२६ मंसिर, २०८०
शीतलपाटीन्युज डटकम।
लण्डन। फोनिज युकेको अध्यक्ष गोमा राना नेपाली समाचारको अतिथि सम्पादकमा नियुक्त हुनुभएको समाचार छ। नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ युकेकी अध्यक्ष राना लामो समय देखि पत्रकारिताको क्षेत्रमा क्रियाशिल हुनुहुन्छ।
रेडियो पत्रकारितामा सन् १९९१ देखि बिएफबिएस गोर्खा रेडियो मार्फत क्रियाशिल राना युकेको फान्ब्रोमा संचालित रेडियो विजिडब्लुएसमा पनि लामो समय काम गर्नु भयको थियो। युकेको स्थानीय समाचार संकलन, सम्पादन तथा अडियो भिजियुल डेस्क हेर्ने गरी श्रीमति रानालाई जिम्मेवारी दिइएको हो।
सन् २००९ बाट शुरु भएको नेपालीसमाचार डटकम,सन् २०११ मा नेपाल प्रेस काउन्सिल र जिल्ला प्रसासनमा नेपालीसमाचार नामक साप्ताहिक प्रिन्ट पत्रिकाको रुपमा दर्ता भई स्थायी प्रमाणपत्र लिएको मिडिया हो। हाल अनलाईन मिडियामा प्राथमिकताको साथ रहेको यो नेपालीसमाचार डटकम केही महिना अघि मात्र नेपालीसमाचारको अंग्रेजी भर्सन टुडेप्रेस डटकम शुरु गरि नयाँ पुस्तालाई र गैर नेपाली भाषीहरुलाई जोडन शुरु गरेको छ।