Saturday May 04, 2024

क्याम्बर्लीमा खुल्यो एभरेष्ट वर्ल्ड फुड्स ,सातै महादेशको सामान उपलब्ध हुने 

४ भाद्र, २०८० शीतलपाटीन्युज डटकम। 1547


क्याम्बर्लीमा खुल्यो एभरेष्ट वर्ल्ड फुड्स ,सातै महादेशको सामान उपलब्ध हुने 

शीतलपाटीन्युज डटकम।

लण्डन। बेलायतको क्याम्बर्लीमा नेपाली व्यवसायीहरुको लगानीमा ‘एभरेष्ट वर्ल्ड फुड्स र एभरेष्ट स्पेसालिटी क्याफे’ शुभारम्भ भएको छ। लामो समय देखि अल्डरसटमा सञ्चालित एभरेष्ट क्यास एण्ड क्यारी होलसेल सञ्चालक समूह कै लगानीमा नयाँ सुपरमार्केट तथा क्याफे सञ्चालनमा आएको हो ।

स्थानीय सर्रेहिथ बरोका मेयर काउन्सिलर प्याट टेडरले रिबन काटेर सुपरमार्केट तथा क्याफेकोख उद्घाटन गरेका थिए। क्याम्बर्लीको प्रिन्सेस वे हाई स्ट्रिटमा रहेको एभरेष्ट वर्ल्ड फुड्समा सातै महादेशका नेपाली, भारतीय, चाइनिज,कोरियन,थाइ सहित सम्पूर्ण एशियाली, युरोपियन र अंग्रेजी खानासम्म उपलब्ध गराइने ब्यवस्था छ। सुपरमार्केटमा फ्रेस भेजिटेबल,फलफूलहरु,चिकन र विभिन्न मासुहरु समेत एभरेष्टमा सुपरस्टोरमा पाइने छ।

 

सुपरमार्केट भित्र एभरेष्ट स्पेसालिटी कफी नाममा ४० सीट छमता भयको एक क्याफे पनि सञ्चालन गरिएको छ। जहाँ चिया,कफीसंगै आइस टी,बबल टी, स्मुदिज,स्यान्डविच,हट फुड, सालाद,केक र आइसक्रिम सम्मका विविध खाना तथा पेयपदार्थ उपलब्ध छन् ।

६ पटकसम्म यूके लाटे आर्ट च्याम्पियन तथा वर्ल्ड फाइनालिस्ट बनेका काभ्रे नेपालका धन तामाङले क्याफे सेटअप गर्नका साथै स्टाफलाई प्रशिक्षण समेत गराएको समाचार छ । सुपरमार्केट तथा क्याफेमा जम्मा २० जना स्टाफ कार्यरत छन्। एभरेष्ट समूहले बेलायतस्थित सय भन्दा बढी क्यास एण्ड क्यारीमा होलसेल सप्लाइ गदै आएको पनि संचालक आस बहादुरगुरुङले जानकारी दिनु भयको छ ।

 

यो ब्यापारीक समुहमा आशबहादुर (एबी) गुरुङ, नारायण केसी, लक्ष्मण तामाङ र सूर्य गुरुङ निर्देशक रहेको सुपरमार्केट सञ्चालनमा अरु शेयरधनी पनि संलग्न रहेको बुझीएको छ। अल्डरसटमा एभरेष्ट क्यास एण्ड क्यारी होलसेल र बुद्ध स्टोर्स, ह्यारोमा एभरेष्ट स्टोर्स लगायत सञ्चालन गरेर सफल रहेको यो समूहले क्याम्बर्लीमा पहिलो सुपरमार्केट तथा क्याफे शुभारम्भ गरेको हो।

https://www.facebook.com/kc.narayan.127/videos/2212911592237877/

क्यामबर्ली नेपाली समाजका युकेका अध्यछ यम बहादुर गुरुङ, बिभिन्न नेपाली समाजका प्रमुखहरु, पत्रकीरहरु उपस्थित सो सुपरमार्केट शुभारम्भ समारोहमा समाजमा संयुक्त रुपमा सुपरमार्केट र क्याफे सञ्चालनको नौलो अवधारणाले ग्राहकको मन जित्नेमा सञ्चालकहरु आशावादी देखिनु भयको छ। संचालकहरुले ग्राहकको आवश्यकता र चाहना अनुसार आफ्नो सेवा थप बिस्तार र परिमार्जन गर्दै जाने योजना रहेको पनि बताउनु भएको छ। सामान किनेर कलेक्सन गर्न पार्किङ समेत भयको सुपरमार्केट क्यामबर्ली टाउन सेन्टरमा खुलेको छ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?