान हुने यो प्रतिष्ठित सम्मान यसअघि पनि नेपालीहरुले प्राप्त गरेका छन्।

श्रेष्ठ एनआरएनए यूकेका संस्थापक अध्यक्ष एवम् नेपाल पर्यटन बोर्डका मानार्थ प्रतिनिधि पनि हुन्। पासा पुच गुठी यूके ट्रष्टीको अध्यक्ष,लन्डन चेम्बर अफ कमर्सको सदस्य,ब्रिटेन नेपाल चेम्बर अफ कमर्स 
(बीएनसीसी) को उपाध्यक्ष,साउथहल राम मन्दिरको ट्रष्टी र स्थानीय मेयर च्यारिटीको कमिटीमा रहेर काम गरिसकेका उहा इलिङ चेम्बर अफ कमर्सको पूर्व अध्यक्ष पनि हो। उहाको लण्डन इलिङमा ८० को दशकमा खुलेको ‘मन्टिज रेस्टुरेन्ट’ छ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?