Saturday April 27, 2024

शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरको महाअधिबेसन १६ डिसेम्बरमा हुने

३ मंसिर, २०८० शीतलपाटीन्युज डटकम। 1441


शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरको महाअधिबेसन १६ डिसेम्बरमा हुने

शीतलपाटीन्युज डटकम।

लण्डन। शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर अल्डरसटको प्रत्येक दुई वर्षमा हुने कार्यसमिति चयनको लागी साधारण सभा घोषणा गरीएको छ। १७ नोभेम्बर २०२३ मा बसेको कार्यसमिती बैठकले १६ डिसेम्बर शनिवार २०२३ अपरान्ह १५:०० देखी साँझ १८:०० बजे सम्मको लागी तय गरिएको कुरा शिव कल्चरल एण्ड कम्युनीटी सेन्टर अल्डरसटका अध्यक्ष तथा पूर्व डिएसपी वाचस्पति रेग्मीले जानकारी गराउनु भयको छ। 

नयाँ कार्यसमितिको चयन लगायत मन्दिरको प्रगति विवरणहरु सार्वजनिक गरिने उक्त सभामा तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको छ। जसमा निर्वाचन समितिका संयोजक शिव कल्चरल एण्ड कम्यूनिटी सेंटर अल्डरसटका पूर्व अध्यक्ष तथा संरक्षक रोहित गुरुङ्ग,सदस्यहरुमा क्षत्री समाज युकेका निवर्तमान अध्यक्ष यज्ञ क्षत्री र समाजसेवी तथा कुशल योग प्रशिक्षक मेग गुरुङ्गलाई तोकिएको जानकारी समेत अध्यक्ष रेग्मीले जनाउनु भयको छ।

अपरान्ह ठिक १२.३० बाट सुरु हुने सो साधारण सभा कार्यक्रममा सम्पुर्ण भक्तजनहरु,मन्दिरका ट्रस्टीहरु,पूर्व ट्रस्टीहरु,संरक्षकज्युहरु,सदस्यहरु तथा शुभ चिन्तकहरुलाई उपस्थितिको निमित्त हार्दिक अपील गरिएको गरिएको छ। कार्यक्रम पछी खानाको व्यवस्था पनि गरिएको जानकारी गराईएको छ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?