७ मंसिर, २०८०
शीतलपाटीन्युज डटकम।
लण्डन।जाजरकोटका भुकम्प पिडितको सहयोगार्थ बेजिङ्गस्टोक नेप्लीज कम्यूनिटी (बिएनसी) लेडिज फन्डबाट रु एक लाख सहयोग प्रदान गरेको छ। साथै बिएनसीका सल्लाहकार,डिग्नीफाईड मेन्स्ट्रुएशन यूके च्याप्टर संयोजक संयोजक एवम समाजसेवी सुधा गुरुङ्गको सकृयतामा बेलायतबासी साथीहरुबाट ब्यक्तिगत सहयोग संकलन गरि रु २ लाख ६० हजार १५० गरि कुल ३ लाख ६० हजार १५० सहयोग प्रदान गरिएको छ। सो राहत राधा पौडेल फाउन्डेशन मार्फत जाजरकोटका भुकम्प पिडितहरु समक्ष पुराईएको जानकारी गुरुङ्गले दिएकी छन।
भुकम्प गएको लगत्तै राधा पौडेल फाउन्डेशनका स्वयमसेवीहरु जाजरकोटमा राहत सामाग्रीहरु टेन्ट,कम्बल,ड्राई फूड,सुत्केरी र नाबालक शिशु सामाग्री,महिनावारी भएका महिलाहरुका लागि अत्यावश्यक सामाग्रीहरु लिएर पुगेका थिए।
साथै त्यस पश्चात फिल्डमै रही आगामी २ महिनासम्म फाउन्डेशनका स्वयसेवीले पिडितहरुलाई सहयोग गर्ने कुरा राधा पौडेल फाउन्डेशनका संस्थापक,मर्यादित महिनावारी अभियंता एवम मदन पुरस्कार बिजयी लेखक डा राधा पौडेल (पिएचडी) ले जनाएकी छन।
राधा पौडेल फाउन्डेशनले मर्यादित महिनावारी सबैको जिम्मेवारी अभियानमा निरन्तर काम गर्दै आईरहेको छ। राधा पौडेल फाउन्डेशन र दक्षिण गोलार्द्धीय मर्यादित महिनावारी संजालले आगामी डिसेम्बर ८ मा पाचौं अन्तराष्ट्रीय मर्यादित महिनावारी दिवस भब्यताका साथ मनाउने तैयारी गरीरहेको छ। सो दिवसको यस बर्षको नारा "बाल बिबाह र यौन हिंसा निराकरण गर्न मर्यादित महिनावारीको भुमिका" रहेको छ।डा पौडेल मर्यादित महिनावारीमा पिएचडी गर्ने बिश्वकै पहिलो महिला र पहिलो रिसर्चर हुन।