Friday May 10, 2024

बीसीसी यूके च्यारिटी डिनर नाईटको तयारी भब्य

१ मंसिर, २०८० शीतलपाटीन्युज डटकम। 1332


बीसीसी यूके च्यारिटी डिनर नाईटको तयारी भब्य

बीसीसी यूके च्यारिटी डिनर नाईटको तयारी पूरा 

पुर्ण गुरुड्ग,

लण्डन। बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेको च्यारिटी डिनर नाईट कार्यक्रमको तयारी पूरा भएको जनाइएको छ। आउँदो शनिबार २५ नोभेम्बरका दिन अल्डरसटस्थित एम्पायर हलमा आयोजना गर्न लागिएको उक्त कार्यक्रमको आवश्यक तयारी पूरा भएको बीसीसी यूके उपाध्यक्ष एवं कार्यक्रम संयोजक रोबिन गुरुङले जानकारी दिएका छन्। उनका अनुसार,प्रमुख अतिथिको रुपमा स्थानीय काउन्सिलर मेयर क्लीभ गटनलाई आमान्त्रण गरिएको छ। 

त्यस्तै नेपाली दूतावास लण्डन, विभिन्न संघसंस्था,उद्यमी,व्यापारी, शुभचिन्तक लगायत भक्तजनहरुलाई सहभागिताका लागि अनुरोध गरिएको छ। साथसाथै,बीसीसी यूकेका धर्म गुरु खेन्पो कर्म छुल्त्रिम,लामा हर्क जंग घले लगायत लामा गुरुहरुको समेत बिशेष उपस्थिति रहने छ। 

हालसम्म तमु धिं यूके,मगर एशोसिएशन यूके,शेर्पा एशोसिएशन यूके,रेडिङ्ग बुद्धिष्ट गुम्बा,चार भन्ज्याङ्ग तमू समाज, बीसीसी यूके लण्डन शाखा,सहारा यूके, गोर्खा भूतपूर्व सैनिक संघ (गेसो),तामाङ्ग सोसाईटी यूके,घम्पुस झर्गे खलक,नेपाली भिलेज,शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर,गिल्फोर्ड नेप्लिज कम्युनिटी, बुद्धिष्ट कम्युनिटी स्विन्डन,एनडोभर नेपाली कम्युनिटी,धम्पुस पोखरी चेलीबेटी,एनआरएनए यूके,मर्दिखोला समाज यूके,थाउजेन्ट बुद्ध रेडिङ्ग, जीआरएनसी यूके,केजीथ्री, टीएनपीपी यूके,थ्रि सिस्टर्स, क्याम्बर्ली नेपाली समाज यूकेलगायत संघसंस्थाहरुलाई उपस्थितिका लागि अनुरोध गरिएको संयोजक गुरुङले जानकारी गराए। त्यस्तै,व्यक्तिगत रुपमा बीसीसी यूकेका पदाधिकारी,आमाहरु,भक्तजन तथा शुभचिन्तकहरुमार्फत समेत विभिन्न व्यक्ति,संघसंस्था,उद्यमी तथा व्यापारीहरुलाई उपस्थितिका लागि अनुरोध गरिरहेको बीसीसी यूकेले जनाएको छ। 

बीसीसी यूकेको विभिन्न परियोजनाहरुको सहयोगार्थ आयोजना गर्न लागिएको उक्त च्यारिटी डिनर नाईट कार्यक्रममा राफल चिठ्ठा खेलाइने छ भने विभिन्न महत्वपूर्ण सामाग्रीहरुको लिलाम बढाबढ तथा बिक्रि समेत गराइने भएको छ। सो राफल चिठ्ठाको पुरस्कार र लिलाममा राखिने विभिन्न सामानहरु विभिन्न दाताहरुले स्पोन्सर गरिरहेको छ । यदी कुनै व्यक्ति,संघसंस्था,उद्यमी तथा व्यापारीहरुले सो पुरस्कार तथा लिलाम सामानहरुको स्पोन्सर गर्न चाहेमा बीसीसी यूकेमा गर्न सम्पर्क समेत अनुरोध गरेको छ। 

बीसीसी यूकेका अध्यक्ष हर्क बहादुर गुरुङको अध्यक्षता, उपाध्यक्ष रोबिन गुरुङको संयोजकत्वमा सम्पन्न हुन लागेको उक्त च्यारिटी डिनर नाईट कार्यक्रममा सहभागी भई पुण्य संचय गर्न सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा बीसीसी यूकेले अनुरोध गरेको छ। 

स्मरण रहोस्,बीसीसी यूकेले प्रत्येक बर्ष च्यारिटी डिनर नाईट कार्यक्रमको आयोजना गर्दै आएको छ। 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?