Sunday April 28, 2024

वि विल राइज फाउन्डेशनका संस्थापक अध्यक्ष तुल्सीराज गुरुङद्वारा पोखरा म्याराथनलाई ५ लाख हस्तान्तरण

५ फाल्गुन, २०८० शीतलपाटीन्युज डटकम। 1971


वि विल राइज फाउन्डेशनका संस्थापक अध्यक्ष तुल्सीराज गुरुङद्वारा पोखरा म्याराथनलाई ५ लाख हस्तान्तरण

शीतलपाटीन्युज डटकम।

काठमाडौँ। वि विल राइज फाउन्डेसनका संस्थापक अध्यक्ष एवं तेक्वान्दो ग्रान्ड मास्टर तुलसीकुमार गुरुङले पोखरा अन्तर्राष्ट्रिय म्याराथनका लागि नगद ५ लाख रुपैयाँ सहयोग प्रदान गरेका छन्।

नेपाली अग्रज खेलाडीको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चका आजीवन सदस्यसमेत रहेका गुरुङले आफ्नो परिवारका तर्फबाट २ लाख र हङकङस्थित नेपाली दाजुभाइबाट संकलित ३ लाख गरी ५ लाख प्रदान गरेका हुन्।उक्त रकम शनिबार हुने १८औँ संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनअन्तर्गत प्रथम पुरस्कारका लागि रहेको मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले जानकारी दिए। 

सोही अवसरमा सहारा क्लब हङकङका अध्यक्ष दीपक गुरुङ र प्रदेश खेलकुद परिषद् गण्डकीका सल्लाहकार एवं समाजसेवी सुनिल गुरुङले समेत नगद ५–५ हजार प्रदान गरेका छन्।

सहयोग रकम हस्तान्तरण गर्दै संस्थापक अध्यक्ष गुरुङले आयोजकको ध्यान म्याराथन सफल बनाउनतर्फ केन्द्रित गर्नुपर्ने बताए। ‘अन्तिम समय आइपुगेको छ।सफल रूपमा सम्पन्न गर्न यहाँहरूको ध्यान पुग्न आवश्यक छ,’ उनले भने। 

पोखरालाई अब लिने मात्रै नभई दिने पनि बनाउन सक्नुपर्ने उनको भनाइ छ। नेपाललाई नै अब खेलकुदको माध्यमबाट ‘फिट’ राख्नुपर्ने बताउँदै गुरुङले पोखरामा फिट नेपाल परियोजना सञ्चालन गर्ने तयारी गरिरहेको संस्थापक अध्यक्ष गुरुङले बताए।

यस्तै, म्याराथनलाई हङकङमा रक्ष (रक्स)गुरुङको संयोजकत्वमा तेक्वान्दोका ग्रान्ड मास्टर चौबहादुर गुरुङले सहयोग गरेका छन्। गंगा गुरुङले १ लाख, अर्जुन गुरुङले ७० हजार,सुरेश गुरुङले ३०हजार,सुरज (नारायण) गुरुङले ३० हजार सहयोग गरेको अन्तर्राष्ट्रिय सम्पर्क संयोजक तेजबहादुर गुरुङले जनाए। 

त्यस्तै, हङकङबाट सहयोग गर्नेमा बुद्धि गुरुङ र सुरेन्द्र ढकालले  हङकङ डलर १–१ हजार, दिनेश गुरुङले ७००,भिम गुरुङले ५००, रक्ष (रक्स)गुरुङले ५००, डम्बरकुमार गुरुङले २५१ हङकङ डलर सहयोग गरेका छन्। हङकङबाट २६ जनाले पोखरा म्याराथनलाई सहयोग गरेको संयोजक गुरुङले जानकारी दिए।

मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले सहयोगप्रति आभार व्यक्त गर्दै विदेशमा बस्ने नेपाली दाजुभाइको सहयोगले पोखरा म्याराथनलाई सहज रूपमा सञ्चालन गर्न सहयोग पुगेको बताए।सो अवसरमा अस्ट्रेलियाका संयोजक चन्द्रप्रकाश गुरुङले आफू पोखरा म्याराथनमा सहभागी हुन हरेक वर्ष आउने गरेको बताए। अर्को वर्ष भने अस्ट्रेलियन नागरिकलाई पनि सहभागी गराउने प्रयास गर्ने उनको भनाइ छ। ‘अहिले हामीले जति सकिन्छ नेपाली दाजुभाइबाट संकलित रकम सहयोग गरेका छौँ,’उनले भने। ‘अर्को वर्ष अस्ट्रेलियन नागरिकलाई समेत सहभागी गराउन प्रयास हुनेछ।’

पोखरा म्याराथनको फुल म्याराथनमा सहभागिता जनाउन लागेका उनले गैर आवासीय नेपाली संघ अस्ट्रेलियाको सहयोग १ लाख र विभिन्न साथीभाइबाट संकलित १ लाख ३७ हजार ५०० गरी २ लाख ३७ हजार ५०० नगद सहयोग हस्तान्तरण गरेका छन्।

(पोखरा स्पोर्टस)

 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?