Friday April 19, 2024

बीसीसी युकेले खेन्पो तुलाचनको बिदाई र खैबा कर्मको स्वागत गर्यो

२८ पुष, २०८० शीतलपाटीन्युज डटकम। 1208


बीसीसी युकेले खेन्पो तुलाचनको बिदाई र खैबा कर्मको स्वागत गर्यो

पुर्ण गुरुड्ग।

लण्डन। बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले पोखराका बौद्ध धर्मगुरु खेन्पो किरण तुलाचनको बिदाई गरेको छ। गत बुधबार १० जनवरीका दिन अल्डरसटस्थित गुम्बामा बीसीसी युकेका अध्यक्ष हर्क बहादुर गुरुङ र आमा प्रमुख उर्मिला गुरुङले खादा लगाई बिदाई गरिएको हो। बीसीसी यूकेले गत ३१ डिसेम्बर अर्थात् पौष १५ गते तमू (गुरुङ) ल्होछार कार्यक्रममा लागि बेलायत आएका खेन्पो किरण करिब २ हप्ताको बसाई पश्चात नेपाल फर्किन लागेका हुन्। त्यस्तै,बीसीसी यूकेको निमन्त्रणामा बेलायत आईपुगेका धर्मगुरु खैबा कर्मलाई स्वागत गरेको छ। खैबा कर्म करिब ५ महिना गुम्बामा रहेर भक्तजनहरुको सेवा गर्ने छन्। 

कार्यक्रममा बीसीसी युकेका अध्यक्ष हर्क बहादुर गुरुङले बीसीसी युकेले आयोजना गरेको तमू ल्होछार कार्यक्रमका लागि बिशेष आतिथ्य सहित पूजापाठ, प्रवचन तथा अभिषेक (वाङ्ग) दिएकोमा खेन्पो किरणलाई धन्यवाद दिए। त्यस्तै,खेन्पो किरणले बीसीसी यूकेले गरेको स्वागत,सत्कार तथा सम्मानको लागि धन्यवाद दिए। 

सो अवसरमा बीसीसी युकेका संस्थापक आमा प्रमुख ज्ञानुमाया गुरुङ, पूर्व आमा प्रमुख पुष्पा गुरुङ, आमा उपाध्यक्ष जगना गुरुङ, सल्लाहकार कमल गुरुङ, सल्लाहकार पूर्ण गुरुङ, आमाहरुलगायत आफन्तजन, इष्टमित्र र शुभचिन्तकहरुले खेंपों र खैबालाई खादा लगाई दिएका थिए। बीसीसी यूकेका खेन्पो गुरु कर्म छुल्त्रिम, धर्मशालाबाट आएका ६ जना धर्मगुरुहरु,बौद्ध अर्घौं सदन पोखराका लामा हर्क जंग घले, प्रदीप गुरुङ,पुरन गुरुङ लगायतको समेत उपस्थिति रहेको विदाई कार्यक्रम भक्तजनहरुको समेत बाक्लो उपस्थिति रहेको थियो। 

स्मरण रहोस्,खेन्पो तुलाचनले बीसीसी यूकेले आयोजना गरेको तमू ल्होछार पर्वका दिन धार्मिक प्रवचन,दिप प्रज्ज्वलन,घ्यासी, आयु,छोग,घनचक्र पूजाका साथसाथै आयूको अभिषेक प्रदान गरेका थिए। 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?