Friday February 07, 2025

गोमा रानाको कवितासङ्ग्रह सात समुन्द्रपारिबाट’लोकार्पण

८ बैशाख, २०८१ शीतलपाटीन्युज डटकम। 1487


गोमा रानाको कवितासङ्ग्रह सात समुन्द्रपारिबाट’लोकार्पण

शीतलपाटीन्युज डटकम।

काठमाडौँ । कवि गोमा रानाको कवितासङ्‌ग्रह "सात समुन्द्रपारिबाट’"लोकार्पण भएको छ। ललितपुरको मानभवनस्थित बीएफबीएस रेडियोको स्वर्णिम संगमको कार्यक्रमबाट शुक्रबार पुस्तक लोकार्पण गरिएको हो ।

पुस्तकमा "म खोजिरहेछु" सहित ७१ वटा कविता संग्रहित छन्। उनका श्रीमान् तथा मगर संघ युकेका निवर्तमान अध्यक्ष सुनिल राना पुस्तकको प्रकाशक रहेका छन्।

समाजसेवा तथा पत्रकारिता गर्दै आएकी रानाले बीएफबीएस रेडियो ब्रुनाईमा रहेर पनि कार्यक्रम सञ्चालन गरेकी थिइन् । यस्तै, उनले रेडियो बीजीडब्ल्यूएसमा पनि काम गरेकी थिइन् । 

स्याङ्‌जाको गल्याङ नगरपालिका-३ मा जन्मिएकी गोमाले पाल्पा बहुमुखी क्याम्पसबाट प्रमाणपत्र तह पास गरेकी थिइन् ।हाल बेलायतको फानबोरोमा बस्दै आएकी गोमा फोनिज युकेको पूर्वअध्यक्ष, मगर संघ युकेको पूर्वट्रस्टी हुन्। सामाजीक काममा सक्रिय गोमा पत्रकार महासंघ बेलायत शाखामा पनि आबद्ध छिन्।

 

 



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?