Saturday April 27, 2024

नेपाली फुटबलका राष्ट्रिय खेलाडीलाई अन्तराष्ट्रिय खेलका लागि लण्डनमा निमन्त्रणा

२८ फाल्गुन, २०८० शीतलपाटीन्युज डटकम। 1243


नेपाली फुटबलका राष्ट्रिय खेलाडीलाई अन्तराष्ट्रिय खेलका लागि लण्डनमा निमन्त्रणा

शीतलपाटीन्युज डटकर।

अल्डरसट,लण्डन। लण्डनमा नेपालीहरुको घना बस्ती रहेको र नेपालीहरुको राजधानी मानिने अल्डरसटमा नेपालको राष्ट्रिय फुटबल टीमले मैत्रीपुर्ण अन्तराष्ट्रीय फुटबल खेल्ने भयको छ।

सो फुटवल खेल हुने कुरा आज अजिम साहिद अध्यक्ष रहेको एउटा व्यवसायिक क्लव अल्डरसट टाउन फुटबल क्लबमा आयोजित प्रेषमीटमा बताएको छ।

इंग्ल्याण्डो सी टीम र नेपालबीच हुन लागेको यो ऐतिहासिक खेल मैत्रीपूर्ण मात्रा होइन,यो यहाँको फुटबल एशोसिएसनले मान्यता दिएको एक अन्तर्राष्ट्रिय खेल हुनेछ। जसमा अंग्रेज खेलाडीहरु इंग्ल्याण्डको राष्ट्रिय टीमकै क्यापमा खेल्नेछन् र यो इंग्ल्याण्डले खेलेका अन्तराष्ट्रिय खेलहरुको सूचीमा रेकर्ड हुनेछ’, अजिमले स्पष्ट पार्दै भनेका छन।

अल्डरसट टाउन एफसीका अध्यक्ष अजिमले यो खेल नेपाली प्रतिभावान खेलाडीलाई बेलायती क्लवमा अवसरको लागि प्लेटफर्म बन्न सक्ने बताएका छन। नेपाली खेलाडीहरुले प्राप्त अवसरलाई सदुपयोग गर्नेछन् र आफ्नो खेल कौशलले सबैलाई प्रभावित गर्नेछन्’,उनले भनेका छन। यो खेल हेर्न यहाँका विभिन्न लिगका प्रशिक्षकहरु पनि आउनेछन्। उनीहरुले मन पराए भने अनुबन्धनका लागि प्रस्ताव राख्न सक्छन्।

सो प्रेषमीटमा इंग्ल्याण्ड एफएको नेश्नल लिग सिस्टम प्रमुख लरेन्स जोन्सले नेपाली टीमलाई स्वागत गर्न आफूहरु आतुर रहेको बताउदै खेलले बेलायतको नेपाली समुदाय र गोर्खा रेजिमेन्टसंग स्थानीय समुदायको घुलमिल बढाएर सम्बन्ध झन् प्रगाढ बनाउने आशा व्यक्त गरेका छन्। त्यस्तै गरी एन्फाले पनि इंग्ल्याण्डसंगको पहिलो खेललाई नेपाली खेलाडीहरुलाई अन्तरराष्ट्रिय मञ्चमा आफ्नो प्रतिभा देखाउन तथा उपयोगी अनुभव आर्जन गर्न सुन्दर अवसरका रुपमा लिएको जनाएको छ।

खेल घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा इंग्ल्याण्ड सी म्यानेजर पल फेरक्लो,अल्डरसट टाउन फुटबल क्लब अध्यक्ष साहिद अजिम र इंग्ल्याण्ड एफए नेशनल लिग प्रमुख लरेन्स जोन्सको उपस्थिती थियो।अल्डरसट टाउन फुटबल र इंग्ल्याण्ड एफएका अधिकारीहरुसंगै स्थानीय काउन्सीलर जीव बेलबासे,नेपाली समुदायका अगुवाहरु, एनआरएन युके पुर्व अध्यक्ष सुर्य गुरुड्ग,तमुधि युकेका पूर्व अध्यक्ष कमल गुरुड्ग, एनआरएन युकेका पुर्व अध्यक्ष पुनम गुरुड्ग, सहारा युकेका पुर्व अध्यक्ष कुमार गुरुड्ग,शिव मन्दिरका अध्यक्ष बिक्रम भट्टराई,तमुधी युकेका उपाध्यक्षहरु जुमकाजी गुरुड्ग र कमल गुरुड्ग, ग्रेटर रस्मोंर नेपाली कम्यूनिटीका अध्यक्ष मान गुरुड्ग,उपाध्यक्ष डा बिशाल गुरुड्ग, गोर्खा मिडीयाका डाइरेक्टर मिलन तमु गुरुड्ग, शीतलपाटीन्युजका सम्पादक बाचस्पति रेग्मीका साथै युवा अगुवाहरुको पनि उपस्थिति थियो।

अध्यक्ष अजिमले ६ मेको दुई देशीय ऐतिहासिक म्याच सफल बनाउन लन्डनस्थित नेपाली राजदूतावास, एनआरएनए यूकेसहित समग्र नेपाली समुदायसंग सहयोगको अपिल गरेका छन्। ८ हजार दर्शक क्षमताको उक्त प्रतियोगिता हेर्न कम्तीमा ५ हजार दर्शक आउने अपेक्षा आयोजकको छ।म्याच हेर्न वयस्कका लागि १० पाउण्ड र अण्डर १६ का लागि ५ पाउण्ड टिकट शुल्क लिइने आयोजकले जनाएको छ।

अल्डरसटस्थित इबीबी रंगशाला परिसरमा आयोजित एक पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष अजिमले नेपालबाट खेलाडी, कोच, फिजियो, अफिसियल गरि ३० जनाको टिम बेलायत आउने जानकारी दिए। अप्रिल २९ मा नेपालको टिम बेलायत आइपुग्नेछ। खेलाडीहरुले बेलायतको भिसा समेत पाईसकेको जनाइएको छ।

करिब ५० हजार पाउण्ड बजेट लाग्ने बताइएको उक्त म्याच खेल्न आएका नेपाली खेलाडीको प्रशिक्षण, खान, बस्न, यातायात आदि खर्च आयोजकले नै बेहोर्ने छन्। इभेन्टको खर्च व्यवस्थापनका लागि स्पोन्सरहरुको जोहो गर्ने काम भइरहेको अजिमलले बताएका छन। ‘हामीलाई कयौं प्रायोजकले सहयोग गर्दैछन्। त्यसमध्ये हिमालयन जेटका एमडी दीपेन्द्र गुरुङले पनि ठूलो सहयोग गर्दैछन्’,नेपाली समुदायलाई उनको सन्देश छ, ‘खेलस्थलमा तपाईं आफ्नो व्यापार, व्यवसायको विज्ञापन गरेर पनि सहयोग गर्न सक्नुहुन्छ। खाना तथा अन्य व्यापारका लागि उपलब्ध स्टलहरु बुक गर्न पनि सक्नु हुनेछ।’खेल हुने दिन विभिन्न ७ वटा खानाको स्टल समेत रहने जनाइएको छ। साथै नेपाल फुटबल टिमको संयोजन कास्की फुटबल संघका युके एम्बासडर तथा तमु धीं युकेका उपाध्यक्ष कमल गुरुङले गरेका छन् । उनी सफल युवा व्यवसायी समेत हुन्।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?