Thursday March 20, 2025

सांसद बिष्णु कुमारी सापकोटसंग मिडल्याण्डमा अन्तरक्रिया

२९ चैत्र, २०८० शीतलपाटीन्युज डटकम। 1709


सांसद बिष्णु कुमारी सापकोटसंग मिडल्याण्डमा अन्तरक्रिया

शीतलपाटीन्युज डटकम।
लण्डन। नेपाली जनसम्पर्क समिति बेलायत मिडल्याण्ड क्षेत्रले बेलायत भ्रमणमा रहेकी राष्ट्रीय सभा सदस्य माननीय बिष्णु कुमारी सापकोटासँग यही ६ अप्रिलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। 

नेपाली जनसम्पर्क समिति बेलायत मिडल्याणका सभापति नारायण आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा सांसद सापकोटाले नेपालको वर्तमान राजनीति अवस्था र नेपाली कांग्रेसको भूमिकाकोबारे जानकारी गराईकी थिईन् । 

नटिंघमको  गोर्खा एक्प्रेस रेस्टुरेन्टमा सम्पन्न कार्यक्रममा मिडल्याण्डका जनसम्पर्क समितिका पदाधिकारीहरू एवं नेपाली कांग्रेसमा आस्थावान व्व्यक्तिहरूको उपस्थिति रहेको थियो।

गुल्मी जिल्ला नेपाली कांग्रेसकी नेता विष्णु सापकोटा हालै सम्पन्न राष्ट्रिय सभाको निर्वाचनमा निर्वाचित भएकी हुन्। पंचायत कालदेखि नै प्रजातन्त्रको आन्दोलनमा सक्रिय सापकोटा लामो समयदेखि जिल्लामा बसेर जनताको सेवामा समर्पित स्वच्छ  र त्यागी नेताको रूपमा चिनिन्छिन्।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?