Saturday April 27, 2024

पशुपतिमा बालाचर्तुदशी मेलाको तयारी पूरा

२३ मंसिर, २०८० शीतलपाटीन्युज डटकम। 1232


पशुपतिमा बालाचर्तुदशी मेलाको तयारी पूरा

शीतलपाटीन्युज नेपाल

काठमाडौं।पशुपति क्षेत्र विकास कोषले बालाचर्तुदशी पर्वका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।पशुपतिनाथ मन्दिर परिसरमा आइतबार रातिदेखि सुरु हुने बालाचतुर्दशी पर्वका लागि सम्पूर्ण तयारी पूरा गरेको कोषले जनाएको हो।

कोषले बालाचर्तुदशीको अवसरमा दीप प्रज्ज्वलन देखि ‘कोर’ क्षेत्रमा शतबीज छर्ने व्यवस्था मिलाइएको जनाएको छ।

आफ्ना दिवङ्गत भएका पितृहरूको सम्झनामा मृतकका आफन्तजनबाट रातभर दीप प्रज्ज्वलन गरी भोलिपल्ट शतबीज छर्ने भएकाले उनीहरूको सुरक्षादेखि सहज ढङ्गले कार्य सम्पन्न गर्ने सम्मको व्यवस्था कोषले मिलाएको छ।

यसैगरी मृगस्थलीभित्र मृग राखेको स्थानमा पनि शतबीज छर्ने परम्परा भएको मृगस्थली प्रवेश गर्ने द्वारमा पनि विशेष सुरक्षाकर्मीको टोली परिचालन गरिने कोषले जनएको छ।

कोषले पर्व,मेला र विशेष अवसरमा चोरीका घटना पनि हुनसक्ने सभावनालाई मध्यनजर गरी बहुमूल्य गरगहना लगाएर नआउन पनि भक्तजनलाई आग्रह गरेको छ। यसैगरी छालाको जुत्ता पनि नलगाइदिन अनुरोध गरिएको छ।

(साभार: अनलाईन नेपाल)

 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?