१८ आश्विन, २०८०
शीतलपाटीन्युज डटकम।
संयुक्त अरब इमिरेट्स। संयुक्त अरब इमिरेट्सका लागि नेपालको राजदूतको कार्यभार सम्हाल्न २०८० असोज ११ गते बिहीबार (तदनुसार २८ सेप्टेम्बर २०२३) अबुधाबी आइपुग्नु भएका महामहिम राजदूत तेज बहादुर क्षत्रीसंयुक्त अरब इमिरेट्स पुग्नु भएको छ।
महामहिम राजदुत क्षेत्रीले मिति २०८०/०६/१७ गते (तदनुसार ४ अक्टोबर २०२३) युनाइटेड अरब इमिरेट्सको Qasr Al Watan (Presidential Court) मा आयोजित एक विशेष समारोहबीच युएईका राष्ट्रपति मौसुफ शेख मोहम्मद विन जायद अल नाह्यान समक्ष ओहोदाको प्रमाणपत्र पेश गर्नु भएको समाचार छ।