Friday April 25, 2025

अन्तराष्ट्रीय महिला दिवसको महत्व र महिला सशक्तिकरणमा यसको प्रभाव “ बिषयक अन्तरक्रिया कार्यक्रम हुदै

१८ फाल्गुन, २०८० शीतलपाटीन्युज डटकम। 1673


अन्तराष्ट्रीय महिला दिवसको महत्व र महिला सशक्तिकरणमा यसको प्रभाव “ बिषयक अन्तरक्रिया कार्यक्रम हुदै

तारानाथ भण्डारी, 

स्कटलैण्ड। आदरणीय स्कटल्यान्डबासी,युकेबासी तथा बिश्वभर रहनुभएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरु ११४ औं अन्तराष्ट्रीय महिला दिवसको अवसरमा एन आर एन ए स्कटल्यान्डको महिला विभाग द्वारा आयोजित “अन्तराष्ट्रीय महिला दिवसको महत्व र महिला सशक्तिकरणमा यसको प्रभाव “ बिषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएकोले उक्त कार्यक्रममा यहाँहरुको गरीमामय उपस्थितिको लागी हार्दिक अनुरोध गर्दछौं। 

यस कार्यक्रममा अत्यन्तै महत्वपूर्ण व्यक्तित्व महिला सशक्तिकरणमा अग्रणी पूर्व मन्त्री आदरणीय पदमा अर्यालज्यु बेलायतमा नेपाली मुलको पहिलो प्रोफ़ेसर स्कटल्यान्डबाट आदरणीय प्रियंवदा पौडेलज्यु तथा एनआरएनए अन्तराष्ट्रीय कमिटीकी महिला संयोजक आदरणीय अनुजा प्रधानज्युहरु वक्ताको रुपमा रहनुभएको छ।

यो अत्यन्तै महत्वपूर्ण र बिशेष कार्यक्रममा यहाँहरु उपस्थित भई आफ्ना जिज्ञासा मेटाउन सक्नुहुनेछ भने पूर्ण विश्वास गर्दछौं। यो कार्यक्रम जुम मार्फत हुने कार्यक्रम भयकोले फ्लाएरमा उल्लेखित मिती र समयमा जोडीनु भै सहयोग गर्न अनुरोध छ।

कार्यक्रम-

Zoom ID- 3841956751

Password- 2024

Date- 04 March 2024

Time- 12:00 PM to 14:00 PM



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?