Monday May 06, 2024

पंण्डित शिव चन्द्र निरौला MBE द्वारा बिभुषित

१२ माघ, २०८० शीतलपाटीन्युज डटकम। 1345


पंण्डित शिव चन्द्र निरौला MBE द्वारा बिभुषित

शीतलपाटीन्युज डटकम।

लण्डन। मेरा परंम मित्र,व्रिगेड अफ गोर्खाजका चर्चित,प्रशिद्ध,विद्वान्,प्रखर स्पष्टवक्ता,आफ्नो जीवनकालमा ४२ वर्ष व्रिगेडका विभिन्न रेजिमेंटहरूमा काम गरी वर्तमानमा QOGLR का पण्डितजी शिवचन्द्र निरौला वेलायतको सम्मानित विभूषण MBE (Member of the British Empire) द्वारा सम्मानित हुनु भयको छ।  वेलायतका महाराजाकी वहिनी राज कुमारी Anne, Princess Royal को वाहुलीवाट प्राप्त गर्नु भएकोमा पंण्डित प्रेम प्रसाद गैरेले हार्दिक हार्दिक वधाई दिन चाहन्छु भन्नु भयको छ।

पंण्डित शिव चन्द्र निरौलासंग ४२ वर्ष देखि व्रिगेड अफ गोर्खाजमा संगै काम गर्दै आएको छु र वहाँलाई नजिकवाट नियाल्ने चिन्ने र वुझ्ने मौका पाएको छु।उहाँ अत्यन्तै मृदुभाषी, तार्किक,ज्ञान विज्ञानको क्षेत्रमा पहुँच राख्ने,सैद्धांतिक ज्ञानको माध्यमवाट छलफलमा भाग लिन सक्ने अद्भुत क्षमताको धनी हुनुन्छ। विर्गेड अफ गोर्खामा उहाँ मात्र होईन वहाँको ५ पुस्ताले निरन्तर सेवा दिएको छ।

उहाँ ५औं पुस्ताको हुनुहुन्छ।विर्गेड अफ गोर्खाको अपेक्षित सैन्य मनोवललाई समय सापेक्ष शिक्षा प्रदान गर्ने क्षमतामा उहाँ निपुण हुनुहुन्छ भन्ने हामी सवैले  व्रिगेडले वुझेका छौं।यसको अतिरिक्त भूपू सैनिक र नेपाली समाजमा पनि उहाँको सरसल्लाह सुझावको सवैले सम्मान गरेको हामीले पाएका छौं।यदि कमाण्डरहरूले आफ्नो अर्गनाईजेशनमा काम गरेका ब्यक्तिहरूको कामको मूल्यांकन गर्न सकेमा जानेमा काम गर्ने ब्यक्तिको हक़ र हीत सुरक्षित हुन्छ भन्ने कुरा QOGLR का कमाण्डर भै सिद्ध पनि गर्नु भएको छ।

मेरा मित्र पं शिव चन्द्र निरौलाज्यूले ,MBE प्राप्त गर्नु भएकोमा वहिनी छोरा छोरी संपूर्ण परिवारमा वधाई ज्ञापन गर्दछु पं प्रेम प्रसाद गैरैले जनाउनु भयको छ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?