Sunday April 28, 2024

अरनिको अन्तर्राष्ट्रिय पुरस्कार - २०७९' विजय हितानको उपन्यास “लाहुरेको रेलिमा”' लाई प्रदान

९ पुष, २०८० शीतलपाटीन्युज डटकम। 1194


अरनिको अन्तर्राष्ट्रिय पुरस्कार - २०७९' विजय हितानको उपन्यास “लाहुरेको रेलिमा”' लाई प्रदान

GNNNEWS-

काठमाडौँ - वि.सं २०७९ को अरनिको अन्तर्राष्ट्रिय पुरस्कारका लागि  बेलायतनिवासी साहित्यकार विजय हितानद्वारा लिखित उपन्यास ‘लाहुरे दाइको रेलिमाई’ छनोट भएको छ।गैरआवासीय नेपाली सङ्घको अरनिको अन्तर्राष्ट्रिय पुरस्कार व्यवस्थापनसमितिले उक्त निर्णय गरेको हो।  

वि.सं २०७९ मा प्रकाशित विविध विधाका नेपाली वाङ्मयका कृतिहरूमध्येबेलायतमा बसोबास गर्ने साहित्यकार हितानद्वारा लिखित उपन्यास ‘लाहुरेदाइको रेलिमाई लाई प्रदान गर्ने निर्णय भएको हो।

गैरआवासीय नेपाली सङ्घले एक बिशेष समारोहबीच हितानलाई २ लाख रुपैंयानगद र सम्मानपत्रसहित उक्त पुरस्कार प्रदान गर्ने गैरआवासीय नेपाली सङ्घ अरनिको अन्तर्राष्ट्रिय पुरस्कार ब्यवस्थापन समितिका अध्यक्ष हिक्मत थापाले जनाए।

आइतबार सम्पन्न पुरस्कार व्यवस्थापन समितिको बैठकले  ‘लाहुरेको रेलिमाई’लाई वर्ष २०७९ को अरनिको अन्तर्राष्ट्रिय पुरस्कारका लागि छनौट समितिको सिफारिस अनुमोदन गरेको थियो।

गीत सङ्गीतमार्फत् नेपाली जातिको जागरणमा जीवन पर्यन्त लागेका मास्टर मित्रसेन थापाको जीवन कथामा आधारित आख्यान ‘लाहुरेको रेलिमाई’ लेगायक थापाको दृष्टिविन्दूबाट प्रथम विश्वयुद्धको विदारक चित्रण प्रस्तुत  गरेको छ।

त्यससँगै उनको सङ्घर्षपूर्ण जीवन र उनी बाँचेको समाजका अनेक पाटाहरूलाई पनि उपन्यासले प्रभावशाली र प्रामाणिक रूपमा उद्घाटित गरेको छ।

समितिले गैरआवासीय नेपाली साहित्यकारहरूद्वारा लेखिएका नेपाली भाषाकाकृतिमध्ये सर्वश्रेष्ठ एक कृतिलाई प्रत्येक वर्ष २ लाख नगदराशी रसम्मानपत्रसहित ‘अरनिको अन्तर्राष्ट्रिय पुरस्कार’ प्रदान गर्ने गर्छ ।

पहिलोपटक २०७७ सालमा उक्त पुरस्कार हरि अधिकारीको ‘संकलित गद्यरचना' लाई प्रदान गरिएको थियो भने २०७८ मा चेतनाथ आचार्यको उपन्यास‘रुइबा’ लाई पुरस्कृत गरिएको थियो ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?