Saturday February 08, 2025

मेरिल्यान्डमा नयाँ वर्ष २०८१ को उपलक्ष्यमा कार्यक्रम हुने

२२ चैत्र, २०८० शीतलपाटीन्युज डटकम। 2344


मेरिल्यान्डमा नयाँ वर्ष २०८१ को उपलक्ष्यमा कार्यक्रम हुने

सुरेश कोईराला।

अमेरीका। गैर आवासीय नेपाली संघ मेरिल्यान्ड च्याप्टरले नेया वर्ष २०८१को अवसरमा शुभकामना आदान प्रदान तथा सांस्कृतिक साँझ गर्ने भएको छ। 

विदेशमा भए पनि आफ्नो अस्तित्वलाई जोगाउन र नयाँ पुस्तालाई समेत नेपाली नयाँ वर्षका बारेमा बुझाउने अवसरका रुपमा कार्यक्रमलाई लिइएको एनआरएनए मेरिल्यान्ड च्याप्टरका अध्यक्ष कुल गुरुङले जानकारी दिए। 

मेरिल्यान्डमा रहेका २० हजार नेपालीको उत्सवको रुपमा कार्यक्रम हुने अध्यक्ष गुरुङले जानकारी दिए। फ्यामली किचन रेष्टुरेन्ट नटिङ्घममा अंग्रेजी मिति अनुसार अप्रिलको १३ तारिखमा कार्यक्रम हुने छ। 
मेरिल्यान्ड च्याप्टरका उपाध्यक्ष किरण पण्डितले परम्पराले निरन्तरता पाओस् र विदेशमै जन्मिएका नेपाली नागरिकको पछिल्लो पुस्ताले पनि परम्परालाई निरन्तरता देओस् भन्ने हेतुले कार्यक्रम गरेको बताएका छन्। 

यस्तै, सचिव गोविन्द सापकोटाले आत्मविश्वास बढाउने र एनआरएनको अस्तित्व र भूमिकासहित संस्थालाई नेपालीको दुःख सुखको सारथीका रुपमा चिनाउनका लागि पनि कार्यक्रम गर्न लागिएको जानकारी दिए।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?