Friday March 21, 2025

लण्डनमा “ए स्टार” बन्यो टप टेन बिजेता,किशोर राना “टप प्रोटेक्सन एडभाइजर”अवार्डले सम्मानित

६ माघ, २०८० शीतलपाटीन्युज डटकम। 1596


लण्डनमा “ए स्टार” बन्यो टप टेन बिजेता,किशोर राना “टप प्रोटेक्सन एडभाइजर”अवार्डले सम्मानित

शीतलपाटीन्युज डटकम।

लन्डन । ए स्टार फाइनान्सियल सोल्युसन्सका किशोर रानाले टप प्रोटेक्सन एडभाइजरको अवार्ड पाप्त गरेको समाचार छ। बेलायतको एक प्रतिष्ठित फाइनान्सियल संस्था न्यू लिफ डिस्ट्रिब्यूसनले आफू मातहतका करिब ३०० मोर्गेज तथा प्रोटेक्सन एडभाइजरहरु मध्येबाट रानालाई सन् २०२३ का लागि सो अवार्डले सम्मान गरेको हो । विहीबार आयोजित एक समारोहमा रानाले सो अवार्ड ग्रहण गरेका छन्।

सुवेदार मेजर तिलकसिंह राना र कृष्णकुमारी रानाका तीन भाइ छोरा मध्ये जेठा छोरा राना आलमदेवी स्याङ्जामा जन्मिएका हुन्। नेपालबाट बीबीएस गरेका उनले बेलायतको कार्डिफ युनिभर्सिटीबाट एक्ज्यूकेटिभ म्यानेजमेन्टमा पोष्ट ग्राजुयट गरेका छन्। अवार्ड पाएपछि रानाले अझै जिम्मेवारी थपिएको र आगामी वर्षहरूमा अझ राम्रो गर्दै जाने उत्साह मिलेको प्रतिक्रिया दिएका छन।

यसैगरी, राना कार्यरत ए स्टार फाइनान्सियल सोल्यूसन्सले ‘टप टेन’ स्थान हासिल गर्न सफल भएको छ । विगत छ वर्षदेखि ए स्टारले न्यू लिफ डिस्ट्रिब्यूसनमा आवद्ध व्यापारिक प्रतिष्ठानहरुमध्ये टप टेनको स्थान कायम गर्दै आएको छ। बेलायतको पहिलो नेपाली इन्डिपेन्डेन्ट फाइनान्सियल एड्भाइजर (आइएफए) मीन दर्लामी प्रिन्सिपल रहेको ए स्टार फाइनान्सियल सर्भिसेजले लण्डनको हेज हार्लिङटनमा रहेको आफ्नै स्वामीत्वको प्रधान कार्यालयका साथै आसफोर्ड केन्टबाट सेवा प्रदान गर्दै आएको छ।

सन् २०१२ मा व्यवसाय शुरु गरेको ए स्टार फाइनान्सियल सोलुसन्स यूकेले पेन्सन,लगानी,मोर्गेज (रेसिडेन्सियल र कमर्सियल दुबै),इन्सुरेन्स,बिजनेश प्रोटेक्सन,वील एण्ड स्टेट प्लानिङ, इन्कम प्रोटेक्सन एण्ड फेमिली इन्कम बेनिफिट्स आदि क्षेत्रमा सेवा दिइरहेको छ।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?