Sunday April 28, 2024

सहारा युके च्यारीटी डिनर नाइटको भब्य तयारी, १६ डिसेम्बरमा अधिबेशन,भुकम्प पिडीतलाई एक लाख सहयोग

२० कार्तिक, २०८० शीतलपाटीन्युज डटकम। 1391


सहारा युके च्यारीटी डिनर नाइटको भब्य तयारी, १६ डिसेम्बरमा अधिबेशन,भुकम्प पिडीतलाई एक लाख सहयोग

शीतलपाटीन्युज डटकम।

क्यामबर्ली, युके।सहारा युकेको सातौ कार्यसमितीले १८ नोभेम्बर २०२३ शनिवारका दिन एम्पाएर हल अल्डरसटमा च्यारीटी डिनर गर्ने भयको छ। ४ नोभेम्बर २०२३ शनिबार एभरेष्ट फुड सप क्याम्बर्लीमा बसेको संस्थाको बैठकले च्यारीटी डिनर नाईटको तयारी भब्य रहेको जनाएको छ।

सहारा युके अध्यक्ष रि ले कुसाड्ग गुरुड्गको अध्यक्षतामा बसेको सो बैठक महासचिव मनोज गुरुड्गले संचालन गर्नु भयको थियो भने उपाध्यक्ष कृष्ण गुरुड्गले बैठकमा उपस्थित महानुभावहरुलाई स्वागत गर्नु भयको थियो।

अध्यक्ष गुरुड्गले सहारा युकेले आफ्ना खेलकुद, शिक्षा,स्वास्थ्य र च्यारीटी सहयोग जस्ता कार्यक्रमहरु सफलतापुर्वक सम्पन्न गर्न आर्थिक मजबुत हुनु पर्ने र परम्परा देखि गरिदै आएको च्यारीटी डिनर नाइट यस पटक पनि गरिन लागेको कुरा मिटीड्गमा बताउनु भयको थियो। सहारा युकेका उपाध्यक्ष एवम कार्यक्रम संयोजक कृष्ण गुरुड्गले च्यारीटी डिनर नाईटको भब्य तयारी भयको र प्रमुख अतिथी नेपाली राजदुताबासका राजदुत ज्ञानचन्द्र आचार्य,अतिथी,पाहुनाहरुलाई निमन्त्रणा पठाई सकेको बताउनु भयको थियो। संयोजक गुरुड्गले कार्यक्रमको रुपरेखा,जिम्मेबारी र गेटमा स्वागतको ब्यवस्था मिलाएको बताउनु भयो। कोषाध्यक्ष कुमार थापाले संस्थाको आयब्यय प्रस्तुत गर्नु भयको थियो।


सहारा पोखरा २५औ बसन्त पार गरेको उपलक्ष्यमा सम्मानित सहारा युकेका प्रमुख सल्लाहाकार महेस गुरुड्ग र एनआरएन युके अध्यक्षमा निर्वाचित सहारा युकेका सल्लाहारकार हितकाजी गुरुड्गलाई सम्मान गरिएको उक्त बैठकमा राफल चिठ्ठा पहिलो पुरष्कार एक तोला सुन स्पोनसर न्यु लक्ष्मी ज्वलर्सको प्रोपाइटर लक्ष्मी राई रहनु भयको,अरु पुरष्कार पनि आउदै रहेको र मनोरन्जनात्मक हुने सहारा च्यारीटी डिनर नाइटमा गोरखा हाईस्कुलका पुर्व बिध्दार्थी एवम गायक दिपक थापा र अभिषेक थापाको प्रस्तुती रहने बताइएको छ।सहारा युकेमा रहेर उत्कृष्ट काम गर्ने २ जना पदाधिकारीहरुलाई सहारा अवार्ड प्रदान गरिने पनि  अध्यक्ष गुरुड्गले बताउनु भयको थियो।

साथै सहारा युके सातौ कार्यसमितीको २ बर्षे कार्यकाल सफलता पुर्वक सम्पन्न भएको भन्दै अध्यक्ष रि ले गुरुड्गले सहयोग गर्ने सबैलाई धन्यबाद दिदै १६ डिसेम्बर २०२३ मा महाअधिबेसन घोषणा गर्नु भयको थियो।यो महाअधिबेसन निर्वाचन महाधिबेसन पनि भयकोले अध्यक्ष गुरुड्गले आठौ कार्यसमिती चयनका लागि सल्लाहाकार एवम संस्थापक एफसी चेयरमेन हरि कुमार श्रेष्ठ संयोजक,सल्लाहाकार कमल गुरुड्ग र सल्लाहाकार ज्ञाम गुरुड्ग सदस्य रहेको निर्वाचन समिती गठन गर्नु भयको थियो।निर्वाचन सभ्य र भब्य बनाउन संस्थापक अध्यक्ष नविन गुरुड्ग, पुर्व अध्यक्ष दिलीप गुरुड्ग एमबिई,पुर्व अध्यक्ष मीन गुरुड्ग र निवर्तमान अध्यक्ष कुमार गुरुड्ग पर्यबेक्षक रहनु भयको छ।

साथै हालै नेपालको जाजरकोट र रुकुम पश्चिम भुकम्पमा सदाहत प्राप्त गर्ने नागरीकहरुको शंझना एक मिनेट मौन धारण र घाइतेहरुको शिघ्र स्वास्थ्य लाभके कामना गरिएको बैठकमा भुकम्प पिडितको सहयोगार्थ सहारा युकेले एक लाख सहयोग गर्ने अध्यक्ष गुरुड्गले घोषणा गर्नु भयको थियो।

सहारा युकेका सल्लाहाकारहरु,कार्यसमिती पदाधिकारीहरु,फस्टलेडी पंच गुरुड्ग,मंजु गुरुड्ग राइ,श्रीमती कृष्ण गुरुड्ग,सदस्यहरु, गोर्खा मिडीया डाइरेक्टर मीलन तमु, शीतलपाटीन्युज प्रतिनिधीको समेत उपस्थिती थियो।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?