Saturday February 08, 2025

मौलिक संस्कृतिलाई समेटेर “मन त बुढो हजुर हुन्न रैछ नि” बोलको कौडा गीत हालै सार्वजनिक

२८ कार्तिक, २०८० शीतलपाटीन्युज डटकम। 1691


मौलिक संस्कृतिलाई समेटेर “मन त बुढो हजुर हुन्न रैछ नि” बोलको कौडा गीत हालै सार्वजनिक

शीतलपाटीन्युज डटकम।

काठमाडौ- गीतकार सुकबहादुर गुरुङ आफैँमा सरल जनमानसको भाषालाई उनेर उत्कृष्ट गीत लेख्ने सर्जक हुन् । उनले मौलिक संस्कृतिलाई समेटेर “मन त बुढो हजुर हुन्न रैछ नि” बोलको कौडा (चुट्का) गीत हालै सार्वजनिक गरेका छन्। 

उनी आफ्नो सांगीतिक यात्रामा धेरै सुगम आधुनिक गीतहरु दिइसकेका स्रष्टा हुन् । महसुस -१, महसुस -२ गीति एल्बमका साथै धेरै ख्यातिप्राप्त गायक गायिकाहरुले उनको गीतमा स्वर भरेका छन्।  

उनले यो पटक मौलिक संस्कृतिलाई अनुभूत गराउने कौडा गीतलाई महसुस-३ मा समेटेका हुन् ।

“मन त बुढो हजुर हुन्न रैछ नि” गीतमा गीतकार गुरुङले सबैको जीवनमा घटिरहने तथा मानव अन्तरमनको भावनालाई गीतमार्फत मिठो शैलीमा प्रस्तुत गरेका छन्। जसमा चर्चित गायक राजेशपायल राई, चर्चित गायिका तारा श्रीस मगर लगायतको मिठो स्वरले सजिएको छ । 

कौडामा आधारित गीतमा कुशल गायक तथा संगीतकार रामकुमार गुरुङ (आरके) को संगीत छ । मनाङ गुरुङले निर्देशन गरेको भिडियोमा सन्तोषी गुरुङको रोचक नाचको कोरियोग्राफ छ। भिडियोमा गुरुङ फिल्मका वरिष्ठ कलाकार माओत्से गुरुङ र राजनी गुरुङको सशक्त अभिनय छ। 

छायांकार नवराज उप्रेती छन् भने विष्णुहरि तिमल्सिनाले भिडिओ सम्पादन गरेका छन् । भिडियोमा गुरुङ संस्कार संस्कृति झल्किने पोशाकसहित तमु समाज तनहुँ काठमाडौंका आमाबाबा संलग्न छन् ।

(नेपालीलिंकबाट साभार)



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?