Friday May 03, 2024

नेपाल पुर्ब प्रहरी संगठनमा महासम्मेलन सम्पन्न, बसन्तराज कुवर पुन अध्यक्ष निर्बाचित

२० आश्विन, २०८० शीतलपाटीन्युज डटकम। 1411


नेपाल पुर्ब प्रहरी संगठनमा महासम्मेलन सम्पन्न, बसन्तराज कुवर पुन अध्यक्ष निर्बाचित

शीतलपाटीन्युज डटकम।

काठमाण्डौ। नेपाल पुर्ब प्रहरी संगठनले आश्विन १९ गते शुक्रबार आफ्नो नियमित साधारणसभा र  महासम्मेलन संपन्न गरेको समाचार छ।हरेक ३ बर्षमा संपन्न गर्नु पर्ने महासम्मेलन संगठनले संधै समय भित्रै गर्दै आएको छ। महासम्मेलनको  समुद्घाटन पुर्ब मंन्त्री,पुर्व प्रहरी महानिरीक्षक तथा प्रतिनिधी सभाका सॉसद ध्रुब बहादुर प्रधानले गर्नु भयको थियो ।जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट बरीष्ठ प्रसासकीय अधिकृत सम्मेलनमा उपस्थीत हुनु हुन्थ्यो।  

नेपाल पुर्ब प्रहरी संगठनको स्थापना २०४७ सालमा भएको हो। यस संगठन बिशुद्ध रुपमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा दर्ता गरीएको  सामाजिक संस्था हो।गैह्र सरकारी संस्थाहरुमा यो नेपालकै एक बिषाल संगठन हो। जस्को ७७ जिल्ला,७ प्रदेस र १५० स्थानिय निकायमा आफ्ना शाखाहरु छन्। संगठनको औपचारीक शाखा हुन संगठनको केन्द्रिस कार्यालय धापासीबाट इजाजत पत्र प्राप्त गर्नु पर्दछ र यी इजाजत पत्र प्राप्त गर्न कानुनी प्रसासनिक र भौतीक ब्यबस्था हरु गर्नु पर्दछ।नेपाल पुर्ब प्रहरी संगठनमा करीब २२ हजार पुर्ब प्रहरीहरु  सक्रीयता पुर्बक संगठनको काममा संलग्न छन् भने करीब ८ हजार निर्बाचीत र मनोनित भै संगठनको रक्षा,दैनिक कार्य र सेवामा खटिएका छन्। 

पुर्व प्रहरी संगठनमा जोडिन सर्ब प्रथम साधारण वा आजीबन सदस्य हुनु पर्दछ। यदी पदाधिकारी हुने हो वा निर्बाचनमा जाने हो भने १५०० शुल्क  तिरी आजिबन सदस्य हुनु पर्दछ। निर्बाचनमा जान चाहानेहरुले ७५३ स्थानिय निकायमा (स्थानिय सरकार) खुलेको कुनै एक पुर्ब प्रहरीको इकाइमा निर्बाचन लड्नु पर्दछ। स्थानिय इकाइमा जितेका पदाधीकारीहरुले नै जिल्ला कमिटी,जिल्लामा जितेका पदाधीकारीहरुले प्रदेस र प्रदेसका अध्यक्ष उपाध्यक्ष,केन्द्रीय कार्यसमितीका सदस्य र सबै जिल्ला अध्यक्षहरुले केन्द्रीय अध्यक्ष र कार्यसमिती चुन्ने चलन छ। चुनाबमा नगई यदी निर्बाचित कार्यसमितीले मनोनित गरे आजिबन सदस्यहरु मनोनित सदस्य भै केन्द्र देखि जिल्लासम्म  कार्यसमितीमा जान सक्ने प्रचलन छ।पदाधीकारी हुन निरन्तर संगठनसंग काम गरी रहेको चॉही हुनै पर्दछ।

पुर्ब प्रहरीहरुको करीब ६० हजार संख्यामा ९६% इन्सपेक्टर भन्दा तलका दर्जा भएकाले हरेक तहको निर्बाचनमा यही दर्जाहरुको निर्णायक भुमिका हुन्छ।माथिल्लो तहमा पदाधीकारी हुन निर्बाचनमा जानु पर्ने हुदा उच्च तहका पुर्ब प्रहरीहरु हरेक तहको कार्यसमितीमा न्युन देखिन्छन् कारण चुनाबमा फेस गर्न त्यो तहको सहभागिता कम देखिन्छ।

नेपाल पुर्ब प्रहरी संगठनले हिजो शुक्रबार   काठमाण्डौमा ११ औं महासम्मेलन संपन्न गर्यो र बसन्त राज कुंवरको नेतृत्वमा २५ सदस्यीय केन्द्रीय कार्यसमिती निर्बाचित गर्यो। यस संगठन दर्ता भएको जिल्ला प्रशासन कार्यालय रुपन्देहिका बरीष्ठ प्रसासकीय अधिकृत समेतको उपस्थितीमा संपन्न महासम्मेलन भब्य र सभ्य रुपमा संपन्न  भयो।

बसन्तराज कॅुवर निर्बिरोध निर्वाचित समितीमा बरिष्ठ उपाध्यक्षहरु रुपसागर मोक्तान र बिनोद सिह, उपाध्यक्षमा नारायण गिरी र ज्ञानुराजा कुवंर,महासचिवमा रोहबर केशी र यादबराज खनाल,उपमहासचिबमा भेषराज श्रेष्ठ र डिल्ली सिह पाण्डे, कोषाध्यक्षमा मिश्रादेवी कार्की,सहकोषाध्यक्षमा गोबिन्द प्रसाद थपलिया, केन्द्रिय सदस्यहरुमा बटुककृष्ण कसपाल,राम बहादुर भण्डारी,रामप्रसाद थपलिया,मान बहादुर केशी,चन्द्र प्रसाद अधिकारी,नन्दराम गौतम,जगन्नाथ खनाल निर्बिरोध निर्वाचित हुनु भयको छ। साथै प्रदेश प्रतिनिधी केन्द्रिय सदस्समा नेत्र बहादुर बरुवाल कोशी प्रदेस,सुरेश पाण्डे मधेस प्रदेश,राधाकृष्ण बिडारी बागमती प्रदेश,बाबुराम अधिकारी गण्डकी प्रदेश,मुक्तिराम शर्मा लुम्बिनी प्रदेश,धर्मराज सुनार कर्णाली प्रदेश र प्रेम सिह ठगुन्ना सदुर पश्चिम प्रदेशबाट निर्बाचित हुनु भयको छ।

निर्बाचन पश्चात केन्द्र प्रदेस तथा जिल्ला अध्यक्ष ज्युहरुको  प्रशिक्षण कार्यक्रम संपन्न भयो। जस्मा प्रहरी प्रधान कार्यालयबाट प्रसासन प्रमुख एआइजीपी मीरा चौधरी,अपराध अनुसन्धान प्रमुख एआइजीपी टेक बहादुर तामाडं,उपत्यका मेट्रो प्रमुख एआइजीपी दिपक थापा तथा प्रहरी अस्पताल प्रमुख डाक्टर आशा सिंहले सो समुहलाई प्रशिक्षण प्रदान गर्नु भयको कुरा नेपाल पुर्ब प्रहरी संगठन सुचना बिभाग धापासीको बिज्ञप्तिमा लनाइएको छ।

निर्बाचित पदाधिकारीहरु-

 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?