Friday May 03, 2024

फोनिज युके पुरस्कार प्रबन्ध निर्देशक मिलन तमु र बिमला सेनेलाई

२५ मंसिर, २०८० शीतलपाटीन्युज डटकम। 1219


फोनिज युके पुरस्कार प्रबन्ध निर्देशक मिलन तमु र बिमला सेनेलाई

शीतलपाटीन्युज डटकम।

लन्डन।गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु पुरस्कृत हुनु भएको छ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेले उहालाई यस वर्षको पत्रकारिता पुरस्कार दिने निर्णय गरेको हो। 

पत्रकार गुरुड्ग लामो समयदेखि पत्रकारितामा क्रियाशील छन् ।  उनले ३ वर्षदेखि आफ्नै मिडिया गोर्खामिडिया डटकम संचालन गर्दै आएका छन्। विभिन्न सामाजिक संघसंस्थामा आबद्ध गुरुड्गले यसअघि लंग सर्भिस एन्ड गुड कन्डक्ट मेडेल,कोसोभो कन्फ्लिक्ट मेडल,ब्रुनाइ सर्भिस मेडेल,सहारा युकेबाट विशेष सम्मान २०१६,हर्कबहादुर स्मृति पुरस्कार,आदर्श तमु वर्ष २०२२ प्राप्त गर्नु भयको छ। गोर्खाज डटकम तथा एभरेष्ट टाइम्समा लामो समय पत्रकारितामा योगदान गरेका उहाको फराकिलो परिचय छ।

लामो समय ब्रिट्रिस गोर्खा सेनामा सेवा गरी निवृत्त उनी विभिन्न रचनात्मक काममा सरिक हुँदै आएका छन्। पोखरा नयाँबजारका उहाको पुर्ख्यौली गाउँ कास्कीको रिभान हो भने बेलायतको अल्डरसटमा सपरिवार बस्दै आएका छन् । 

बुवा शिरधोज र आमा डिलकुमारीका पहिलो सन्तान मिलन तमु १७ वर्षसम्म ब्रिटिस गोर्खामा सेवापछि निवृत्त गीत लेखक पनि हुन। रोधी घरको आँगन बोलको  गीत (भाग १ देखि ३),सफल गुरुङ फिल्म युम्पो देउराली निर्माण गरेका र नेपालका विभिन्न ठाउँमा बाटो,मन्दिर,गुम्बा, क्होइबो निर्माणमा आर्थिक सहयोग समेतमा अगाडी छन्।

यसैगरी, फोनिज युकेले यस वर्षको प्रतिष्ठित पत्रकारिता सम्मान श्रीमती विमला सेनेलाई दिने निर्णय गरेको छ। सन् १९९२ बाट ब्रिट्रिस फोर्सेस ब्रोडकाष्टिङ सर्भिस ब्रुनाईबाट रेडियो पत्रकारिता शुरु गरेकी सेनेले इटहरीबाट संचालित सप्तकोशी एफएममा सन् २००४ देखि निरन्तर करिब १० वर्ष रेडियो पत्रकारिता गरेको रेकर्ड छ। वाणिज्यशास्त्रमा स्नातकोत्तर गरेकी सेने ब्रुनाईमा रेडियो सेवा सँगै लण्डनको नेपाली टिभीमा समाचारको काम गरेको र  सन् २०१४ देखि गोर्खा च्यानल चलाउनु भयको थियो। 

तेह्रथुमको लालीगुराँसमा जन्मेकी सेने नेपाल पत्रकार महासंघ युके शाखाको नेपालको निमित्त केन्द्रीय प्रतिनिधि पार्षद एवं पूर्व उपाध्यक्ष हो।फोनिजका पूर्व अध्यक्षहरु सम्मिलित छनौट समितिले सेनेलाई प्रतिभा  छनोट गरेको हो। प्रतिभा छनौट समितिमा फोनिज युके अध्यक्ष गोमा राना,पूर्व अध्यक्षहरु किरण टी लिम्बु, विश्वास दीप तिगेला र प्रमिला लाबुङ रहनु भयको थियो। 

फोनिज युकेका अध्यक्ष गोमा रानाले पुरस्कार तथा सम्मान आगामी १६ डिसेम्बरमा अल्डरसटमा हुने चौथो अधिवेशन बीच प्रदान गरिने बताउनु भयको छ। गत वर्ष एभरेष्ट टाईम्स साप्ताहिकका संस्थापक हरि गुरुङलाई सम्मान र अमित थेवेलाई यही पुरष्कारले पुरस्कृत गरिएको थियो।
(श्रोत-गोर्खा मिडीया)

 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?