Saturday May 04, 2024

बुध्द फाउण्डेसन युकेको बैठक बिभीन्न निर्णय गर्दै सम्पन्न

२५ मंसिर, २०८० शीतलपाटीन्युज डटकम 1368


बुध्द फाउण्डेसन युकेको बैठक बिभीन्न निर्णय गर्दै सम्पन्न

शीतलपाटीन्युज डटकम।

लण्डन। लुम्बिनी र बुद्ध परिपथको पर्यटन पर्वद्धन एवम् विकासका लागी विश्व शान्तीका अग्रदुत भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी सास्कृतिक नगरपालिका,बुद्धसंग सम्बन्धित बुद्धले २९ बर्ष बिताएको कपिलवस्तु नगरपालिका अन्तर्गत तिलौराकोट,बुद्धको मावली देवदह नगरपालिका,  बुद्धको अष्टधातु रहेको (रामग्राम स्तुपा) रामग्राम नगरपालिकाको अन्तराष्ट्रीय स्तरमा प्रचार प्रसार गर्ने र विश्व शान्तिका लागी बुद्धको मार्गदर्शन र शान्तिको सन्देश  विश्वभर फैलाउने उद्धेश्यकासाथ स्थापनाकाल देखी काम गर्दै आएको बुद्ध फाउण्डेसन युकेको स्वागत तथा समन्वय बैठक फाउण्डेसनका अध्यक्ष श्री दीपक श्रेष्ठको अध्यक्षता नेपाल लुम्बिनी प्रदेश,विश्व शान्तीका अग्रदुत भगवान गौतम बुद्ध जन्मस्थल लुम्बिनी सास्कृतिक नगरपालिकाका समन्वय शाखा प्रमुख तुलसीराम लामिछानेको प्रमुख आतित्थ्यतामा  गोर्खा क्लब प्लम्स्टेड,लण्डन युकेमा मिति २०८०/०८/२४(10 Dec, 2023) मा कार्यसमिती पदाधिकारी एवम् सदस्यहरुको साथै सल्लाहाकार र शुभचिन्तकहरुको उपस्थितिमा भएको कार्यक्रम संस्थाका उपाध्यक्ष अर्जुन कटुवालको सन्चालनमा बिभिन्न बिषय एवम् प्रस्तावमा छलफल गरी समन्बय बैठक तथा स्वागत कार्यक्रम सम्पन्न भएको छ ।

समन्बय बैठकको  प्रस्ताव एवम् छलफलका  विषयहरु-

१) स्वागत- बुद्ध फाउण्डेसन युकेको  विश्व शान्तीका अग्रदुत भगवान गौतम बुद्ध जन्मस्थल लुम्बिनी सास्कृतिक नगरपालिकाका समन्वय शाखा प्रमुख तुलसीराम लामिछानेलाई अध्यक्ष दीपक श्रेष्ठ र पदाधिकारिहरुबाट खादा लगाई लण्डनमा स्वागत सहित मायाको चिनो प्रदान गरियो।

२) लुम्बिनी र बुद्ध परिपथको पर्यटन पर्वद्धन एवम् विकासका लागी विश्व शान्तीका अग्रदुत भगवान गौतम बुद्ध जन्मस्थल लुम्बिनी सास्कृतिक नगरपालिका लुम्बिनी बुद्ध सङ्ग सम्बन्धित कपिलवस्तु नगरपालिका तिलौराकोट,देवदह नगरपालिका, रामग्राम नगरपालिका बुद्ध स्तुपाको अन्तराष्ट्रीय स्तरमा प्रचारप्रसारका लागी बिभिन्न सघ सस्था सङ्ग सहकार्य गर्ने।

३) विश्व शान्तिका  लागी बुद्धको मार्गदर्शन र शान्तिको सन्देश  विश्वभर फैलाउने सोका लागी समन्वय र सहकार्य गर्ने।

 ४) लुम्बिनी सास्कृतिक नगरपालिका,कपिलवस्तु नगरपालिका,देवदह नगरपालिका,रामग्राम नगरपालिका बुद्ध फाउण्डेसन युकेको सस्थागत सम्बन्ध विस्तार गर्ने।

५) लुम्बिनी सास्कृतिक नगरपालिका,  कपिलवस्तु नगरपालिका,देवदह नगरपालिका, रामग्राम नगरपालिका,बिच सस्थागत सम्बन्ध विस्तार गरी काम गर्ने सोका लागी आवश्यक प्रकिया अगाडी बढाउने ।

