Friday May 03, 2024

नेपाल पत्रकार महासंघ बेलायत शाखाले नयाँ सदस्यताका लागि आवेदन खोल्यो

१९ चैत्र, २०८० शीतलपाटीन्युज डटकम। 1217


नेपाल पत्रकार महासंघ बेलायत शाखाले नयाँ सदस्यताका लागि आवेदन खोल्यो

शीतलपाटीन्युज डटकम।

नेपाल पत्रकार महासंघ यूके शाखाको नयाँ सदस्यता तथा नविकरणसम्बन्धि सूचना 

नेपाल पत्रकार महासंघ यूके शाखाको नयाँ सदस्यता लिन तथा यसअघि नै कायम रहेको सदस्यता नविकरणका लागि निम्नानुसारको मापदण्डहरु तय भएकोमा ईच्छुक आवेदकले सोहीअनुसार यही सन् २०२४ अप्रिल महिनाको ३० तारिखभित्र आवेदन गर्नुहुन सम्बन्धित सबैमा यो सूचना जारी गरिएको छ ।  

१- नेपाल पत्रकार महासंघ यूके शाखाको नयाँ सदस्यता लिन कम्तीमा २ वर्ष नियमित पत्रकारिता गरेको अनुभव र पत्रकारितामा सक्रियताको प्रमाण पेश गर्नुपर्नेछ । 

२-  सदस्यताको सिफारिश गर्न बेलायतमा संचालित अनलाइन पोर्टल तथा सञ्चार माध्यमहरु यहाँको कानूनअनुसार कम्पनी हाउसमा अनिवार्य दर्ता भएको र कम्तीमा दुई वर्ष नियमित संचालनमा आइ अपडेट भइरहेको हुनुपर्नेछ। सम्पादकको नाम,  ठेगाना सम्बन्धित मिडियामा अनिवार्य रुपमा राखिएको हुनुपर्नेछ । 

३-  नयाँ सदस्यता लिन तथा यसअघि नै कायम रहेको सदस्यता नविकरणका लागि आवेदकले पछिल्लो एक वर्षमा प्रकाशित गरेका कम्तीमा तीन समाचार सामग्रीको प्रमाण पेश गर्नुपर्नेछ। ती सामग्रीमा लेखकको नाम स्पष्ट खुलेको हुनुपर्नेछ। 

४ आफू कार्यरत मिडियामा संलग्नता (वेबसाइटमा नाम र भूमिका) स्पष्ट देखिनुपर्ने र सबै जानकारीसहित सम्बन्धित मिडियाबाट सिफारिसपत्र पेश गर्नुपर्नेछ ।

५ बेलायतमा सञ्चालित मिडियाको हकमा एक सञ्चारमाध्यमबाट बढीमा दुई जनासम्म सदस्यलाई सिफारिश गर्न सकिनेछ। तर यसअघि नै सदस्यता लिइसकेकाहरुको हकमा यो शर्त लागू हुनेछैन्।  

६ नेपालबाट संचालित मिडियाको प्रतिनिधिका हकमा प्रेस काउन्सिल नेपालले वर्गीकरण गरेको पत्रपत्रिकामध्ये ‘क’ वर्गमा परेको र अन्य मिडियाका हकमा प्रकाशन, प्रसारणले राष्ट्रिय मिडियाका रूपमा मान्यता पाएका र अनलाइनका हकमा प्रेस काउन्सिलमा दर्ता भएका मिडियाका प्रतिनिधिलाई मात्र सदस्यता दिन सकिनेछ । त्यस्ता मिडियाका लागि काम गरिरहेका प्रतिनिधिले बेलायतबाट सक्रियरूपमा पत्रकारिता गरिरहेको बुँदा ३ अनुसारको प्रमाण पेश गर्नुपर्नेछ ।

७ कुनै मिडियामा आबद्ध नरही स्वतन्त्र रुपमा पत्रकारितामा संलग्न रहनेहरुले अनुभव र सक्रियता खुल्ने प्रमाणसहित आवदेन गर्न सक्नेछन्। उनीहरुले बुँदा ३ अनुसारको प्रमाण पेश गर्नुपर्नेछ ।  

८ केन्द्रबाट बेलायत शाखामा सदस्यता स्थानान्तरणका लागि आएका सदस्यहरूको हकमा ती सदस्यले बेलायतमा पनि सक्रिय रूपमा पत्रकारिता गरिरहेको बुंदा ३ अनुसारको प्रमाण पेश गर्नुपर्नेछ।

९ मिडियामा लगानीकर्ता र व्यस्थापनमा मात्र संलग्न तर पत्रकारितासम्बन्धी कुनै पनि कार्यमा सम्वद्ध नभएका व्यक्तिहरूलाई पत्रकार महासंघको सदस्यता दिइने छैन तर एउटै व्यक्ति मिडियामा लगानीकर्ता र व्यवस्थापक पनि रहिरहेको र पत्रकारितामा पनि सक्रिय भइरहेको भए उनीहरुलाई महासंघको सदस्यताबाट वञ्चित गरिनेछैन।

१० कुनै संघसस्थाको मुखपत्रबाट आएको सिफारिशपत्र शाखाको सदस्यताका लागि मान्य हुनेछैन।

११ नेपाल पत्रकार महासंघ पत्रकारहरूको पेशागत संस्था भएकाले समुदायमा पत्रकारभन्दा अरु परिचयले स्थापित भइसकेका महानुभावहरुलाई पत्रकार महासंघको सदस्यताका लागि आवेदन नगरिदिनुहुन अनुरोध गर्दछौँ ।

१२ नेपाल पत्रकार महासंघले यूट्यूबलगायत सामाजिक सञ्जाललाई मिडियाका रूपमा स्वीकार नगरिसकेकाले सामाजिक सञ्जालमा समाचारजन्य सामग्री बनाउने र प्रवर्द्धन्      गर्नेका हकमा महासंघको साधारण सदस्यता दिन नसकिने व्यहोरा अवगत गराउँदछौँ ।

१३ नयाँ सदस्यता लिन वा पुरानो सदस्यता नविकरण गर्न आवेदन दिने आवेदकले बुंदा ३ मा उल्लेख भएअनुसार प्रकाशित् समाचार सामग्रीको प्रमाण र एफएनजे यूकेको खातामा ३० पाउन्ड सदस्यता शुल्क बुझाएको प्रमाणसहितका कागजात एफएनएजे यूकेको इमेल् [email protected] वा 382 Bedfont Lane  तोकिएको समयसिमाभित्रै पठाउनुपर्नेछ ।  

१४ प्राप्त आवेदनहरुको सदयस्ता सिफारिशसम्बन्धि अन्तिम निर्णयको अधिकार नेपाल पत्रकार महासंघ यूकेसँग सुरक्षित रहनेछ।  

आवेदन पठाउने ठेगाना: 

 

सदस्यता शुल्क बुझाउने खाता: 
Federation of Nepalese Journalists UK
Sort code: 20-16-99
A/C No: 13299961
Ref : Your Name


धन्यवाद।  
नेपाल पत्रकार महासंघ यूके 
१ अप्रिल २०२४

(श्रोत-FNJ UK)



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?