१ पुष, २०८०
शीतलपाटीन्युज डटकम।
लन्डन। सहारा यूकेको ८ औ कार्यसमितीको अध्यक्षमा कृष्ण गुरुङ चयन भएका छन्। मिचेटस्थित तमु धीं यूकेको भवनमा शनिबार आयोजित संस्थाको १५ औं वार्षिक साधारणसभा तथा ७ औं अधिवेशनबाट कृष्णको नेतृत्वमा २०२३-२०२५ का लागि नयाँ कार्यसमिति छनोट भएको हो । कार्यसमिति उपाध्यक्षमा शारदा गुरुङ,महासचिवमा क्या पिताम्बर गुरुङ,सचिव मञ्जु गुरुङ राई, कोषाध्यक्ष कुमार थापा र सहकोषाध्यक्षमा जगन (ज्याक) गुरुङ चयन भए।सहारा युके फुटबल सीईओमा मेग गुरुङ,खेलकुद सचिवमा शमशेर गुरुङ,युवा खेलकुद संयोजकमा सन्दीप उपाध्याय चयन भएको निर्वाचन समितिले जनाएको छ।
साथै कार्यसमिति सदस्यहरुमा मनोज गुरुङ,मिलन तमु गुरुङ,सुधा गुरुङ,दल गुरुङ,देव गुरुङ,गम गुरुङ,दिपक (राजु) गुरुङ,सविन्द्रकुमार गुरुङ (एसके),अमृत गुरुङ र अजयजंग थापा रहेका छन्। सहारा एफसीका पुर्व अध्यक्ष हरि कुमार श्रेष्ठ निर्वाचन प्रमुख रहेको तीन सदस्यीय समितिमा तमु धीं यूकेका पूर्वअध्यक्ष ज्ञाम गुरुङ र वर्तमान उपाध्यक्ष कमल गरुङले निर्बाचन सम्पन्न गरेको थियो।
अध्यक्ष ले रि कुसाङ गुरुङको अध्यक्षतामा भएको साधारणसभा तथा अधिवेशनमा उपाध्यक्ष कृष्ण गुरुङले स्वागत मन्तव्य राखेको सो साधारणसभामा उपाध्यक्ष कृष्ण गुरुङ,महासचिव मनोज गुरुङ,कोषाध्यक्ष कुमार गुरुङ, सहकोषाध्यक्ष जगन गुरुङ,सहारा एफसी टिमले विभिन्न प्रतिवेदन प्रस्तुत गरेका थिए। कार्यक्रममा अध्यक्ष ले.रि गुरुङले पोखरा अन्तर्राष्ट्रिय म्याराथन,आरन्ट कप वालिङ र बगर भाइखलको विषयमा बोलेका थिए। अध्यक्ष र महासचिवले आहा रारा गोल्डकपमा संस्थाबाट दिइने गोल्डकप,ट्रफी पुरस्कार र धन्यवाद भोज लगायत विषयमा जानकारी गराएका थिए।
साधारण सभामा आदर्श तमु अवार्ड पाएका संस्थाका आजीवन सदस्यहरु सेरा गुरुङ र गमबहादुर गुरुङलाई दोसल्ला र पुष्पगुच्छा दिएर धन्यवाद दिइएको थियो भने नेपाल आदिवासी जनजाति पत्रकारा महासंघ यूकेबाट शनिबार नै पुरस्कृत सहारा यूकेका कार्यसमिति सदस्य एवं गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमुलाई पनि अध्यक्ष लेरि कुसाङ गुरुङ लगायतले बधाई तथा शुभकामना दिएका थिए।
यस्तैगरी सहारा यूकेका सल्लाहकार चन्द्र गुरुङलाई कोल्मा बहाकोट समाज यूकेको अध्यक्षमा चयन भएको अवसरमा बधाई तथा शुभकामना दिइएको,च्यारिटीका लागि नेपालबाट आएका अतिथि कलाकार दीपक थापा लगायतलाई प्रमाणपत्र र खादा लगाइ दिईएको थियो।
सहारा युकेका फाउण्डर प्रेसीडैन्ट नविन गुरुड्ग, पुर्ब अध्यक्षहरु दिलीप गुरुड्ग एमबिई,मीन गुरुड्ग, कुमार गुरुड्ग, फस्ट लेडी पंच गुरुड्ग उपस्थित सो अधिबेसन भब्य भयको थियो।