३ मंसिर, २०८०
शीतलपाटीन्युज डटकम।
लन्डन । सहारा यूकेले १३ औं वार्षिक च्यारिटी डिनर कार्यक्रम भब्य सम्पन्न भयको छ। नेपाली राजदुताबासका महामहिम राजदुत प्रमुख अतिथी रहि उदघाटन भयको १३औ सहारा च्यारिटी नाइट शनिबार अल्डरसटस्थित एम्पायर हलमा भएको थियो।
सहारा यूकेका अध्यक्ष रि ले कुसाङ गुरुङको सभापतित्वमा भयको सो सहारा यूकेको कार्यक्रम महासचिव मनोज गुरुङ र सुर्य गुरुङले औपचारिक कार्यक्रम संचालन गर्नु भयको र संस्थाका उपाध्यक्ष एवं कार्यक्रम संयोजक कृष्ण गुरुङले स्वागत मन्तव्य राख्नु भयको थियो।
सहारा यूकेको गतिविधि सम्बन्धि वृत्तचित्र देखाइएको सो समारोहमा अवार्ड वितरण,सांस्कृतिक प्रस्तुति,आर्थिक संकलन, लक्की ड्र गरी पुरस्कार समेत बितरण गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले बेलायतस्थित नेपाली युवा पुस्तालाई नेपालसंग जोड्न खेलकुद विकास, शिक्षा,च्यारिटी कार्यमा सहारा यूकेले निरन्तर सराहनीय कार्य गरेको भन्दै प्रशंसा गर्नु भयको थियो।बेलायतका नेपालीलाई नेपालसंग कसरी जोड्न सकिन्छ भन्नेमा दूतावास सजग रहेको र यसमा सहारा यूकेले पनि काम गरि रहेका भन्दै राजदूत आचार्यले सहारा यूकेले उल्लेखनीय कार्य गर्दै आएको भन्दै राजदूत आचार्यले टिप्पणी गर्नु भयको थियो।
बेलायतमा २००८ मा सहारा युके स्थापना भएदेखि नै खेलकुद विकास र च्यारिटी कार्यमा निरन्तर काम गरिरहेको कुरा अध्यक्ष रि ले कुसाड्ग गुरुड्गले उल्लेख गर्नु भयको थियो।अध्यक्ष गुरुड्गले उपस्थित सल्लाहाकारहरु, कार्यसमिती पदाधिकारीहरु, आजीवन सदस्यहरु,अतिथीहरु,प्रायोजकहरु, कलाकारहरु लगायत सहयोगी सबैलाई धन्यवाद दिनु भयको थियो।
सो अवसरमा नेपालबाट आएका गायक दीपक थापा,अभिषेक थापा, सहारा यूकेका संस्थापक अध्यक्ष नवीन गुरुङले 'विदेश जाने मायालु..' समेत कयौं गीत प्रस्तुत गरेर दर्शकलाई मनोरन्जन दिएका थिए। सयपत्री सांस्कृतिक समूह यूकेका कलाकार नृत्यांगनाहरु लीकोन गुरुङ, सेलीना शाही,ऋतीका खरेल, रिस्ता खड्काले पनि आफ्नो नृत्य प्रस्तुत गरेर मनोरन्जन दिलाएका थिए।
सो च्यारीटी नाइट कार्यक्रममा गैर-आवासीय नेपाली संघकापदाधीकारीहरु,कलाकारहरु,सहयोगीहरु,प्रायोजकहरु र नयां सदस्यहरुलाई पनि सो कार्यक्रममा सम्मान गरिएको थियो। सहारा एफसी अध्यक्ष सारदा गुरुड्ग र सहारा फस्टलेडी पंच गुरुड्गको टीमले पाहुनाहरुलाई खादा लगाएर स्वागत गरिएको थियो।
सहारा यूके अवार्ड वितरण-
यसैबीच,सहारा यूकेले सहारा युकेमा रहेर उत्कृष्ट काम गरे बापत दुई व्यक्तित्वलाई ‘सहारा यूके अवार्ड’ र ‘सहारा यूके स्पेशल अवार्ड २०२३द्वारा सम्मान गरेको थियो। सहारा यूके अवार्ड २०२३ बाट गम बहादुर गुरुङ सम्मानित भएका थिए भने समाजसेवी सेरा गुरुङलाई ‘सहारा यूके स्पेशल अवार्ड २०२३ गुरुङ प्रदान गरियको थियो।
सहारा यूकेका निवर्तमान अध्यक्ष कुमार गुरुङले सम्मानित व्यक्तित्वको योगदानबारे जानकारी चर्चा गर्दै नाम घोषणा गरेका थिए। घोषित सम्मान पाउनेलाई प्रमुख अतिथी राजदूत आचार्य र अध्यक्ष रि ले गुरुङले दोसल्लासहित अवार्ड प्रदान गरेका थिए।
सहारा यूके सस्थापक अध्यक्ष नबिन गुरुङ पूर्व अध्यक्ष मीनबहादुर गुरुङ र निवर्तमान अध्यक्ष कुमार गुरुड्गले कार्यक्रममा महत्य पूर्ण भूमिका निभाएका थिए।
कार्यक्रमको अन्ततिर सूर्य गुरुङले भाग्योदय चिट्ठा (राफल ड्र) सञ्चालन गरेका थिए। जसको विजेता तमु धीं यूकेका महासचिव डा.विशाल गुरुङ बनेका थिए । राफल ड्रको प्रथम पुरस्कार १ तोला सुन रहेको थियो। जसको प्रायोजक न्यू लक्ष्मी ज्वेलर्स अल्डरसट यूकेकी प्रोपाइटर लक्ष्मी राईले गरेकी थिइन् ।
यस्तै अजय थापाले प्रायोजन गरेको दोस्रो पुरस्कार २५० पाउन्ड जगना गुरुङले हात पारिन् भने बिमल गुरुङ पानस रेष्टुरेन्टका प्रोपाईटले प्रायोजन गरेको १ सय पाउन्डको तेस्रो पुरस्कार पूर्वडीएसपी वाचस्पति रेग्मीले प्राप्त गरेका थिए।
कार्यक्रमको अन्त्यमा सपन इन्टरटेन्टमेन्टका डाइरेक्टर सपनकुमार राईको गीत र अन्य ककटेल डान्सले सहभागीहरुलाई नाच्न उत्साह थपिदिएको थियो। गोर्खा मिडिया,एभरेष्ट टाईम्स र लण्डन नेपालन्युजबाट कार्यक्रमको प्रत्यक्ष प्रसारण गरिएको थियो।
नेपाल पत्रकार महासंघ युके शाखाका अध्यक्ष ध्रुबराज अर्याल, फोनिज युकेकि अध्यक्ष गोमा राना, गोर्खा मिडीयाका डाइरेक्टर मीलन तमु गुरुड्ग,एभरेष्ट टाईम्सका सम्पादक एस के गुरुड्ग,लण्डन नेपालन्युजका सम्पादक शिव भण्डारी,शीतलपाटीन्युजका सम्पादकको उपस्थिती थियो।