बैठकमा उपस्थित सबैलाई  संस्थाका बरिष्ठ उपाध्यक्ष सचिन श्रेष्ठले संस्थाको  गतिबिधीहरु  प्रस्तुतगरी स्वागत  गर्नु भएको थियो भने प्रमुख अतिथिलाई  फुलको गुच्छा,खादा,ब्याच र मायाको चिनो दिएर स्वागत गरिएको थियो।

यसै बिच उहॅाको बसाई तथा भ्रमणको  सफलताको लागी सस्थाको सल्लाहाकार द्वय बिनोद ज्ञवाली  र डा हरिष ज्ञवाली एंबम पासा पुच गुठीका अध्यक्ष माधब लाल श्रेष्ठ र अन्तराष्ट्रिय कलाकार संघका उपाध्यक्ष मनिष श्रेष्ठले दिनुभयो।  

बैठकमा कार्यसमिति पदाधिकारी ह्यारी गुरूंग, सदस्य अन्जना थापा,धनराज मल्ल,मिन बहादुर पुन र आगन्तुक  बिरेन्द्र श्रेष्ठ, उर्मिला श्रेष्ठ र दिपेन्द्र लामिछाने को समेत उपस्थिति रहेको थियो।

यस स्वागत तथा समन्वय बैठक कार्यक्रममा लुम्बिनी सास्कृतिक नगरपालिकाका समन्वय शाखा प्रमुख तुलसीराम लामिछानेले मन्तव्य राख्नुहुदै बुद्ध फाउण्डेसन युकेले विश्व शान्तीका अग्रदुत भगवान गौतम बुद्धको  जन्मस्थल लुम्बिनी र बुद्ध परिपथको पर्यटन पर्वद्धन एवम् विकासका लागी गरेका कार्यक्रमको प्रसंशा  गर्नुहुदै लुम्बिनी सास्कृतिक नगरपालिकाले लुम्बिनीको प्रचार प्रसार र पर्यटनको विकासमा गरेका नितिगत एवम् सस्थागत पहल र प्रयास एवम् राष्ट्रीय अन्तराष्ट्रीय स्तरमा गरिएका सस्थागत सम्बन्ध, समन्वय र सहकार्य बारे जानाकारी गराउनुभएको थियो।यसै क्रममा लामिछानेले लुम्बिनी सास्कृतिक नगरपालिकाले लुम्बिनी र बुद्धपरिपथलाई केन्द्र्बिन्दुमा राखि काम गर्ने राष्ट्रीय अन्तराष्ट्रीय सघ सस्थाहरु सङ्ग सहकार्य गर्ने निति लिएको पनि जानाकारी गराउनुका साथै  लुम्बिनीको हितमा काम गर्ने सस्था बुद्ध फाउण्डेसन युके सङ्ग सहकार्य गर्न पाउदा खुशी व्यक्त गर्नुभयो।

लण्डनमा स्वागत र समन्वय बैठक राखि सहभागी हुने अवसर प्रदान गर्नुभएकोमा अध्यक्ष दिपक श्रेष्ठ लगायत कार्यसमिती पदाधिकारीहरुलाई आभार सहित धन्यवाद प्रकट गर्नुभएको थियो।

लुम्बिनी र बुद्ध परिपथको पर्यटन पर्वद्धन एवम् विकासका लागी विश्व शान्तीका अग्रदुत जन्मस्थल लुम्बिनी र बुद्ध परिपथको प्रचार प्रसारका लागी  लुम्बिनी सास्कृतिक नगरपालिकाले निर्माण गरिएका सामाग्रीहरु (लुम्बिनी स्मारिका,लुम्बिनी प्रतिबेदन,लुम्बिनी ब्रोसर र बुद्ध मुर्ति) अध्यक्ष दिपक श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको थियो।

बुद्ध फाउण्डेसन युकेका अध्यक्ष दीपक श्रेष्ठले लुम्बिनी सास्कृतिक नगरपालिका सङ्ग सहकार्य गर्न पाउदा खुशी ब्यक्त गर्नुका भएको थियो । साथै कार्यक्रम उपस्थित सम्पूर्णलाई धन्यबाद ज्ञापन गर्नुभएको थियो।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?