Friday February 14, 2025

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा पाल्पाली केशरजङ्ग बराल नियुक्त

१० फाल्गुन, २०८० शीतलपाटीन्युज डटकम। 1989


त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा पाल्पाली केशरजङ्ग बराल नियुक्त

शीतलपाटीन्युज डटकम।

काठमाडौं।त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राडा.केशरजङ्ग बराल नियुक्त भएका छन्। बराललाई विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विहीबार त्रिविको रिक्त उपकुलपति पदमा नियुक्त गरेका हुन्।

शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई नेतृत्वमा रहेको उपकुलपति छनोट तथा सिफारिस समितिले बरालसहित चित्रबहादुर बुढाथोकी र टङ्कनाथ धमलाको नाम सिफारिस गरेको थियो।

उपकुलपति पदका लागि दरखास्त दिएका ४३ मध्ये प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि १४ जना छानिएकामा प्रस्तुतीकरण एवं अन्तर्वार्तापछि नियुक्तिका लागि तीन जना छनौट भएका थिए।

शैक्षिक योग्यताको आधार, तालिम,अनुसन्धानमूलक लेख,अन्तर्वार्ता एवं प्रस्तुतीकरणका आधारमा बराललाई नियुक्ति गरिएको जनाइएको छ। नाम सिफारिस गरिएको थियो।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?