Saturday May 04, 2024

महजोडी युके भिजीट प्रहसन बारे प्रेषमीट सम्पन्न

१८ मंसिर, २०८० शीतलपाटीन्युज डटकम। 1586


महजोडी युके भिजीट प्रहसन बारे प्रेषमीट सम्पन्न

शीतलपाटीन्युज डटकम।

लन्डन। बेलायतमा मह जोडीको यूके टुर कार्यक्रमको तयारी तीव्र रुपमा भएको छ। सो कुरा बेलायतको च्यारिटी संस्था द गोर्खा सेन्टरले ३ डिसेम्बर २०२३ मा जुमद्वारा गरेको प्रेषमीट मार्फत जानकारी दिएको हो।यही डिसेम्बर तेश्रो साता नेपालका वरिष्ठ हाँस्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) को यूके टुर गर्ने र उहाहरुले भिषा प्राप्त गरेको कारण यो भब्य तयारीको जानकारी  गराईएको हो। 

३ डिसेम्बर आइतबार आयोजित भर्चुअल पत्रकार सम्मेलनमा सेन्टरका संस्थापक तथा सिइओ भीम तामाङले मह जोडीको पहिलो कार्यक्रम आउंदो २३ डिसेम्बर दिउसो ४ देखि हयारोस्थित ह्यारो लिजर सेन्टर र दोश्रो कार्यक्रम २४ डिसेम्बर अपरान्ह ४ बजेदेखि अल्डरसट स्थित एम्पायर हलमा तय भएको जानकारी दिएका थिए। मह जोडी कलाकारहरु २० डिसेम्बरमा बेलायत आउने तयारीमा रहेको पनि तमाड्गले जनाएका छन। ह्यारोमा चर्चित गायक प्रकाश सपुत समेतको प्रस्तुति रहने तामाङले बताए। 

 

अहिले नै टिकट लिए प्रवेश शुल्क जम्मा २५ पाउण्ड लाग्ने र पछि यो वृद्धि हुंदै जाने आयोजकले जनाएका छन्। दर्शकहरुले अनलाइन तथा प्रवेशद्धारमा टिकट खरिद गर्न सक्नेछन् ।बेलायतमा रहेका गोर्खा भेट्रान र तिनका वयस्क सन्तानहरुको कल्याणकारी कार्यमा समर्पित च्यारिटी संस्था द गोर्खा सेन्टरको कोष अभिवृद्धिका लागि मह जोडीको प्रहसन गर्न लागिएको तामाङले बताएका छन। 

मह टुर खर्चिलो भएपनि दर्शक उपस्थिति उल्लेख्य रहने विश्वास आयोजकलाई छ। ह्यारो कार्यक्रममा कम्तीमा १८ सय र अल्डरसटमा करिब ५५० दर्शक आउने अपेक्षा आयोजक सेन्टरको छ । 

द गोर्खा सेन्टरले स्थापनाकाल देखि नै बेलायतमा रहेका ब्रिटिश भूतपूर्व गोर्खा सैनिकहरु र तिनका वयस्क सन्तानहरुको हकहितका लागि आर्थिक, सामाजिक,भाषिक, सांस्कृतिक लगायत क्षेत्रमा सहयोग गर्दै आएको छ।

प्रेषमीटका अवसरमा नेपालका श्रद्धेय कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई बोलाएर बेलायतवासी नेपाली दर्शकहरुलाई गुणस्तरिय कार्यक्रममार्फत भरपुर मनोरन्जन दिने प्रयत्न समेत आफूहरुको रहेको तामाङले बताएका थिए।

अल्डरसट कार्यक्रमका लागि संयोजक प्रतिमा जोशी र सम्पुर्ण कार्यक्रमको संयोजक गरिरहेकी मधु गुरुङले सञ्चालन गरेको उक्त पत्रकार सम्मेलनमा सेन्टरले झण्डै ५ सय बढी गोर्खा भेट्रानलाई उनीहरुको सामाजिक सुरक्षा, अंग्रेजी भाषा,स्वास्थ्य समस्या लगायतमा सहयोग गरिसकेको जनाएको छ।

लण्डनस्थीत बरिष्ठ पत्रकार भगिरथ योगी,एफएनजे युके अध्यक्ष ध्रुबराज अर्याल,पुर्व अध्यक्ष नविन पोखरेल,पत्रकारहरु डा जगन कार्की,बिपिन निरौला,प्रमिला लाबुड्ग राई,बाचस्पति रेग्मी,स्याम लुईटेल समेतको उपस्थित रहेको प्रेषमीट भव्य भयको थियो। स्थानिय कलाकारहरु पनि सहभागी गराइने कार्यक्रममा २५ तारिख भने मह जोडीसंग च्यारीटी डिनर हुने तमाड्गले बताउनु भयको छ।

 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?